
तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहानगरलिका वडा नम्बर ६ मोतिपुर निवासि तुलसी कुमारी बुढाले च्याउ बेचेर बार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । २०६० साल देखि च्याउ व्यवसाय गर्दै आउनु भएकी बुढाले अहिले आफनो मुख्य पेसा नै च्याउ व्यवसायलाई मान्दै आउनु भएको हो ।
५७ बर्षिया बुढाले १ बिगा जग्गा लिचमा लिएर च्याउ खेति गर्दै आउनु भएको छ । च्याउ व्यवसाय गर्दा समय बचत हुन, धेरै लगानी गर्न नपर्ने, साथ साथै राम्रो आम्दानी हुने भएकाले प्राःय सबै व्यक्तिहरुले यो व्यवसाय गर्न रुचाउछन, उहाँले भन्नुभयो, २०६० सालमा च्याउ व्यवसाय गर्ने बेलामा म मात्र थिए त्यति बेलाको बजारले गर्दा मैले च्याउलाई नै मुख्य व्यवसायको रुपमा लैजान पर्छ भन्ने सोचले गर्दा आज म यो व्यवसायमा छु, ।
बुढाले च्याउ व्यवसायलाई व्यवसायिक रुपमा सञ्चालन गर्न लागेको करिब करिब २० बर्ष भएको छ । उहाँले पहिलो पटक व्यवसाय सुरु गर्दा ४ हजार लगानीबाट गर्नुभएको थियो । अहिलेको लटमा करिब २ लाख लगानीमा २ ठाउँमा गरि चार वटा टहरोमा बुढाले च्याउ व्यवसाय गर्दै आउनु भएको छ । उहाँले ७० हजार रुपैंया बराबरको मासिक च्याउ बिक्रि गदै आउनु भएको छ ।
बुढाले वर्षको ५० हजार रुपैंया भाडा तिरेर १ बिगा जग्गा लिचमा लिएर च्याउ व्यवसायलाई बृहत रुपमा सञ्चालन गर्ने लक्ष्य अनुसार जग्गा भाडामा लिएको बताउनुभयो । २०६० सालमा पाँच पोकाबाट च्याउ व्यवसाय सञ्चालन गर्दै आउनु भएकी बुढाका अनुसार २०६३ /२०६४ सालमा व्यवसायले धेरै राम्रो सफल्ता पाएको थियो । उक्त समय पछि गाउँमै धेरैले च्याउ व्यवसाय सञ्चालन गर्न लागेपछि प्रतिस्पर्धा भएको उहाँले बताउनुभयो ।
च्याउ व्यवसाय सञ्चालन गर्नको लागि राम्रो सिजन भनेको फागुन देखि असारसम्म हो, किनाकी च्याउको छिटो वृद्धि विकास गर्नका लागि न्यानो मौसमको आवश्यकता पर्छ, उहाँले भन्नुभयो, अरु मौसममा पनि च्याउ राम्रो उत्पादन हुन्छ तर च्याउलाई छिटो वृद्धि विकास गर्नका लागि बढि तापक्रम आवश्यक पर्ने हुन्छ, । अझै राम्रो च्याउ व्यवसाय गर्न सक्निे भनेको अहिलेको मौसम भएको उहाँको भनाई छ ।
च्याउ उत्पादन गर्न जाडोमा अलि धेरै समय लाग्ने र गर्मीयाममा अलि छिटै उत्पादन गर्न सकिने बुढाले बताउनुभयो । च्याउलाई प्लाषिटिक भित्र २० देखि २२ दिनसम्म राखेर निकालेको १ हप्तासम्म च्याउ बिक्रि गर्न सकिने हुन्छ, उहाँले भन्नुभयो, २५ डिग्रि तापक्रम भएमा २१ दिनमा च्याउको पोकाबाट ढुसिहरु आएरहेको हुन्छ, । चिसो मौसममा च्याउलाई पोकाबाट निकाल्न नै करिब करिब एक महिनासम्म समय लाग्ने उहाँको भनाई छ ।
बुढाले अरुले च्याउ व्यवसाय गरेको देखेर आफु यस व्यवसाय प्रति आकर्षक भएको बताउनुभयो । पहिला पहिला च्याउ खाए लाग्ने प्रवृत्ति थियो त्यसो हुनाले प्राःय च्याउ व्यवसाय कसैले गदैन्थिय उक्त समयमा मैले मात्र च्याउ उत्पादन गर्थे हामीले उत्पादन गरेको च्याउलाई कृषिका सरहरु आएर उद्धघाटन गरेर च्याउ स्वास्थ्यको लागि महत्वपुर्ण छ भन्ने चेतना फैलाएपछि प्राःय सबैजनाले यो व्यवसाय सञ्चालन गर्दै आएका छन, उहाँले भन्नुभयो ।
पहिला पहिला धेरै च्याउ उत्पादन गरेर पनि सबै च्याउ बिक्रि भईहाल्थ्यो, अहिले तुलसिपुर बजारलाई मात्र लक्ष्ति गर्दा त्यति राम्रो च्याउको बजारीकरण छैना, उहाँ भन्नुभयो, तुलसीपुर बजार क्षेत्रमा बाहिरबाट च्याउहरु नआउने हो भन्ने हामीले जति च्याउ उत्पादन गरे पनि उक्त च्याउ बिक्रि गर्न समस्या हुने थिएन् । तुलसिपुरको बजारमा बुटवल, घोराही, चितवन र भारतबाट पनि च्याउ आउने हुनाले यहाँ उत्पादन भएको च्याउ खेर जाने समस्या भएको बुढाले बताउनु भएको छ । बढी च्याउ उत्पादन गर्न लागे पनि भने जस्तो बजार नभएको उहाँको भनाई छ ।
बुढाले उत्पादन गरेको च्याउ एकै पटकको मन्डीमा बिक्रि नभएमा आफै गएर बजारमा बिक्रि गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार डल्ले, कन्य योपनी र सिताके लगायतका प्रजातिका च्याउ लाउने गरेका छौं । अहिलेको सिजनमा बुढाले कन्य च्याउ मात्र उत्पादन गर्नभएको छ । कन्य च्याउ उत्पादन गर्दा पराल, काट्ने मेसिर, दाउरा, पानी, जालि बोरा, प्याकिं पलाष्टीक र टहरो लगायतका स्रोत साधनहरु आवश्यक पर्ने उद्यमी बुढाले बताउनु भएको छ । बुढाका अनुसार च्याउ उत्पादन क्रम्तिमा पलाष्टिकमा प्याकिं गर्नेसम्म काम गर्नका लागि १५ देखि २० जनासम्म कामदार लागाउने गरेको उहाँको भनाइ छ । बुढा र उहाँको श्रिमानले च्याउ व्यवसाय चलाउदै आउनु भएको छ । राम्रो च्याउ उत्पादन गरि बिक्रि गर्न सकिने हो भन्ने यसै व्यवसायबाट जिविकोपार्जन गर्न सकिने बुढाको भनाई छ । उहाँका अनुसार च्याउ उत्पादन बर्षमा तिन पटकसम्म गर्दै आउनु भएको छ ।
बुढालाई च्याउ उत्पादनका क्रममा नेपाल सरकारको उद्योग मन्त्रालयले उद्यमी भनेर ७ पटकसम्म समान गरेको र एक पटक २५ हजार रकम सहित उहाँलाई समान गरेको थियो । सरकारले स्थानिय उत्पादनलाई बढी प्रोत्साहन गर्दै बाहिरबाट आउने च्याउहरुलाई रोक्दीएमा हाम्रो व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सकिने थियो । साथै धेरै च्याउहरु उत्पादन गर्नमा पनि सरल वातावरण मिल्थियो र सरकारले बाहीरबाट आउने च्याउ बन्द गर्न उद्यमी बुढाको माग छ । उहाँले सरकारले सबैभन्दा पहिलो प्राथामिकता बजार व्यवस्थापना गर्न सहयोग गर्देमा हामी उद्यमलिाई वस्तु उत्पादन गर्न सकिनेछ ।
