सीमा सुरक्षा थप प्रभावकारी बनाउन नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले बैठकको नेतृत्व गरेका थिए । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउने, दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्नेलगायत सहमति भएको छ ।

दुई सुरक्षा अधिकारीबीच भएको हस्ताक्षरमा सीमा नाकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति पनि भएको सशस्त्र प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

गर्लफ्रेण्ड फेल भएपछि आक्रोशित प्रेमीले पूरै स्कुलमा आगो लगाइदिए

२१ वर्षीय युवककी प्रेमिका परीक्षामा फेल भइन् । यसले ती युवक यति रिसाए कि उसले आफ्नी प्रेमिकाको स्कूलमा आगो लगाए। भाग्यवश यस घटनामा कोही पनि मारिएनन् र घाइते पनि भएनन् ।

घटनामा प्रहरीले युवकलाई पक्राउ गरेको छ । सोधपुछका क्रममा युवकले चकित पार्ने खुलासा गरेका छन् ।द नेशनलको रिपोर्टका अनुसार यो घटना इजिप्टको मेनुफिया प्रान्तमा रहेको एउटा विद्यालयको हो ।

२१ वर्षीय केटाले आफ्नी प्रेमिकासँग विवाह गर्न गइरहेका थिए । उनको इन्गेजमेन्ट भइसकेको थियो । तर यसबीचमा उनकी भावी श्रीमती विद्यालयको परीक्षामा फेल भइन् ।केटालाई डर थियो कि उसको विवाह स्थगित हुन्छ र उसकी पत्नीले फेरि एउटै कक्षामा पढ्न नपरोस्। यस्तो अवस्थामा केटाले खतरनाक कदम चाले ।

उनले विद्यालयमा आगजनी गरेपछि विद्यालयको कन्ट्रोल रुम जलेर नष्ट भएको थियो । धेरै महत्त्वपूर्ण कागजातहरू पनि जलेको छ। तर, आगलागीको चपेटामा कुनै मानिस आएनन् र केही समयमै दमकलले आगो नियन्त्रणमा लिएको थियो ।अपराध गरेपछि केटा भागेर गाउँमा लुकेका थिए ।

तर घटनास्थलमा उपस्थित मानिसको बयानपछि उनलाई पक्राउ गरिएको थियो ।प्रहरीसँगको सोधपुछमा उनले आफ्नो अपराध स्वीकार गरेका छन् । मुद्दा सम्बन्धित अदालतमा नपुगेसम्म उनलाई हिरासतमा राख्ने बताइएको छ ।

योसँगै इजिप्टको सामाजिक सञ्जालमा पनि मानिसहरुले यो घटनाको चर्चा गरिरहेका छन् ।

­अँगालो हालेर तीनवटा करङ भाँचिदिएको भन्दै महिलाले हालिन् मुद्दा

एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पुर्याएकी छिन् । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् ।

बेस्सरी अँगालो हालेका कारण उनको करङ भाँच्चिएको थियो ।यो अचम्मको घटना सन् २०२१ मे महिनामा भएको हो । चीनको हुनान प्राप्तस्थित युयाङ शहरकी एक महिला आफ्ना सहकर्मीसँग कुरा गरिरहेकी थिइन् । त्यति नै बेला उनका एक पुरुष सहकर्मी अचानक आइपुगे र उनलाई अभिवादन स्वरुप अँगालो हाले ।

अँगालो हाल्दा उनलाई दुखेपछि उनी कराएकी पनि थिइन् । ती व्यक्तिले उनलाई यति दह्रोसँग अँगालो हालेका थिए कि उनलाई अफिसबाट फर्किएर घर पुग्दा पनि छाती दुखिरह्यो । तर उनी तत्काल अस्पताल गइनन् । मालिस तेल लगाइन् र सुतिन् ।‘अल्ट्रा टाइट’ अँगालो हालेको पाँच दिनपछि ती महिलाको छाती असाध्यै दुख्न थाल्यो ।

उनी अस्पताल नगई बस्न सकिनन् । एक्स रे गरेर हेर्दा उनको एउटा मात्रै नभई तीनवटा करङ भाँच्चिएको पत्ता लाग्यो । दुईवटा दाहिने पट्टी र एउटा देब्रे पट्टी । छाती दुखेपछि उनी बाध्यतावश घर बस्नुपरेको, घर बस्दा कमाई नभएको र मेडिकल बिल र नर्सिङ सेवाका लागि राम्रै रकम खर्च भएको उनले बताएकी छिन् ।उनी निको हुने क्रममा करङ भाँचिदिने पुरुष सहकर्मी उनलाई भेट्न गए ।

त्यतिबेला यी दुईले कुरा मिलाउन खोजे तर कुनै कुरामा सहमति हुन सकेन र कुरा बिग्रियो । आफ्नो आत्मीय अँगालोले नै महिलाको करङ भाँच्चिएको कुनै पनि प्रमाण नभएको भन्दै ती पुरुष सहकर्मीले निहुँ खोज्न थाले ।तसर्थ ती महिलाले आफ्ना सहकर्मी विरुद्ध युयाङ सिटीस्थित युनजी अदालतमा मुद्दा दर्ता गरिन् ।

अँगालो हालेपछि करङ भाँच्चिएको र यसका कारण आफूले आर्थिक घाटा वहन गर्नुपरेको भन्दै क्षतिपूर्तिको मागदाबी गरेकी छिन् ।मुद्दाको सुनुवाईको क्रममा ती पुरुषलाई न्यायाधीशले १५ सय डलर क्षतिपूर्ति प्रदान गर्न आदेश दिए । करङ भाँच्चिएको भनेर पाँच दिनपछि पत्ता लागेपनि त्यो अवधिमा महिलाले हड्डी भाँचिन सक्ने कुनै पनि गतिविधिमा भाग लिएको प्रमाण नभएको अदालतले जनाएको छ ।

यसका साथै, अँगालो हालेपछि महिलाको पीडादायी प्रतिक्रियाबारे अन्य सहकर्मीले अदालतमा बयान दिएका थिए ।यो घटनाले चिनियाँ सामाजिक सञ्जालमा बहससमेत सुरु गरेको छ तर अधिकांशले महिलाको अवस्थाप्रति सहानुभूति व्यक्त गरे र साथीभाइ – सहकर्मीलाई अभिवादन गर्दा सतर्क रहन पनि सुझाए ।