आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने अनुमान

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश-१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

मनसुनी प्रणाली सामान्य अवस्थामा रहेकाले एकै ठाउँमा लामो समय ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् नगरकोटीले बताए । उनका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै, राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

डेंगुबाट दाङमा एक महिलाको मृत्यु

दाङमा डेंगुबाट संक्रमित एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १४ बालमन्दिर रोडस्थित ४० वर्षीया माया बिसी वलीको डेंगुबाट मृत्यु भएको हो ।

वलीलाई भदौ २६ गते डेंगु पुष्टि भएको थियो । स्वास्थ्य असहज बन्दै गएपछि भदौ २७ गते बिहान करीव ४ बजे उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा सोमबार बिहान करीव ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै वलीको ल्याब टेष्ट गर्दा डेंगु पोजेटिभ देखिएपछि उपचार गर्ने क्रममै मृत्यु भएको हो । उपचारको क्रममा अक्सिजन लेवल घटेको, प्रेसर घट्नुका साथै स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएपछि मृत्यु भएको उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकले जनाएका दाङ प्रहरीले पुष्टि गरेको छ । पछिल्लो समय जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रुपमा बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा ३ सय जनामा डेंगु पुष्टि भईसकेको छ ।

गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा आशिष चौधरीलाई स्वागत

गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा आशिष चौधरीलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी गढवा गाउँपालिका कार्यालयमा हाजिर भएसंगै आज कार्यभार सम्हाल्नु भएको छ।


गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशेष उपस्थितिमा समपन्न भएको हो।
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पछिल्लो समय समस्यामुलक बितेको भन्दै अबको दिन सफल हुने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत आएपछी सम्पूर्ण शाखा एकरुपता ल्याई काम गर्न सहजहुने बताउनुभयो।
गढवा गाउँपालिकाको आर्थिक, समाजिक एवं समग्र विकासका लागि प्रमुख प्रशासकीय अधिकृत र विभिन्न शाखाका प्रमुख, कर्मचारीहरु संग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । गढवाको समग्र विकाश शुसासन कायम गर्न आवश्यक रहेकोले अधिकृत संग त्यसको अपेक्षा गरेको बताउनु भयो।


त्यसैगरी स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले आफुले जिम्मेवारी सम्हाले देखी नै गढवा गाउँपालिकाको शान्ति, समृद्धि, सुशासन र विकास लाई आत्मासाथ गर्दै अघि बढ्ने बताउनुभयो। जनप्रतिनिधिहरु ले देखेको सपना पुरा गर्नका लागी बनाएको निति तथा कार्यक्रम, बजेट, नियमावली/कार्यविधि सही दिशामा हिडाउने निति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने जिम्मेवारी आफु लगायत हामी सबैको भन्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढ्ने बताउनुभयो।


सामान्य कार्यलय सहयोगी देखी लिएर शाखा प्रमुखहरुको साथ, सहयोग र समन्वय आवश्यक रहेको भन्दै टिमवर्कमा रहेर समृद्ध गढवा बनाएर जिल्लामै नमुना गाउँ पालिका चिनाउन आफु कुनै कसर बाँकी नराख्ने बताउनुभयो।
आफ्नो पहिलो प्राथमिकता शान्ति, समृद्धि, सुशासन, विकास र भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने रहेको भन्दै सबै शाखा, कर्मचारीको साथ र सहयोग आवश्यक पर्ने बताउनु भयो।

कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी, गढवा गाउँपालिकाकाका योजना शाखा प्रमुख कुलराज कुमाल, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य बिरेन्द्र चौधरी लगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका प्रमुख, उपप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो।

योजना शाखा प्रमुख कुलराज कुमाल स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।