युक्रेनलाई लक्षित गरी हानिएको मिसाइल पोल्याण्डमा खस्यो

एजेन्सी

युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा दुई जना मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गरेका छन् ।

तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन ।

पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानविन गरिरहेको बताएको बीबीसीले जनाएको छ । उत्तर एटलान्टिक सहयोग संगठन नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ ।

नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी–२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

सुनिता ट्रस्ट फाउन्डेसनको तेस्रो बार्षिक साधारणसभा घोराहीमा सप्पन्न

सुनिता ट्रस्ट फाउन्डेसनको तेस्रो बार्षिक साधारणसभा शनिवार घोराहीमा सप्पन्न भएको छ ।

संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक सल्लाहकार सोगतबीर चौधरीको प्रमुख आतिथ्यमा सप्पन्न भएको छ ।

 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सोगतवीर चौधरीले संस्थाले गरेको बालबालिकाहरुको शैक्षिक तथा महिला प्रजनन स्वास्थ्यका क्षेत्र लगायत अन्य समाज रुपान्तरणका लागि गरेको प्रयासहरु निक्कै नै सरहनीय काम रहेको बताउनुभयो ।

समाज रुपान्तरणका लागि महिला तथा बालबालिकाहरुको क्षेत्रमा हरेक तह र क्षेत्रबाट महत्त्वपूर्ण काम भए मात्रै समाज रुपान्तरण र समृद्धितर्फ उन्मुख हुने बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै फाउन्डेसनका आजिबन सदस्य रजनी श्रेष्ठले मान्छेले मनलाइ शान्त बनाउन अनेकौं बहाना खोज्ने हुदा बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्ने यस फाउन्डेसनले सामाजिक उत्तरदायित्व सहित युगौसम्म जिवन्त रुपमा काम गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो ।

फाउन्डेसनका समिति सदस्य बसन्ता पुनको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा आजिबन सदस्यहरु, नेप बहादुर चौधरी,कुल्पु चौधरी,जिपसरा घर्ती र ग्रामीण महिला उत्थान केन्द्र दाङका हितमान थापा लगायतले शुभकामना मन्तव्य बव्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिबेदन फाउन्डेसनका सहजकर्ता कमला शर्माले र आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन समितिका मिरा चौधरीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आगामी वर्षको कार्ययोजना संस्थाका अध्यक्ष आसमानी चौधरीले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले रजनी श्रेष्ठ र भुबन पान्डेयलाई संचालक समिति सदस्यमा थप गरेको छ । यसैगरी कार्यक्रममा आजिबन सदस्यता सुदर्शन चौधरीले लिनुभएको थियो भने पार्बती बस्नेतले आफ्नो स्वर्गीय श्रीमान प्रमोद बर्माको सम्झनामा २०हजार राशिको शैक्षिक कोष स्थापना गर्नुभएको छ । उक्त कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्र दाङका सूचना अधिकारि पार्बती बस्नेत ले गर्नुभएको थियो ।

उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार

उत्तर कोरियाले जापानमा मिसालाई प्रहार गरेको छ । आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो ।

यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो ।

जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । मिसाइल प्रहार भएको क्षेत्रका केही रेल सेवा तत्कालका लागि स्थगित गरिएको छ ।

मिसाइल प्रशान्त महसागरमा खसेपनि त्यसको असर जापानी भूमिमा देखिने सम्भावाना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले हिसं्रक व्यवहार गरेको प्रतिकि्रया दिएका छन् ।

उत्तर कोरियाको मिसाइल आएपछि जापानले सुरक्षा परिषद्को बैठकसमेत बोलाएको छ । जापान, अमेरिका र दक्षिण कोरियाले गत साता त्रिपक्षीय सैन्य अभ्यास गरेका थिए ।

उत्तर कोरियाले यसको जवाफमा मिसाइल प्रहार गरेको आशंका गरिएको छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले पाँच वटा मिसाइल प्रक्षेपण गरेको छ ।