इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ।

पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो।

शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए।

देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ।

श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरूमा निकै लामो लाइन देखिने गरेको छ।

श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्ने घोषणा गरेको थियो।

सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित अधिकांश पेट्रोल पम्प बन्द छन्।

लिफ्ट माग्दै मानिसहरूले आफ्नो गन्तव्यमा पुग्न खोजेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन्। देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएको छ।

निजी बस सञ्चालक सङ्गठनका अध्यक्ष गेमुनु विजेराट्नेका अनुसार करिब २० हजार बसमध्ये करिब एक हजार बसहरू सञ्चालन भएका छन्।

तत्काल कुनै समाधान नआउने देखिएकोले सोमबारदेखि सेवा थप खुम्चिँदै गएको उनले बताए।

विदेशी मुद्राको अभावले सबैभन्दा खराब आर्थिक सङ्कट ब्यहोरिरहेको यस मुलुकमा अति आवश्यक सामग्रीको आयातलाई पनि धान्न नसकेपछि दुई करोड २० लाख जनताले कठिनाइ भोग्दै आएका छन्।

देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो विद्युत् ब्लाकआउटको पनि सामना गरिरहेको छ ।

 

अध्यक्ष नेपालसँग भारतीय राजदूतको शिष्टाचार भेट

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन् । शनिबार साँझ राजदूत श्रीवास्तवले अध्यक्ष नेपालको निजी निवास कोटेश्वरमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ ।

श्रीलंकामा दुई साता पेट्रोल बिक्रीमा प्रतिबन्ध

आर्थिक संकट गहिरि‌ंदै गएपछि श्रीलंकाले अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

स्थानीय अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरेअनुसार अबको दुई साता श्रीलंकामा यात्रुबाहक बस, औषधि र स्वास्थ्यजन्य सेवाका सवारी र खाद्य वस्तु ओसारपसार गर्ने सवारी साधनले मात्रै पेट्रोल पाउनेछन् ।

आर्थिक संकटका कारण इन्धनको अभाव चर्किंदै गएपछि सरकारले शहरका विद्यलयहरु दुई साताका लागि बन्द गर्ने घोषणा गरेको छ ।

यस्तै अत्यवश्यक सेवाबाहेकका निजी तथा सरकारी क्षेत्र सेवालाई ‘वर्क फ्रम होम’ मार्फत गर्न र देशको अवस्थालाई बुझेर घारबाहिर ननिस्कन जनतासँग आग्रह गरेको  जनाएको छ ।

देशमा आर्थिक संकट बढ्दै गए पछि श्रीलंकाले यस्ताे नियम लागु गरेकाे हाे ।