
गढवा, २ माघ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गढवा पतञ्जली योग समितिको आयोजनामा मंगलवार १०औं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम सहित भव्य रूपमा मनाईएको छ ।
गढवा योग पतञ्जली योग समितिका अध्यक्ष राम नरेश यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
गढवा उद्योग बाणिज्य संघबाट र्याली निकाली गढवा बजारको मुख्य चोकमा हुदै गढवा गाउँपालिकाको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो।
१०औ राष्ट्रिय योग दिवश २०८१ मा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले स्वस्थ जिवनयापनका लागि योग महत्वपूर्ण भएको बताउनुभयो। बृद्धा देखी जवान सम्म सफैवाई स्वस्थ रहना लागि अन्तिम विकल्प योग नै भएकोले नियमित योग गर्नुपर्ने साथै गढवा पतञ्जली योग समितिले गढवाको बजारमा मात्र नभई सवै वडामा बिस्तार हुनु पर्ने बताउनुभयो।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको अध्यक्ष ओभा पाठक, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादवले शुभककामना मनतब्य राख्नु भएको थियो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की,गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाका अध्यक्ष दयाराम थापा, गढवा होटल ब्यवसायी संघका तिलक पुन,गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, सिता पौडेल,राधा गौतम,राजाराम चौधरी,रिता थापा,बिनु पन्थि,बिन्दु यादव,शिवा ओलि,राम प्रसाद चौधारी लगायतको सहभागिता रहेको थियो ।
१०औ राष्ट्रिय योग दिवसको अवसरमा साधक र साधिका सहितको बिचमा प्रतिस्पर्धात्मक बृक्षासन र नटराजासन प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा बृक्षासनमा प्रथम स्थान हासिल गर्नुहुने प्रतिमा आचार्य र नटराजासनमा प्रथम स्थान हासिल गर्नुहुने सुलोचना चौधरिलाइ प्रमाणपत्र र पुरुस्कार प्रदान गरिएको थियो ।त्यसैगरी २०८१ बैशाख देखी पौष २९ गतेसम्म नियमित योग साधना कक्षामा सबै भन्दा बढी हाजिर हुने तारा बुढाथोकीलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
गढवा पतञ्जली योग समितिको समितिकी उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार तथा गढवा पतञ्जली योग समितिका सचिव शिवराज पन्थिले गर्नु भएको थियो ।
