जापानमा नेपाली स्कुल, जहाँ पढाइ हुन्छ नेपाली पाठ्यक्रम

गणतन्त्रनेपाल समाचारदाता, दाङ

जापानको टोकियो शहरमा छ, एभरेस्ट इन्टरनेसनल स्कुल । जहाँ नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ, नेपाली माटोको सुगन्ध आउँछ ।

ओहो ! समृद्ध जापानमा नेपाली स्कुल कसरी जन्मियो ? ‘नेपालीले नै जन्माए,’ विद्यालयका प्रधानाध्यापक विष्णु भट्ट भन्छन् ।

सन् २०१३ को कुरा हो । रोजगार र अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरू टोकियो शहरमा भेला भए । ‘प्रवासमै रहेका आफ्ना बालबालिकालाई नेपाली भाषा, संस्कृति, भेषभुषा कसरी सिकाउने ?,’ चिन्तित थिए अभिभावक । र, जापानमै रहेका ६०–७० जाना अग्रज नेपालीहरूको घनीभूत छलफलपछि निचोड निस्कियो, नेपाली विद्यालय खोल्ने ।

‘जापानस्थित नेपाली दूतावासको पहलमा विद्यालय खोलिएको हो । १० कक्षासम्म नेपालबाट नै सम्बन्धन लिएको छ,’ प्रधानाध्यापक भट्ट भन्छन्, ‘जापान बसेर नेपाली बालबालिकाले नेपाली अक्षर, भेषभूषा, भाषा, संस्कृति सिक्न पाएका छन् ।’

उनका अनुसार विद्यालयले नेपालसँगै क्याम्ब्रिजबाट पनि सम्बन्धन लिएको छ । जापानबाट नै विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन्छन् । ‘अघिल्लो वर्ष कोरोनाका कारण विद्यालयले गरेको मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिएको छ,’ प्रधानाध्यापक भट्ट भन्छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईका लागि दूतावासमार्फत उत्तरपुस्तिका पठाउँछ भने प्रश्नपत्र मेलबाट । ‘एसईईको उत्तरपुस्तिका परीक्षणका लागि दूतावासबाट नेपाल नै ल्याउने गरिएको छ । नतिजा बोर्डले नै सार्वजनिक गर्छ,’ उनी भन्छन् ।

हाल उक्त विद्यालयमा ३५२ जना विद्यार्थी अध्ययनरत छन् । अध्यापनका लागि विषय शिक्षक राखिएको बताउँछन् उनी । ‘गणित, नेपाली, अंग्रेजी, विज्ञानका विषय शिक्षक राखेका छौँ  । शिक्षकहरू नेपाल, भारत, अमेरिका, फिलिपिन्सका पनि छन्,’ उनी भन्छन्, ‘यो वर्षदेखि ११ र १२ कक्षा पनि सुरु भएको छ ।’

जापान, भारत र अमेरिकाका बालबालिका पनि पढ्न आउने बताउँछन् उनी । शुल्क भने अभिभावकले तिर्नुपर्ने हुन्छ । ‘जापानमा शिक्षा राम्रो र नि:शुल्क छ । तर, हाम्रो विद्यालयमा शुल्क लिएर नै पढाएका छौँ,’ उनी भन्छन्, ‘अरु प्राइभेट स्कुलभन्दा पनि सस्तो छ ।’

जसरी नेपालमा चाडपर्व मनाइन्छ, बिदा दिइन्छ, जापानमा पनि त्यसैगरी मनाइन्छ । चाहे असार १५ होस् वा दसैँ, तिहार  । ‘हरेक चाडपर्व विद्यालयमा मनाइन्छ,’ प्रधानाध्यापक भट्ट भन्छन्, ‘नेपालमा जसरी नै मनाइन्छ, पढाइन्छ, उता पनि त्यस्तै हुन्छ ।’

कामको सिलसिलामा जापान पुगेकाहरू नेपाल फर्किएपछि बालबालिकालाई पढाउन सहज हुने गरेको बताउँछन् उनी । ‘नेपाली सधैँ जापानमा बस्ने भन्ने कुरा हुँदैन । नेपाल फर्किर्नु नै पर्ने हुन्छ । नेपाल आएपछि पढ्न सहज भएको छ,’ उनी भन्छन् ।

 । जहाँ नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ, नेपाली माटोको सुगन्ध आउँछ ।

मा प्रकाशित