हजुरआमा, चप्पल र जातिकाे दंश

विचार

आशा किरण

’12th Fail’ मा एउटा पात्र छ। त्याे पात्र हाे, main lead (मनोज शर्मा) काे हजुरआमाकाे। त्याे हजुरआमा जो आफ्नाे छाेरालाई त क्रान्ति गर्न अर्को सहरमा पठाउछिन् तर पछाडि छुटेकाे उसकाे परिवार अर्थात् बुहारीकाे दुश्मन हुन्छिन्। हजुर सही सुन्नुभयाे। यी सासु पितृसत्ताका flag barrier हुन्। आम बुझाइ भएका आम मानिसहरुका लागि उनी एक positive पात्र हुन् तर (उनी) यति चतुर छिन् कि सायदै तपाईंले थाहा पाउनुहाेला।

हजुरआमा पतिकाे पेन्शन पाउछिन्। (उनकाे पति भारतीय सेनामा जुनियर कमिशन्ड अफिसर थिए। पतिकाे मृत्युपश्चात् उसकी पत्नीकाे रुपमा उनी भारत सरकारबाट पेन्शन पाउछिन्।) तर जब छाेरालाई क्रान्ति गर्नकाे लागि (निलम्बनकाे विरुद्ध केस लड्नकाे लागि) पठाउछिन्, तब उनी बारम्बार भन्छिन् कि (घर) खर्चकाे लागि (बुहारीलाई) पेन्शनकाे पैसा दिन्न।

बुहारी आफ्नाे पतिलाई खूब रोक्छिन्। (यसकारण) कि परिवार कसरी चल्नेछ? (यदि उसले घर छाेडेर गयाे भने?) तर आमा साथ दिन्छिन् र भन्छिन्, ‘जा लड’ तर फेरि भन्छिन्, ‘पेन्शनकाे एक पैसा दिन्न बुहारीलाई।’

आशा किरण

बिस्तारै-बिस्तारै (घर/परिवारकाे) हालत खराब हुन्छ। गाई समेत बिक्छ। फेरि लाग्याे केवल dialogue हाे, तर वास्तविकता तब खुल्छ, जब नाति अर्थात् खानदान (वंश) काे छाेरा graduate हुन्छन्। तब हजुरआमा खाेल्छिन् पैसाकाे पेटाराे। नातिलाई पेन्शनकाे पूरे पैसा दिएर भन्छिन्, ‘जा डी.एस.पी बनेर आइज। हजुरबुबाकाे नाम फैला।’

(नातिनीकाे लागि पनि उनले यस्तै केही गरेकी छिन् त? फिल्म हेरेर थाहा पाइन्दैन।)

अर्थात्, चाहे बुहारी मरुन्, उनी पैसा दिन्नथिन्। आफैलाई बेचेर आउन् तब पनि उनी जिउथिन् तर बुहारी र उनकाे परिवारकाे मदद गर्दिनथिन्। केही सासु यस्तै हुन्छन्, जसकाे लागि छाेरा र नातिले मात्र महत्व राख्छ। बुहारी त अर्काकाे घरबाट आएकी हुन्, मरुन् वा काटिउन्, घर चलाउनु उनक नै काम हाे……(भन्ने साेच्छन्)।

(अब) धेरै मानिस भन्नेछन् कि राम्राे फिल्ममा कमि निकाल्छाै…। तर यही सत्य हाे कि जब (फिल्ममा) यस्तो देखाइन्छ, तब समाजकाे राेग माथि कुरा त हुन्छ नै। फिल्ममा धेरै हदसम्म सत्य देखाइएकाे छ। यस्ताे पनि हुन्छ, तर यस्तो किन हुन्छ, त्यसको विश्लेषणले नै समाजकाे व्यवस्थालाई देखाउँछ।

जस्तो कि फिल्ममा main lead काे बाउकाे पात्र आफ्नो अफिसरलाई चप्पलले पिट्छ, हजुरआमा गोली चलाउछिन्, एउटा नाति विधायककाे चम्चेलाई चप्पलले पिट्छ अनि अर्काे नाति (main lead मनोज कुमार शर्मा) पनि सहर (लाइब्रेरी) मा आफ्नो बाेसलाई पिट्नकाे लागि चप्पल उठाउछ।

आफ्नो बाेसमाथि चप्पल उठाउदै मनाेज कुमार शर्मा

गरिब भएर पनि (उनीहरुलाई अरुहरुमाथि) चप्पल हान्ने हिम्मत जसले दियाे, त्याे उनीहरुकाे जातिय प्रिभिलेज हाे। (अर्थात् उनीहरुलाई उनीहरुकाे जातिय प्रिभिलेजले त्याे चप्पल हान्ने हिम्मत दिएकाे हाे।)

दलितहरु अथवा शुद्रहरुमाथि कति फिल्म बनेकाे छ जसमा उनीहरुले चप्पलले सवर्णलाई पिटेकाे देखाइएन किनभने जातिय कुण्ठा (inferior complex) ले उनीहरुलाई यति भित्रसम्म कमजोर बनायाे कि उनीहरु मन मारेर बसे, दु:ख-आक्राेशलाई पिए तर तथाकथित तल्लाे जातिकाे कारण, सवर्णलाई (उनीहरुकाे) अन्यायकाे लागि चप्पल हान्न सकेनन्।

तर ’12th fail’ फिल्म काे पात्र सबलाई चप्पलले पिटिरहेका छन्। उनीहरुलाई न विधायककाे डर छ, न पुलिसकाे। याे जुन (चप्पलले पिट्ने) हिम्मत छ, त्याे उनीहरूले तथाकथित उच्च जातिका भएकाेले पाएका हुन्, जसलाई मनुले लेखे र ब्राह्मणहरुले पोषित गरे।

साथै,

Apart from good film, ’12th fail’ taught us; 👇️

सवर्णहरु गरीब भए पनि सँगै खान्छन्, (सँगै) पिउछन्, (आपसमा) सम्बन्ध पनि गाँस्छन्।

शर्मा, पाण्डे र जोशीकाे टिममा कोही पनि दलित थिएन।

शर्मा, पाण्डे र जाेशीकाे टिम

अनि नि, जातिवादकाे दंशले जाति हेर्छ, गरिबी हाेइन।

 

मा प्रकाशित