सर्प दंश उपचार केन्द्र गढवामा बिरामीको चाप बढ्दो

तालिम प्राप्त डाक्टर नहुंदा लाखौं मुल्यको भेन्टिलेटर प्रयाेग विहिन

आलोक भावुक

गढवा, १३ असार

वर्षायाम सुरु भए संगै सर्प दंश उपचार केन्द्र गढवामा बिरामीको चाप दिन प्रति दिन बढीरहेको छ। तर लाखौ मुल्य बराबरको भेन्टीलेटर उपचार केन्द्रको भवनमा प्रयाेग विहिन भएको  छ। स्रोत साधन छ तर तालिम प्राप्त डाक्टर नहुँदा उपचारमा समस्या आईरहेको नेपाली सेना (रणसिंह दल गण) घोराही हाल सर्प दंश उपचार केन्द्र गढवा मा कार्यरत कर्मचारी लाल बहादुर तामाङले जानकारी दिनु भएको भयो।

अन्य समयको तुलनामा बर्खायाममा बिरामी बढेको जानकारी दिनु भयो। तामाङका अनुसार वैशाखमा १९ जना जेष्ठमा २३ जना र असारमा ८ जना बिरामी उपचार गर्न आएका छ ।उपचार केन्द्रमा स्नेक भेनम पर्याप्त मात्रमा उपलब्ध रहेको जानकारी समेत दिनुभयो ।यहाँ आउने मध्ये २० प्रतिशत विरामी मात्र विषालु शर्पले टोकेको पाईन्छ अन्य विरामी सामान्य नै हुन्छन् तर डर का कारण आउने गरेको जानकारी गराउनु भयो।

दाङ लगाएत आसपासका जिल्ला बाट समेत बिरामी आउने गरेको र इमर्जेन्सी को समयमा डाक्टर नआईदिदा समस्या हुने गरेको बताउनु भयो । त्यसैगरी एक जना महिला कर्मचारी नहुदा कहिले कहि उपचार गर्न एकदमै समस्या हुन्छ  तामाङ ले थप्नु भयो। हामी संग एम्बुलेन्स छैन् रातको समय मा फोन आउदा बिरामी लिन जाने अवस्था मा हामी छैनौ र यहाँ बाट इमर्जेन्सी रिफर गर्नु पर्दा समेत एम्बुलेन्स नहुंदा एकदमै कठिन भएको तामाङ ले जानकारी दिनु भयो।

त्यसैगरी गढवा सर्पदंश उपचार केन्द्रका इन्चार्ज देवीराम आचार्यका अनुसार ‘चैतदेखि कात्तिक महिनासम्म बिरामीको चाप बढेको जानकारी दिनुभयो। उहाँका अनुसार यि महिना हरुमा सर्पले टोक्ने सम्भावना धेरै हुन्छ । हिमाल र पहाड को तुलनामा तराईमा पाईने सर्प बढी बिषालु भएको बताउनु भयो। इन्चार्जका अनुसार सर्पको वासस्थान मासिंदै जानु र जलवायु परिवर्तनका कारण सर्प हिमाली र पहाडी भाग बाट तराईमा सर्दै गएका छन् । सर्पले मानिसलाई टोक्ने मुख्य कारण प्रतिरक्षा हो यहांले भन्नु भयो ।

सर्पको प्रमुख खाना मुसा हो भने मुसाको अन्न । त्यसले सर्प र मानिसको सम्पर्क हुने बताउनु भयो । नेपालमा पाइने ९० प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु हुन्छन् गोमन, करेत र भाइपर गरी तीन किसिमका सर्प बढी विषालु भएको पाईएको छ। विषालु सर्प सामान्य सर्प भन्दा हिंस्रक स्वभावका हुन्छन् ।

सर्पको स्वभाव प्रजाति अनुसार भिन्न हुन्छ । विषालु करेत सर्पले न्यानो र तातो ठाँउ मन पराउने भएकाले यो सर्प प्रायः मानिसको नजिक आउन खोज्छ । यो सर्प दिउँसोभन्दा रातिको समयमा बढी सक्रिय हुन्छ । यसको मुख्य खाना मुसा हो भने यसले राति सिकार गर्ने गर्छ ।शरीर कालो, सेतो, पहेंलो, टाटेपाङग्रे हुन्छ । गोमन प्रजातिमा राज गोमन जातको सर्प जंगलमा बस्छ गोमन सर्पको पछाडि चश्मा आकारको चिन्ह हुन्छ । भाइपर जातिको सर्प मानिसको सम्पर्कमा त्यति आउँदैन । यसको बासस्थान जंगल हो । यसको ज्यान भुट्टेदार हुन्छ । विभिन्न रंगको हुन्छ ।यी सर्प बाट सकभर बच्नु पर्छ आचार्यले ले भन्नु भयो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हेमचन्द्र ओझाका अनुसार वर्षमा औसत २०० जनाले सर्पको डसाइबाटै ज्यान गुमाइरहेका छन् । यो महाशाखाले २०७५ सालमा गरेको अध्ययनबाट पत्ता लागेको तथ्य हो यो । इन्चार्जका अनुसार सर्पको वासस्थान मासिंदै जानु र जलवायु परिवर्तनका कारण सर्प हिमाली र पहाडी भागमा सर्दै गएका छन् । सर्पले मानिसलाई टोक्ने मुख्य कारण प्रतिरक्षा हो । सर्पको प्रमुख खाना मुसा हो भने मुसाको अन्न । त्यसले सर्प र मानिसको सम्पर्क हुने बताउँछन् ।

त्यसैगरी सर्प दंश उपचार केन्द्र गढवामा कार्यरत डाक्टर देबीराम आचार्यका अनुसार सर्पले डसेको व्यक्तिलाई हतोत्साही बनाउने खालका कुनै पनि काम गर्न नहुने बताउँछन् । सर्पले टोक्नेबित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अंगलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ । यस्तो बेला कुनै पनि खानेकुरा खानुहुँदैन । कतिपयले सर्पले टोकेको ठाँउभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने गर्छन् । यसो गर्दा रक्तसञ्चारमा समस्या हुने पोखरेल बताउँछन् । जसले गर्दा सर्पले टोकेको अंग मर्ने र खराब भएर काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ । त्यसैले सर्पले टोेकेको स्थानभन्दा माथि हलुकासँग मात्रै बाँध्नुपर्छ । विषालु सर्पले टोकेको दुई घण्टाभित्र बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले झारफुक जस्ता अन्धविश्वास अल्झिनुहुँदैन, सकेसम्म चाँडो उपचार केन्द्रमा लैजानु पर्ने बिचार समेत डाक्टर आचार्यले     राख्नु भयो

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID