गढवा, ३२ साउन। मानव वेचविखन तथा ओसारपसारका प्रमुख कारक तत्त्वहरूको पहिचान गर्दै यस्तो जघन्य अपराधहरुलाई न्युनिकरण तथा निरुतसाहित पार्ने मुख्य उद्देश्यले स्थापना भएको शान्ति पुनर्स्थापना गृह (P.R.C.)दाङको कोइलाबास शाखाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक भएको छ।
पुनर्स्थापना गृहकी प्रमुख सिमा जिसीले बुधबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई आर्थिक वर्ष २०८%/०८१को वार्षिक प्रगति प्रतिवेदन बुझाउनु भएको हो।
शान्ति पुनर्स्थापना गृह कोईलाबासले आर्थिक वर्ष २०८० श्रावण देखि २०८१ असार मसान्तसम्म कुल ७ सय ३१ जना महिला तथा बालबालिकालाई परामर्श गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ। जस मध्ये १२ जना बालबालिका तथा महिलालाई अभिभावकको जिम्मा लगाएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ। १४ जना बालबालिका तथा महिलालाई प्रहरीको समन्वयमा परिवारलाई जिम्मा लगाएको शान्ति पुनर्स्थापना गृह कोईलाबासकी परामर्शदाता सिमा जिसीले जानकारी दिनुभयो।
पुनर्स्थापना गृह कोईलाबासले सिमानाक्बाट हुने मानव बेचबिखन तथा ओसारपसारको बढ्दो समस्या लाई नियन्त्रण गर्न नेपाल तथा भारत तर्फ रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, भारतीय सिमा सुरक्षा बल, भारतीय मानव बेचबिखन नियन्त्रण ईकाई आदीसंग निरन्तर छलफल, बिचार बिमर्श र अन्तक्रिया गर्दै आएको छ ।साथै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवशहरुमा मानव बेचबिखन तथा ओसारपसारको बढ्दो समस्या लाई नियन्त्रण गर्ने बारे सचेतना मुलक कार्यक्रम समेत गर्दै आएको परामर्शदाता सिमा जिसीले जानकारी दिनुभयो।
वार्षिक प्रगति प्रतिवेदनमा सिमा निगरानी कार्यक्रम मार्फत दाङ जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सूचना तथा परामर्श दिएको संख्या, आफ्नो अभिभावकको अनुमति बिना कसैको प्रेममा परी त कसैको ललाई फकाई गरेर भारत तर्फ लैजान खोज्नेलाई उनिहरुको अभिभावक संग सम्पर्क गर्दा अभिभावकले नछोड्ने मौलिक जानकारी आएपछी अभिभावक आएपछी प्रहरीको रोहबरमा अभिभावकको जिम्मा लगाएउने गरेको छ। उद्दार गरेको संख्या २८,अबिबाहित संख्या ३ सय २३,विवाहित संख्या ४ सय ८,भारत बाट उद्दार गरी ल्याएको सङ्ख्या १,पुनर्स्थापनाको लागि अन्य संस्थामा पठाईएअओ संख्या १,प्रहरीको रोहबरमा जिम्मा लगाएको सङ्ख्या १४, संस्थानद्वारा अभिभावकको जिम्मा लगाएको संख्या १२, जम्मा परामर्श संख्या ७ सय ३१, बुवा नभएको संख्या ८०,आमा नभएको संख्या ३३ र बुवाआमा दुबै नभएको संख्या २८ गरी कुल ७ सय ३१ जना बालबालिका तथा महिलाहरुलाई चेकजाँच तथा परामर्श दिईएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
शान्ति पुनर्स्थापना गृहलाई कार्य गर्दा बिभिन्न कठिनाइहरु समेत आउने गरेको छ। स्थानीय बासिन्दालाई निवार्द चेकजाँच गर्न नपाउनु, राजनीतिक हस्तक्षेप, सिमापार गराउन आफ्नै अभिभावकको प्रयोग, मोटरसाइकल चेकजाँच गर्न नपाउनु, बुर्का लगाएर बोर्डर पार गर्दा समेत चेकजाँच गर्न नपाउनु, थोरै कर्मचारी भएका कारण नेपालका विभिन्न शहरहरू बाट सिधै दिल्ली, सिम्ला लगाएतको अन्य भारतको शहरमा जाने सवारी साधनको कठिनाइ हुनु, पितृसत्तात्मक सोचकमा परिवर्तन नआउनु लगायतका थुप्रै कठिनाइहरु रहेको शान्ति पुनर्स्थापना गृह कोईलाबासले जनाएको छ ।
बिक्रम सम्बत् २०७७ साल चैत्र ०४ गते देखि दाङको कोइलाबासमा शाखा स्थापना गरेको शान्ति पुनर्स्थापना गृहले विक्रम सम्बत् २०५० सालदेखि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा क्रियाशील भएर कार्य गरीरहेको छ।