लोप हुदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई बचाउछौ : अध्यक्ष आले

गढवा-२६ भदौ

लोप हुदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई लाई बचाउन आवश्यक रहेको गढवा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष बिर बहादुर आले मगरले बताउनु भएको छ।

आइतबार गढवा – ६को कुमालटोलमा माटोको भाँडा पोल्ने आधुनिक भट्टा उद्घाटन गर्दै वडाध्यक्ष आलेले यस्तो बताउनु भएको हो ।

कुमाल माटोको भाँडा बनाउने समूहकी कोषाध्यक्ष रमा कुमालको सभापतित्व तथा वडा नम्बर – ६का अध्यक्ष बिर बहादुर आले मगर प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष आलेले पहिलेको भट्टीलाई सुधारेर आधुनिकीकरण गर्दै उत्पादनमा बढावा दिन आवश्यक रहेको बताउनुभयो। अधुनिकिकरणले समय र स्रोत साधनको कम उपयोग हुने कम समयमा धेरै माटाका भाँडा निर्माण गर्न सहयोग पुग्ने भन्दै आगामी दिनमा यस्लाई अझ व्यवस्थित बनाउन वडाले सहयोग गर्ने प्रतिबद्ता ब्यक्त गर्नु भयो । पहिले भन्दा धेरै अधुनिकिकरण भएको तर पनि अझै अपुग रहेको भन्दै पुर्ण आधुनिकीकरण गर्न वडाले बिशेष पहल गर्ने र चाहिने सहयोग गर्ने बताउनु भयो । माटो भाँडा निर्माणमा देखिएको मुख्य समस्या दाउरा र माटोको भएको भन्दै त्यसलाई सहज गर्न वडाले पुर्ण सहयोग गर्ने बताउनु आस्वासन दिनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै कुमाल माटोको भाँडा बनाउने समूहकी कोषाध्यक्ष चौधरीले प्लास्टिक सामानको प्रयोगले माटोको भाँडा प्रयोगमा कमि आएको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो ।

कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएकोले यसलाई बचाउन आवश्यक रहेको भन्दै स्थानीय सरकारले सहयोग गर्न अनुरोध गर्नु भयो ।

दुध दही र अन्य खानेकुरा माटोको प्रयोगले स्वास्थ्यको लागी राम्रो भएको भन्दै यसको प्रचार प्रसार का लागी सबैलाई अनुरोध समेत गर्नु भयो।

माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा पर्न थालेको कोषाध्यक्ष चौधरीले बताउनुभयो।

स्वच्छ व्यवसायी समूह नेपालको सहयोगमा ९० दिने माटोको भाँडा डा बनाउने तालिम सम्पन्न भएको जानकारी गराउदै यसबाट माटोको भाँडाको मजबुती र सुन्दरतामा बृद्धि भएको जानकारी दिनुभयो।

भाँडा बनाउने पेशाबाट कुमाल समुदाय नै जीविकोपार्जनको प्रमुख स्रोतका रुपमा माटाका भाँडा बनाउने र घर घरमा भाँडा बेच्नका लागि पुग्ने चलन रहेको तर पछिल्ला समयमा माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको कुमाल माटोको भाँडा बनाउने समूहकी सदस्य सविता चौधरीले बताउनुभयो।

कार्यक्रममा वडा नम्बर – ६की वडासदस्य मानु कुमाल, सब वन डिभिजन कार्यालय गढवाका प्रतिनिधि नविन पुन, स्वानका दाङ संयोजक रेमन्त चौधरी लगायतकाले बोल्नु भएको थियो ।

सबिता चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वच्छ व्यवसायी संघ उद्धम बिकास सहजकर्ता राजेन्द्र चौधरीले गर्नु भएको थियो

सिंचाइँ कुलो मर्मत गर्न वाइसिएलको श्रमदान

नेकपा माओवादी केन्द्र सहायक संगठन वाइसिएल नेपालका कार्यकर्ताहरुले घोराही १६ र ७ को सिमानामा रहेको बेसाइ कुलोमा श्रमदान गरेका छन् ।

करीब पाँच छ सय बिघा क्षेत्रफलमा सिचाइ हुने सर्रा–बेसाही कुलोको बाँध सेवार खोलाले बगाएको थियो । सो बाँध निर्माण गर्न वाइसिएल कार्यकर्ताहरुले श्रमदान गरेका हुन् ।

वडा नम्बर १६ को भेलापछि वाइसिएलका नेता कार्यकर्ताले खोलामा पुगेर श्रमदान गरेका हुन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तुलसी डाँगी ‘मिलन’ले अब युवालाई श्रमसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।

युवालाई कृषिमा जोडेर देशको अर्थतन्त्र बलियो बनाउन युवाहरुको बिशेष भूमिका रहने पनि उहाँले बताउनुभयो ।

आगामी निर्वाचनका १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्याे

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले सूचना निकालेर भर्ना आह्वान गरेको हो ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनाेट शाखाले म्यादी प्रहरी भर्ना छनाेट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले यही ३० गतेदेखि असोजको ६ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । दरखास्तसम्बन्धी फारम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिएको छ ।

स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७४ वा स्थानीय तह निर्वाचन–२०७९ को चुनावमा म्यादी प्रहरीका रूपमा भर्ना भइ सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा–२०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिइ शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भइ प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिहरू र विदेशका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्ने उल्लेख छ । असोज ७ गते सम्पर्क मिति रहेको छ । कार्यअवधि ४० दिन तोकिएको छ । म्यादी प्रहरीले न्यूनतम सेवासुविधा ३४ हजार ७ सय ६० रुपैयाँ पाउनेछन् ।