दाङमा रातो केरा खेतीको सफल परीक्षण

गणतन्त्र नेपाल समाचारदाता

दाङमा रातो केरा खेतीको सफल परीक्षण गरिएको छ । युवा उधमि टेकेन्द्र राज रावत क्षेत्रीको व्यावसायिक केरा खेतीमा”- दाङमा रातो केराको व्यवसायीक खेती सुरु भएको हो  । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको दाङमा पहिलो पटक खेती सुरु गरिएको हो ।

दाङका युवा उधमि टेकेन्द्र राज रावत क्षेत्रीले पहिलोपटक व्यावसायिक रुपमा रातो केरा खेति गर्नुभएको हो। उहाँले ढाङको गढवा गाउँपालिका ३ खैरेनी देउखुरीमा व्यावसायिक केरा खेति गर्नुभएको हो। एम . डि . टि . आर कृषि फर्म दर्ता गरि केरा खेतीमा लाग्नुभएको छ।

“उहाँ भन्नुहुन्छ भर्खरै आएसि एजि पुरा गरेको छु । नौ कक्षा देखि बाह्र कक्षासम्म पढाइ हुने प्राविधिक धार तर्फबाट बाली विज्ञानमा पढाई सकिएको उहाँ बताउनुहुन्छ । पढेको कुरालाई व्यवहारमा उतार्न मुख्य उद्देश्यले व्यावसायिक रुपमा रातो केरा खेति गरिएको उहाँले बताउनुभयो।

थोरै सानो अनुभवबाट सिक्ने र सिकाउने क्रम जारी छ । परिक्षणकाे क्रममा  एक सय बोट लगाएको थिए । जस मध्ये बैशाख तिस गतेको हावाहुरीले २५/३०  ओटा बोटमा क्षति  पुर्याएकाे थियाे। अहिले १५/२० बोटमा केराकाे फल लागि  सकेको उध्धमि रावत बताउनुहुन्छ।

” ओजिटि सके पछी खाली भएको समयमा नेट ईन्टरनेटमा कृषि सम्बन्धित गतिविधि हेर्दा रातो केरा जानकारी पाएपछी २०७८ बैशाखमा १०० बोट लगाएर सुरु गरेको बताउनुभयाे। दाङमा राताे केरा यति धेरै मात्रामा लगाउने  पहिलो व्यक्ति नै  आफु नै भएकाे दाबी गर्नु भयाे ।

उत्पादन शुरु भए पनि याे केराकाे दररेट कति राख्ने भन्ने चिन्ता बढिरहेको छ। क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै रातो हुन्छ । केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाले परीक्षणका रूपमा रातो केरा लगाएको हो । अहिले अन्य केरासँगै यसलाई पनि रोपिएको छ । यो केरा दक्षिण भारतमा बढी मात्रामा प्रयोग भएको देखिन्छ ।

‘पहिलोपटक हामीले १०० सय बोटबाट खेती सुरु गरेका छौं,’ इजरायलबाट बीउ ल्याएर यहीँ टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको हो ।’  रावतले  बताउनु भयो ।

परीक्षणका रूपमा लगाइएको केरा उत्पादन भएपछि बजारको मागअनुसार थप विस्तार गरिने उहाँले बताउनुभयो । रातो केराको बोट सामान्य केरा जस्तै हुन्छ । यसले ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा २ महिना ढिलो फल दिन्छ । फल पनि यसको रातो र ठूलो हुन्छ । कृषि विकास अधिकृत अनुसार रातो केरा स्थानीय जातका केरा जस्तै हुन्छ ।

यसमा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ तर सुगरको मात्रा एकदम कम हुन्छ ।   त्यही भएर यो मधुमेहका बिरामीका लागि बढी उपयुक्त मानिन्छ ।  यसमा सोडियम तथा कोलेस्ट्रोल हुँदैन भने म्याग्नेसियम तथा प्रोटिन पर्याप्त पाइन्छ । मुटु सम्बन्धी रोगीका लागि यो कुरा निकै लाभदायी हुने बताइन्छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID