‘अनकही कहानिया’ काे पहिलाे कथाले मनलाई निकै छाेयाे। आँखा रसाइदियाे, मनलाई खुशी पनि बनाइदियाे अनि भावविह्वल पनि। सुरुकाे केही मिनेट कथाले मनलाई विरक्तलाग्दाे बनाइदियाे किनभने यसकाे प्रमुख पात्र प्रदीपकाे दिनचर्या नै त्यस्तै छ। विरक्तलाग्दाे, निरस, आफ्नाे कुरा सुनाउने साथी काेही पनि नभएकाे, एक्लाेपनामा डुबेकाे। बेरङ, निष्प्राण। जहाँ उत्साहकाे, उमँगकाे थाेपाेछिटाे पनि छैन। जहाँ एक पित्काे पनि प्रेम छैन। उदेकलाग्दाे, अल्छीलाग्दाे, दिक्कलाग्दाे, विरक्तलाग्दाे।
प्रदीप (लाहाैरिया) एक गाउँले युवक हाे। उसकाे बिहे भएकाे छैन। अनि, ऊ राेजीराेटीका लागि आफ्नाे गाउँ गाडरवाराबाट काम खाेज्दै मुम्बई पसेकाे छ, आफ्नाे घर, परिवार र गाउँलाई छाेडेर। अनि ऊ एउटा कपडाकाे दाेकानमा लेडिजका कपडाहरु बेच्ने काम गर्छ। ऊ कबूतरखानाजस्ताे एउटा साँघुराे काेठामा एकजना केटासँग रुम सेयर गरेर बस्छ। दाेकानमा ऊसँगै काम गर्ने केटाकाे गर्लफ्रेन्ड छ। ऊ प्रदीपलाई ‘काेही केटी ऊसँग पटे पाे’ भन्दै गिल्ला गर्छ। अनि, हरेक साँझ गर्लफ्रेन्डलाई भेट्न जुहु जान्छ।
प्रदीपकाे जिन्दगी बहुतै बाेरिङ छ। बहुतै निरस छ। उसकाे नित्यकर्म एउटै चक्रमा घुमिरहन्छ, ‘काममा जा। दिनभरि ग्राहकहरुलाई कपडाहरु देखा, कपडाहरु बेच, हिसाब बुझा, कपडाहरु मिला, दाेकान थुन। अनि, घर फर्कि। खाना पका।खाना खा। भाडा माझ। माेबाइलमा अश्लील भिडियाे हेर। रुममेटकाे गर्लफ्रेन्डसँगकाे इरिटेट गर्ने हदसम्मकाे वार्तालापलाई झेल अनि सुत।
भाेलिपल्ट फेरि काममा जा। दाेकान खाेल। सरसफाई गर। कपडा मिला। ग्राहकहरुलाई कपडा देखा। कपडा बेच। हिसाब गर। बुझा। सामानहरु मिला। दाेकान बन्द गर। अनि, काेठामा फर्कि। अल्छी लागे हाेटलमा गएर खाना खा। माेबाइलमा अश्लील भिडियाे हेर। माेबाइलमा रातभरि गर्लफ्रेन्डसँग बाेलिरहने रुममेटकाे झिँझाे सुन। झिझाेकाे बीचमा मुख छाेपेर सुत। भाेलिपल्ट फेरि उहीँ नित्यकर्म दाेहाेरा।’ प्रदीपकाे जीवनमा यही कुरा दाेहाेरिरहन्छ।
त्यत्राे ठूलाे शहरमा उसकाे आफ्नाे भन्ने काेही छैन। सुखदु:खकाे कुरा सुनाउनलाई उसकाे कुनै साथी छैन, कुनै आफ्नाे मान्छे छैन, उसकाे कुरा सुनिदिने काेही छैन। न मनकाे बह पाेख्नलाई काेही छ, न माया गर्ने काेही छ। साथमा काेही नहुँदा, भित्रैदेखि एक्लिएर बस्नुपर्दा मान्छेकाे मनाेदशा कस्ताे हुन्छ हाेला? यस्तै मनाेदशाबाट प्रदीप गुज्रिरहेकाे छ।
शहरकाे ब्ल्याक हाेलरुपि एक्लाेपनाले खाइमार्न लागेकाे छ प्रदीपलाई। यस्ताेमा एकदिन उसकाे मालिकले उसलाई कपडा पसलमा राख्न अर्डर गरिएकाे पुतला लिन पठाउँछ। एउटा एकदमै सुन्दर केटीकाे आकृतिकाे मानव कदकाे त्याे पुतला देखेर ऊ माेहित हुन्छ। ऊ उक्त लेडी पुतलालाई हेरेर लजाउँछ। लेडी पुतलाकाे कम्मरमा स्पर्श गर्दा उसकाे मुहारमा लाज र खुशीका तरङहरु फैलिन्छन्। अहिलेसम्म नमुस्कुराएकाे ऊ लेडी पुतलालाई देखेर पहिलाेपल्ट मुस्कुराउँछ।
लेडी पुतलालाई अटाेमा सँगै लिएर आउँदा उसलाई यस्ताे आनन्द महसुस भइरहेकाे हुन्छ कि उसलाई लाग्छ याे समय कहिल्यै नबिताेस्। पुतलाकाे समिपमा बस्नु पाउँदा, बाटाेमा अटाे हल्लिएर पुतला ऊसँग ढेस्सिन आइपुग्दाकाे अनुभूतिले उसलाई तरँगित गरिरहेकाे हुन्छ। छिटाेछिटाे अटाे कुदाइरहेकाे अटाेवालालाई ऊ बिस्तारै अटाे कुदाउन निर्दैशन दिन्छ ताकि ऊ अझ बढी समय साे पुतलासँग बिताउन सकाेस्।
ऊ लेडी पुतलालाई आफ्नाे दाेकानमा लिएर आउँछ। अनि, मालिककाे आदेशमा लेडी पुतलालाई राम्राेराम्राे कपडा लगाइदिन्छ र लेडी पुतलालाई दाेकानकाे अगाडि उभ्याउँछ। आफ्नाे सहकर्मीलाई ऊ त्याे लेडी पुतलालाई छुन पनि दिदैन। ऊ त्याे लेडी पुतलालाई आफ्नाे परिचय दिन्छ। अनि, आफ्नाे दाेकानमा स्वागत गर्छ। ऊ त्याे लेडी पुतलालाई मानिसलाई जस्तै व्यवहार गर्छ। त्यसलाई पुतला ठान्दैन। ऊ त्याे लेडी पुतलाकाे नाम राखिदिन्छ, ‘परि’। अब ऊ त्याे लेडी पुतलालाई परि भनेर सम्बाेधन गर्छ। ऊ परिसँग बात मार्छ। ऊ परिसँग प्रेमपूर्ण वार्तालाप गर्छ। ऊ दिनहुँ परिलाई सफा गर्छ र राम्राेराम्राे कपडा लगाइदिन्छ। मालिकलाई फकाएर परिलाई गहना पनि लगाइदिन्छ। अनि, आफ्नाे तर्फबाट घडी पनि किनेर लगाइदिन्छ।
परिकाे आगमनपश्चात् उसकाे दाेकानकाे व्यापार बढ्छ। मालिक ऊबाट खुशी भएर उसलाई बाेनस दिन्छ। बाेनस पाएकाे दिन ऊ परिलाई पार्टी दिन्छ। परिलाई मुम्बई घुमाउन लैजान्छ। ऊ परिलाई अटाेमा राखेर मुम्बई घुमाउँछ। ऊ परिलाई जुहु बिचमा लैजान्छ। परिलाई समुन्द्र किनारमा आफुसँग बसाएर गीतहरु सुनाउँछ। आफ्नाे मनभित्र गुम्सिएर रहेका सारा कुराहरु परिसामु खाेलिदिन्छ। अनि, परिलाई फर्काएर फेरि दाेकानमा ल्याइपुर्याउँछ।
प्रदीप परिलाई सजीवसरह व्यवहार गर्छ। ऊ परिसँग नाँच्छ, गाउँछ, लुडाे खेल्छ। ऊ परिलाई निष्प्राण पुतला मान्दैन। उसकाे लागि परि कुनै निष्प्राण पुतला हैन, बरु उसकाे साथी हाे। उसकाे सुख-दुःख बाँड्ने साथी, उसकाे मनकाे कुरा सुनिदिने साथी। उसलाई एक्लाेपनारुपि ब्ल्याकहाेलकाे सिकार हुनबाट बचाउने साथी। उसलाई पागल हुनबाट जाेगाउने साथी। परि छ र नै त ऊ अहिलेसम्म पागल हुनबाट बचेकाे छ। अन्यथा, ऊ उहिल्यै पागल भइसक्थ्याे।
परिकाे आगमनपश्चात् उसकाे निरस जीवन रसिलाे हुन थालेकाे छ। उसकाे अनुहारमा खुशी छाउन थालेकाे छ। उसकाे जीवनमा पनि उत्साह र उमँगका रङहरु देखा पर्न थालेका छन्। ऊ अब हाँस्न थालेकाे छ, आत्मविश्वासका साथ प्रस्तुत हुन थालेकाे छ।
एकदिन उसकाे सहकर्मीले उसलाई परिसँग बाेलिरहेकाे देख्छ अनि गएर मालिकलाई त्याे कुरा सुनाइदिन्छ। मालिकले सिसिटिभी फुटेजमा परिसँग उसले गरेकाे सारा हर्कतहरु देख्छ र उसलाई साफ झपार्छ। कामदेखि निकाल्न खाेज्छ तर उसले मालिकसामु हात जाेडेर, मालिककाे खुट्टा समातेर आफ्नाे जागिर जाेगाउँछ। त्यसपछि, उसलाई परिकाे छेऊछाऊ जान पनि प्रतिबन्ध लगाइन्छ। र उसलाई लेडिज डिपार्टमेन्टदेखि हटाएर जेन्ट्स डिपार्टमेन्टमा सिफ्ट गरिन्छ।
अर्काेदिन उसकाे सहकर्मीले परिलाई छाेटाे ड्रेस लगाइदिन्छ। जसलाई देखेर ऊ सहकर्मीसँग भड्किन्छ र सहकर्मीसँग झगडा गर्न पुग्छ। सहकर्मीकाे कठालाे समातेर उसकाे ज्यान मार्ने धम्की दिन्छ। उसकाे याे पागलपनका कारण उसकाे मालिकले उसलाई कामदेखि निकालिदिन्छ। मालिक र सहकर्मी दुवैजना प्रदीपकाे मनाेदशालाई बुझ्दैनन्। उनीहरु परिलाई प्रदीपकाे नजरबाट हेर्दैनन्। प्रदीपकाे नजरमा परि के हाे, उसकाे जीवनमा परिकाे के महत्व छ भन्ने कुरा उनीहरु बुझ्न सक्दैनन्। उनीहरुलाई प्रदीप अबनर्मल लाग्छ। जबकि सत्य याे हाे कि प्रदीप अबनर्मल व्यक्ति हाेइन, बरु ऊ अबर्नमल हुनबाट बचेकाे व्यक्ति हाे। अनि परिले उसलाई अबनर्मल हुनबाट बचाएकाे हाे। परि नभएकाे भए ऊ उहिल्यै पागल भइसक्थ्याे। परिले उसलाई पागल बनाएकाे हैन, बरु पागल हुनबाट बचाएकाे चाँहि हाे।
‘अनकही कहानिया’ काे प्रदीप लाहाैरियाकाे याे कथाले राेजीराेटीका लागि आफ्नाे गाउँघर, परिवारलाई छाेडेर ठूला सहरमा आइ सानातिना काम गरेर पेट पालिरहेका लाखौं-कराेडाैं युवाहरुकाे जिन्दगीकाे कथा भन्छ। उनीहरुकाे जिन्दगीकाे एक्लाेपना र शून्यताकाे कथा भन्छ। एक्लाेपना र निसारतामा बाँचिरहेका उनीहरुकाे जिन्दगीमा प्रेमकाे कति महत्व छ भन्ने कुरालाई बुझाउँछ। गाउँघर वा साना सहरहरुबाट मुम्बई जस्ता ठूला सहरहरुमा राेजीराेटीका लागि आउने युवाहरुलाई प्रदीपकाे कथा आफ्नै कथाजस्ताे लाग्न सक्छ। प्रदीपमा उनीहरु आफ्नै छवि देख्न सक्छन्। साँघुराे काेठा त्याे पनि अरुसँग सेयर गरेर बसिरहेकाे, बाेल्ने, हाँस्ने, मनकाे बह पाेख्ने साथी नभएर धुमधुम्ती चरम एक्लाेपनामा दिनहरु काटिरहेकाे युवाकाे जिन्दगीमा साथीले के महत्व राख्छ, याे करालाई फिल्मले बुझाउँछ। जसकाे जिन्दगीमा प्रेमकाे थाेपाेछिटाे पनि छैन, उसकाे जिन्दगीमा प्रेमकाे कति महत्व हुन्छ, याे कुरालाई बुझाउँछ। पानीकाे पर्याप्त उपलब्धता भएकाे मान्छेलाई एक गिलास पानीकाे महत्व के थाहा हुन्छ र? एक गिलास पानीकाे महत्व उसले मात्र बुझ्न सक्छ, जाे मरुभूमिमा प्यासै यात्रारत छ। जसलाई खाँचाे छ, जसले अभाव भाेगेकाे छ, उसैले त्याे चीजकाे महत्वलाई बुझ्न सक्छ, जसले कहिल्यै त्याे चीजकाे अभाव झेल्नुपरेकाे छैन, उसले त्याे चीजकाे महत्वलाई बुझ्न सक्दैन।
यस फिल्मले प्रेमकाे महत्वलाई पनि रेखांकन गर्छ। जसरी मानिसलाई जिउनकाे लागि गाँस, बास र कपासकाे आवश्यकता पर्छ, त्यसरी नै मानिसलाई जिउनका लागि प्रेमकाे पनि आवश्यकता पर्छ। प्रेमकाे अभावमा मानिसकाे जीवनकाे जरा सुक्दै जान्छ। काेही न काेही, केही न केही त चाहिन्छ उसकाे जीवनमा जसले उसकाे जीवनमा ऊर्जा भराेस्, उत्साह र उमँग भराेस्, उसलाई अभिप्रेरित गराेस्, उसकाे मन बहलाओस्, दु:खमा जसलाई उसले आफ्नाे वेदनाहरु सुनाउन सकाेस्, सुखमा ऊसँग नाँच्न-गाउन, हाँस्न र रमाउन सकाेस्। दु:खमा जसबाट ढाडस मिलाेस्, सहारा पाएकाे भान हाेस्, अनि सुखमा सरहना मिलाेस्। काेही न काेही त यस्ताे चाहिन्छ, जसले मनलाई उपचार गराेस्। त्याे ‘काेही’ सजीव हाेस् वा निर्जीव हाेस्, त्यसले केही फरक पार्दैन। मानिसले जीवन सन्तुलित ढंगले बाँच्न उसकाे जीवनमा त्यस्ताे काेही हुनु जरुरी छ, जसलाई ऊ प्रेम गर्न सकाेस्। त्याे हुनु र नहुनुले मानिसकाे जीवनमा धेरै फरक पार्छ। मानिसकाे जीवनमा प्रेम प्रकट गर्ने, प्रेम व्यक्त गर्ने, मनका अनुभूतिहरु अभिव्यक्त गर्ने पात्र हुनु र नहुनुले उसकाे जीवनमा ठूलाे असर पार्दछ। प्रदीप लाहाैरियालाई नै हेर्नुहाेस् न। उसकाे जिन्दगीमा नाथे एउटा निर्जिव पुतला (परि) काे आगमनले उसकाे जिन्दगीलाई कसरी माेडिदियाे। परिकाे आगमनभन्दा अघिकाे उसकाे जिन्दगी हेर्नुहाेस्, कति रुखासुखा र उजाड थियाे। अनि, परिकाे आगमनपछिकाे उसकाे जिन्दगी हेर्नुहाेस्, कति हराभरा थियाे। परिकाे आगमनभन्दा अगाडिकाे प्रदीपकाे अनुहारकाे मुद्रा सम्झनुहाेस्, कस्ताे औशीकाे चन्द्रमाजस्ताे थियाे अनि परिकाे आगमनपछिकाे प्रदीपकाे ज्वाजल्यमान अनुहार सम्झनुहाेस्, कस्ताे पूर्णिमाकाे चन्द्रमा जस्तै धपक्कै बलेकाे थियाे। परि आउनुभन्दा अघिकाे खडुस प्रदीप र परिलाई आफ्नाे जीवनमा पाएपछिकाे ऊर्जावान् प्रदीपमा के तपाईं कुनै फरक देख्नुहुन्न? यदि देख्नुहुन्छ भने, त्याे फरक के ले ल्यायाे त? कसले ल्यायाे त?
यही प्रेमकाे शक्ति हाे। प्रेम नै त्याे जीवनदायिनी शक्ति हाे। प्रेममा मरेकाे मनभित्र पनि प्राण भर्ने शक्ति हुन्छ। प्रेममा मानिसलाई ऊर्जाशील, उत्साहित, अभिप्रेरित र जीवन्त बनाउने शक्ति अन्तर्निहित हुन्छ। एउटा प्रेमकाे उपस्थिति र अनुपस्थितिले मानिसकाे जीवनमा पार्ने अन्तरमा आकाश-जमिनकाे भिन्नता हुन्छ। त्यसैले त प्रेमलाई अदभूत भनिएकाे हाे। हरेक मानिसकाे जीवनमा काेही न काेही यस्ताे पात्र चाहिन्छ जसलाई ऊ प्रेम गर्न सकाेस्, सरहना गर्न सकाेस्, सुखमा-दु:खमा साथ लिन सकाेस्। प्रेम नै मानिसकाे एक्लाेपनाकाे, औडाहाकाे, व्यग्रताकाे, छट्पटीकाे, माैनताकाे, उसकाे मनकाे सबै राेगहरुकाे औषधी हाे। मानिसकाे जीवनमा प्रेम हुनु जरुरी छ। माध्यम चाहे जेसुकै हाेस्, प्रेम अपरिहार्य छ। प्रेमकाे उपस्थितिले मात्रै पनि जीवन जगमगाउँछ, जीवन मगमगाउँछ। प्रेम भएन भने जीवन मरुभूमि जस्तै उजाड र बंजर बन्न जान्छ।
हरेक मानिसले आफ्नाे जिन्दगीकाे एक्लाेपनालाई टाढा भगाउन केही न केही जुगाड गरेकाे हुन्छ जसरी प्रदीपले एक निर्जिव पुतलालाई मानवीकरण गरेर गरे। सँसारमा लाखाैं मानिसहरु छन् जसमध्ये कसैले रेडियाेलाई आफ्नाे एक्लाेपना भगाउने साथी बनाएका छन् त कसैले टिभीलाई। कसैले साईकललाई त कसैले किताबलाई। कसैलाई आफुले पालेकाे जनावरसँगै लगाव भएकाे देखिन्छ, जस्तै कुकुर, बिरालाे, घाेडा, गाई आदिसँग। याे प्रेमकै विविध रुप हुन्। जरुरी छैन प्रेम, लगाव, आत्मीयता, गहिराई मान्छेसँगै हाेस्, मान्छेकै लागि हाेस्। प्रेम एउटा भावना हाे। लगाव प्रेमबाट नै निसृत हुन्छ। प्रेमले प्रकट हुनका लागि कुनै माध्यम खाेज्छ। प्रेमले पाेखिनका लागि कुनै माध्यम खाेज्छ र माध्यम जेसुकै हुन सक्छ। त्यसैले त भनिन्छ, प्रेम जे सँग पनि हुन सक्छ। फिल्ममा प्रदीप भन्छन्, ‘मेराे हजुरबुवालाई रेडियाेसँग प्रेम थियाे, उहाँ रेडियाेलाई आफ्नाे मनकाे हरेक कुरा बताउनुहुन्थ्याे। रेडियाेसँग गीत गुनगुनाउनुहुन्थ्याे। दिनहुँ मलमलकाे कपडाले पन्ध्र मिनेट लगाएर त्यसलाई सफा गर्नुहुन्थ्याे। हरेक तीन महिनामा त्यसकाे ब्याट्री फेर्नुहुन्थ्याे। एकदिन रेडियाेले बाेल्नु बन्द गर्याे तर हजुरबाले रेडियाेकाे ख्याल राख्न बन्द गर्नुभएन।’
यस फिल्मले मानिसकाे अन्तर्मनभित्र पसेर उसकाे गुढ रहस्य खाेतलेकाे छ र प्रेमबारे फराकिलाे धारणा प्रस्तुत गरेकाे छ। त्यसैले, यदि काेही रुख, बनस्पति, रेडियाे, गुडिया, पुतला, किताब, जनावर आदिलाई मन दिएर विशेष लगाव देखाउँछ भने त्यसमा आश्चर्य मान्नु जरुरी छैन। त्यसलाई अस्वभाविक रुपमा लिनु पनि जरुरी छैन। उसलाई अबनर्मल मान्नु पनि जरुरी छैन। अबर्नमल लागे आफैमाथि प्रश्न गर्नतिर लाग्नुपर्छ कि कतै म नै पाे अबनर्मल त छुइन?
मुटुलाई पगाल्छ प्रदीपकाे याे कथाले। भित्रैदेखि द्रवित बनाइदिन्छ, भावुक बनाइदिन्छ, गहभरि आँसु ल्याइदिन्छ, मुटुलाई बटारिदिन्छ अनि मुहारमा मुस्कान पनि ल्याइदिन्छ। कहिले दु:खकाे अनि कहिले खुशीकाे आँसु छल्काइदिन्छ। मान्छेकाे अन्तर्मनभित्र पसेर अन्तर्मनलाई दर्शाउँछ याे कथाले। सारमा, मान्छेलाई जिन्दगीमा काेही न काेही यस्ताे पात्र चाहिन्छ, जसले उसकाे एक्लाेपनामा उसलाई साथ दिओस्, जाेसँग ऊ आफ्नाे मनकाे बह पाेख्न सकाेस्, आफ्नाे सुख-दुःख बाँड्न सकाेस्। माया बाँड्न सकाेस्। खुशीमा हाँस्न र दु:खमा रुन सकाेस्। उसलाई आफ्नाे सहारा बनाउन सकाेस्, उसलाई आफ्नाे प्रेरणा बनाउन सकाेस्। उसकाे पनि याे दुनियाँमा आफ्नाे भन्ने, काेही छ सुखदु:ख बाँड्ने काेही छ भन्ने अनुभूत गर्न सकाेस्। अनि, त्याे काेही पात्र जाे पनि हुन सक्छ, जे पनि हुन सक्छ, ढुँगा, माटाे, मूर्ति, रेडियाे, किताब, खेलाैना, पुतला, रुख, वनस्पति, कुकुर, बिरालाे, घाेडा आदि। यहाँ खाँचाे पात्रकाे हाे। त्याे पात्र जाेसुकै हाेस्, जेसुकै हाेस्, सजीव हाेस्, निर्जीव हाेस्, के फरक पर्छ र?… मनले अनुभूत गरेपछि। के तपाईंको जीवनमा यस्ताे कुनै पात्र छ त? छ यस्ताे काेही तपाईंकाे जीवनमा?