हरेक वर्ष आश्विन कृष्ण प्रतिपदा देखि सुरु हुने सोह्र श्राद्ध आज देखि सुरु

हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादी तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतम बताउँछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको पनि उनले बताए । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादशैँ सुरु हुन्छ । ठूला पर्व वा चाडपर्व मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

माओवादी केन्द्र दाङद्वारा समानुपातिक उम्मेदवारमा ४२ जनाको नाम सिफारिस

नेकपा माओवादी केन्द्र दाङले मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाबाट ४२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्र दाङको बैठकले प्रतिनिधिसभामा १६ र प्रदेशसभामा २६ गरी ४२ जनाको नाम समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभातर्फ सिफारिस हुनेहरुमा नारायणी शर्मा (खस आर्य महिला), शुष्मा शर्मा घिमिरे (खस आर्य महिला), शेषुुराम भण्डारी (खस आर्य÷अपाङ्ग), लुमबहादुर कार्की (खस आर्य), कुदबुुद्धिन फारुकी (मुस्लिम), चुरामणी नेपाली (दलित), मोहन थापा (आदीवासी जनजाति) पर्शुनारायण श्रेष्ठ (आदीवासी जनजाति), डोमाकान्त कवर मगर (आदिवासी जनजाति), नरबहादुुर वली (खस आर्य), चन्द्रप्रकाश भट्टराई (खस आर्य), टंक बिष्ट (खस आर्य), सृजना चौधरी (थारु), सि.पी. शर्मा (खस आर्य तथा घाइते), खुशीराम चौधरी (घाइते तथा थारु) र आर.डी. यादव (मधेसी) रहनुभएको छ ।

महिला), रामबहादुुर दहित (थारु÷अपाङ्ग), दामा शर्मा (खस आर्य महिला), पुनम शेरपाईली (दलित/महिला), प्रमिता चौधरी(थारु÷महिला), मिस्त्रीलाल गुुप्ता (मधेशी), सद्दाम सिद्धिकी (मुस्लिम), खर्के सुनार (दलित), मानसिंह सुनार (दलित), जगबिर चौधरी (थारु), मीना बुढा (आदिवासी जनजाति) र सुशीला केसी (खस आर्य महिला) रहनुभएको छ ।त्यस्तै सुशीला चौधरी (थारु/महिला), हिरालाल चौधरी (थारु), पुण्यप्रसाद चौधरी (थारु), पुष्पा यादव (मधेसी/महिला), रवि थापा (खस आर्य/घाईते), हिरा खड्का (खस आर्य/महिला), फडिन्द्र के.सीं. (खस आर्य पुरुष), अमर कंवर (खस आर्य पुरुष), अमर नेपाली (दलित), भुपेन्द्रसिंह चित्रकार (दलित), गौमती पुुन (आदिवासी जनजाति), दयाजी रोका मगर (आदिवासी जनजाति) र शान्तराज पन्थी (खस आर्य)लाई सिफारिस गरिएको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र दाङको चुनावकेन्द्रित अभियान तिब्र

नेकपा माओवादी केन्द्र दाङले चुनावकेन्द्रित शुरु गरेको छ ।जिल्ला समन्वय समितिको बैठकले गरेका निर्णयअनुसार अभियान शुरु गरिएको जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

जसअनुसार भदौ २३ गते जनवर्गी संगठनहरुको संयुक्त बैठक सम्पन्न भइसकेको छ भने भदौ क्षेत्र नम्बर १ को बैठक भदौ २५ गते सम्पन्न भएको छ । त्यस्तै क्षेत्र नं. २ को भदौ २६ र क्षेत्र नं. ३ को भदौ २७ गते गरिने सो पार्टीले जनाएको छ ।

माओवादी केन्द्र दाङले पालिका बैठकको मिति पनि तय गरेको छ । जसअनुसार राप्ती गाउँपालिकाको बैठक भदौ २८, गढवा गाउँपालिकाको बैठक भदौ २९, राजपुर गाउँपालिकाको बैठक भदौ ३०, लमही नगरपालिकाको बैठक भदौ ३१ गते, बंगलाचुुली गाउँपालिकाको बैठक असोज १ गते, घोराही उपमहानगरपालिकाको बैठक भदौ २८ गते, तुलसीपुुर उपहानगरपालिकाको बैठक भदौ २९ गते, दंगीशरण गाउँपालिकाको बैठक भदौ ३० गते, शान्तिनगर गाउँपालिकाको बैठक भदौ ३१ गते र बबई गाउँपालिकाको बैठक भदौ २१ गते तय गरिएको सचिव आचार्यले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको बैठकले प्रदेश निर्वाचन क्षेत्रस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणको पनि मिति तय गरेको छ । जसअनुसार १ (१) को भेला असोज २ गते, १(२)को असोज ३ मा, २(१)को असोज ४ मा, २ (२)को असोज २ मा, ३(१)को असोज ३ मा र ३(२)को भेला असोज ४ गते हुने छ ।

बैठकले स्थानीय तह परिचालन विभागको कार्यशाला गोष्ठी आगामी असोज ५ गते गर्ने निर्णय गरेको छ, जसमा दश वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु सहभागीह हुनेछन् ।

त्यस्तै जिल्ला भूमि आयोगसँग सम्वन्धित कार्यशाला गोष्ठी असोज ६ गते हुने छ ।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङको चौथो पूर्ण बैठकले सो निर्णय गरेको हो ।

जिल्ला संयोजक तुलसीराम पुनको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य रेखा शर्माको प्रमुख आतिथ्यता एवं पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क.निर्मल आचार्य, पार्टीका केन्द्रीय सदस्यहरु हेमराज शर्मा, इन्द्रजीत थारु, धनबहादुुर मास्के, दामा शर्मा , नारायणी शर्मा, भीमकुुमारी बुढा, केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु शुुष्मा शर्मा घिमिरे, शेषुुराम भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य रामबहादुर दहित, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य मस्त श्रेष्ठ, लुम्विनी प्रदेश पार्टी अध्यक्ष सदर्शन बराल, पार्टीका प्रदेश सल्लाहकार समितिका अध्यक्ष नरबहादुर अधिकारी लगायतकाको उपस्थितिमा बैठक बसेको हो ।