प्रेमीले ‘फेसबुकमा ब्लक’ गरे अनि कक्षा ८ की फस्ट गल्र्स आस्थाले हाम फालिन !

कैलालीको धनगढी उपमहानगरपालिका–१३ बोराडाडीस्थित त्रिभुवन माध्यमिक विद्यालयको अग्रेजी माध्यमको कक्षा ८ को फस्ट गल्र्स हुन्, आस्था शर्मा । धनगढी उपमहानगरपालिका–१३ की १५ आस्था विद्यालयकी प्रतिभावाल छात्रा हुन् ।१९ भदौंमा विद्यालयमा पढिरहेको बेलामा ठुलो पानी प¥यो । एक किलोमिटर टाढा रहेको घर पुग्दा किताब, कापी भिज्ने डरले झोला साथीलाई दिएर आस्था घर लागिन् ।

२० भदौं विहान ८ बजे आस्था घरबाट निस्कीईन् । झोला साथीको घरमा भएकाले उतै बसेर होमवर्क गर्नुछ भनेर चाँडै निस्किएकी आस्था अटो चढेर गएकी थिइन् ।साँझ सबै घर फर्किदा आस्था आइनपुगेपछि सोधखोज गर्दा उनी न त साथीको घरमा पुगेकी रहेछिन, न त विद्यालय नै । प्रहरीलाई खबर गरियो । घरपरिवार, विद्यालय परिवार र साथीभाई चिन्तामा डुबे ।त्यहि साँझबाट प्रहरी, स्थानीय, विद्यालय समेत मिलेर आस्थाको खोज तलास सुरु भयो ।

प्रहरीले उनीसंग नजिक भएका साथीभाई सोधखोज गर्न थाल्यो ।प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आस्था एक किशोरको प्रेममा भएको खुलेको छ । मुस्लिम समुदायका ती किशोरसँग आस्थाको दैनिकजसो कुरा हुने गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जनाए ।‘पछिल्लो पटक आस्थाले ती किशोरलाई प्रेम प्रस्ताव राखेकि थिईन,’ प्रहरी अधिकृतले भने–ती किशोरले आस्थाको उमेर सानै भएका कारण अहिले नै प्रेम सम्बन्धमा बस्न नहुने भन्दै उनलाई सम्झाएका थिए ।’आस्थाले जिद्दि गर्न थालेपछि ती किशोरले आस्थालाई फेसबुकमा ब्लक गरे ।तर, मायामा पागल भएकी आस्थाले भने त्यो सहन सकिनन् । र, सोमबार बिहान ती किशोरलाई भेटर आफूलाई किन ब्लक गरेको भनेर सोधेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।विद्यालय नगई आस्था ती किशोरसंग भेट्ने योजनाले धनगढीको फाप्ला पुगिन् । उनले ती किशोरलाई त्यहाँ भेट्न बोलाईन् ।

‘साँझ भेट्न नआए मेरो मुख हेर्न पाउँदैनौं’ भनेर उनले आफ्नो बहिनीलाई भनेको कैलाली प्रहरीले जनाएको छ ।एकोहोरो मायामा परेकी आस्थाको प्रेम प्रस्ताव अस्वीकार गरेर र फेसबुकमासमेत ब्लक गरेका कारण उनले मोहनामा हामफालेको हुनसक्ने आशंका गरिएको छ ।

बेपत्ता भएको ४ दिनपछि १६ वर्षीया आस्था शर्माको श’व शुक्रबार बिहान मोहना नदीमा फेला परेको छ । खोज्ने क्रममा उनको श’व भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो ।आस्थाले लगाएको ट्रयाकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेपछि उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताए ।‘कागजमा कविता लेखिएको छ,’ प्रहरी प्रवक्ता जोशीले भने–कविताको अन्त्यमा आस्था शर्मा लेखिएको पाईएको छ ।’ घटनास्थलमा मृ’तकका आफन्त पुगेका छन् । आस्थाको हातमा कालो धाँगो बाधिएको रहेछ, त्यसका आधारमा पनि मृतकको बुवाले छोरीको श’व भएको पहिचान गरेका छन् ।

आस्था अध्ययनरत विद्यालयका प्रधानाध्याक सिताराम अवस्थीले घटनाले दुखी तुल्याएको बताए । ‘विद्यालयले एक होनाहार विद्यार्थी गुमाएको छ,’ प्रअ अवस्थीले भने–हामी मर्माहत भएका छौं ।

स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

गढवा-२४ भाद्र

गढवा गाउँपालिका वडा नम्बर ४को आयोजनामा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ।
गढवा गाउँपालिका वडा नम्बर ४मा कार्यरत सचिवको कार्यकाल सकिएकोले बिदाई गरिएको छ भने भने नयाँ सचिवको स्वागत गरिएको छ ।


वडा नम्बर – ४का अध्यक्ष हरिभगत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर – ४मा कार्यरत सचिव पदम बहादुर थापाको बिदाई तथा नयाँ सचिव भरत केसी लाई स्वागत गरिएको छ।


कार्यक्रममा वडा सदस्यहरु अतिउल्ला मनिहर, टुकमान कुवर र कौसिला बिक, प्राविधिक राम मल्ल, कृषि शाकाका गिता पण्डित लगायतको उपस्थिति रहेको थियो।
वडा सदस्य टुकमान कुवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गिता पण्डितले गर्नुभएको थियो।

‘सिट बाँडफाँटमा जटिल समस्या छैन, आज समझदारी गर्छौ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको दावी गरेका छन् । शुक्रबार प्रेस सेन्टर कास्कीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धनभित्र सिट बाँडफाँटको विषय समझदारी र सहमतिको निकट पुगिसकेको समेत बताए ।

‘हिजो अरु नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंग्याउने स्थिति बनिसकेको थियो’, प्रचण्डले भने,  ‘कतिपय बेला म उद्योग परिसंघको कार्यक्रममा जानुपर्ने, कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रीत भएर लाग्न पाएनौं ।’

उनले आज बिहान आफु पोखरा आउनुपरेको भन्दै पोखराबाट फर्केलगत्तै पुनः गठबन्धनमा छलफल गरेर टुंग्याउने दाबी गरे । ‘आज दुई तीन बजेबाट त्यसलाई टुंग्याउने हिसाबले छलफल गर्दैछौ । सिट बाँडफाँटमा त्यस्तो जटिल समस्या पैदा भएको केही पनि छैन, हामी समझदारी बनाएर नै जान्छौ’, प्रचण्डको भनाइ छ । उनले संविधान र लोकतन्त्रको उद्देश्यको रक्षा गर्न गठबन्धन बनेकाले गठबन्धन अझै आवश्यक रहेको बताए ।

ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने नैतिकता छैन 

अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने कुनै नैतिकता नभएको पनि बताए ।  ‘हिजो राज्य व्यवस्था समितिबाट त्यसलाई बहुमतले पारित गरिसकेपछि म र राज्य व्यवस्था समितिको सभापति समेत पटक–पटक केपी ओलीलाई वैवाहिक अंगिकृतसहित लैजाउ सदनमा भन्दा मान्नुभएन । ६ महिनासम्म रोक्नुभयो’, प्रचण्डले भने, ‘अन्ततः यही कुरालाई अध्यादेशमार्फत ल्याउने कुनै तुक, आधार र नैतिकता छैन ।’

त्यो नैतिकता नभएपनि एमालेले नागरिकता विधेयकको विरोध गरिरहेको प्रचण्डको भनाइ छ ।  अध्यक्ष प्रचण्डले दुवै सदनबाट पारित भैसकेको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा असन्तुष्टि जनाए ।  ‘सामान्यतया दुवै सदनबाट पारित भैसकेपछि राष्ट्रपतिले त्यसलाई पारित गर्नुपर्दथ्यो, पहिले गर्नुभएन र फिर्ता पठाउनुभयो’, प्रचण्डले भने, ‘संविधानले राष्ट्रपतिलाई एकपटक यस्ता विधेयकहरुमा चित्त बुझेन भने हेर भन्ने अधिकार नै छ ।’ प्रचण्डले फेरि दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब यताउता गर्ने अधिकार नभएको बताए ।

‘दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन । त्यसकारण हामी आशा गर्छौ यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ’, प्रचण्डको विश्वास छ । नागरिकता विधेयक प्रमाणीकरण गरेर लाखौं नेपालीलाई राष्ट्रपतिले बचाउनुपर्ने पनि प्रचण्डको भनाइ छ । उनले शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पनि संसदमा पुगेको भन्दै छिटै टिआरसी सम्बन्धि विधेयकलाई पनि सहमतिबाट अघि बढाउने तयारी भइरहेको बताए ।