ज्वाइँलाई ३७९ व्यञ्जनको सत्कार

पूर्वीय संस्कारमा ज्वाइँलाई निकै सम्मान गरिन्छ । ससुराली गएको ज्वाइँलाई (अझ नौलो ज्वाइँलाई) त सत्कारमा कुनै कमी राखिंदैन । ज्वाइँको खानपिनदेखि कपडालगायत हरेक कुराको बन्दोबस्ती निकै शानदार ढंगले गरिएको हुन्छ ।

तर कहिलेकाहीं ज्वाइँलाई गरिने सत्कारले सीमा नै नाघ्छ । हालै भारतमा एउटा भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । जहाँ ससुराली गएका एक जना ज्वाइँलाई ३७९ प्रकारका व्यञ्जन टक्राइएको छ ।

समाचार अनुसार उक्त भिडियो भारतको आन्ध्रप्रदेशस्थित पश्चिम गोदावरी जिल्लामा रहेको नरसापुरमको हो । इन्स्टाग्राममा सेयर भएको उक्त भिडियोमा दिइएको जानकारी अनुसार छोरी र ज्वाइँको स्वागतमा परिवारको तर्फबाट कुल ३७९ प्रकारका परिकार तयार गरी टक्राइएको थियो । पछिल्लो १० दिन लगाएर ती परिकार तयार पारिएको थियो ।

छोरीज्वाइँलाई पस्किएको भोजनमा ४० प्रकारको बास्नायुक्त भात, ४० प्रकारको तरकारी, २० प्रकारको रोटी अचार, १०० प्रकारका मिठाइहरु, १० प्रकारका जुसलगायत सफ्ट ड्रिंक्स तथा अन्य खानेकुरा सामेल थिए ।

उसो त उक्त गोदावरी जिल्लामा ज्वाइँको सत्कारमा कैयौंथरी व्यञ्जनको भोजन गराउने परम्परा नै छ । इन्स्टाग्राममा सेयर गरिएको भिडियोमा पहिलो संक्रान्तिका बेला गरिएको बिन्दु भोजनममा कुल ३७९ प्रकारका परिकार भोजन गरिएको उल्लेख छ । एजेन्सी

कामबाट फर्कदै गरेको युवकलाई अपहरण गरेर ४ केटीहरूले कारभित्र गरे सामूहिक बलात्कार

एक युवक सामुहिक बलात्कारको सिकार भएका छन् । भारतको पञ्जाब जालन्धरबाट सबैलाई हैरान पार्ने घटना बाहिर आएको हो ।त्यहाँको कार कम्पनीमा काम गर्ने एक व्यक्तिलाई चार युवतीले बलत्कार गरेका हुन् ।

ठेगाना सोध्ने बहानामा अपहरण गरेर ति युवतीहरुले यस्तो गम्भीर अपराध गरेका छन् । लागुऔषध र मदिरा खुवाएर केटालाई बलात्कार गरेको खुलासा भएको छ । यो घटना लेदर कम्प्लेक्स रोडको हो ।

तर, यस विषयमा अहिलेसम्म प्रहरीमा उजुरी परेको छैन । युवक दिउँसो कारखानाबाट आफ्नो घर जाँदै थिए । त्यसपछि सेतो रङको एउटा कार उनको नजिकै रोकियो ।

कारमा २२ देखि २३ वर्षका चारजना युवती सवार थिए । उनीहरुले युवकलाई ठेगाना सोध्न थाले । उनले ठेगाना बताइरहँदा केही युवतीहरुले नशालु पदार्थ सुंघाएर बेहोस बनाएर अपहरण गरे । त्यसपछि केटीहरूले जबरजस्ती कारमा हालेर आँखामा पट्टी बाँधे ।

उनको हात पनि बाँधिएको थियो । त्यसपछि उनीहरूले केटालाई अज्ञात स्थानमा लगेर गए । त्यहाँ उनलाई लागूऔषध र मदिरा पनि खुवाइयो । केटीहरूले पनि मदिरा पिइरहेका थिए, उनलाई पनि पिउन बाध्य पारियो ।

त्यसपछि चारै जनाले आफूलाई बलात्कार गरेको युवकले आरोप लगाएका छन् । पालैपालो बलात्कार गरेर केटीहरूले बिहान ३ बजे उनलाई लेदर कम्प्लेक्समा छाडेका थिए ।

उनले भने, ‘केटीहरू राम्रा घरका देखिन्थे । उनीहरु आपसमा अंग्रेजीमा कुरा गरिरहेका थिए ।’ उनले परिवारका सदस्यहरुलाई पनि यसबारे बताइसकेका छन् । उनको ज्यान जोगिएको भन्दै आफन्तले खुस्शी व्यक्त गरे ।

तर युवक प्रहरीमा उजुरी गर्न तयार छैनन् । सहरमा भएको यो अनौठो बलात्कारको घटनाले मानिसहरु पनि अचम्ममा परेका छन् । केटा र केटीहरूको पहिचान भने खुलाइएको छैन् ।

 

अर्जेन्टिनालाई तेस्रोपटक विश्वपको उपाधि

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।

त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो ।

तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याएका थिए । त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो ।