नागपञ्चमी गुडियाको अवसर पारी गढवामा सांस्कृतिक कार्यक्रम

गढवा, २५ साउन । नागपञ्चमी अर्थात् यादव समुदायको गुडिया पर्व । यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो यस दिन आठ प्रकारको अष्ट नागको पुजा गर्ने गरीन्छ। तर दाङ देउखुरीका यादव समुदायले नागपञ्चमी गुडिया पर्व बिशेष किसिमले मनाउने गरेको यादव समुदायका जानकारहरु बताउछन् ।

नागपञ्चमी अर्थात् गुडिया पर्वको पुजा सामाग्री आफ्नो पैसाले किन्न नमिल्ने भएर गाउटोल बाट भिक्षा मागेर पुर्जाका सामाग्री किन्ने प्रचलन रहेको छ।  यसो गर्नाले नाग देवता खुसी हुने जनबिस्वास रहि आएको छ। नागपञ्चमी गुडियाको दिन यादव समुदायका गाउभरीका महिलाहरु एक ठाउँमा जम्मा भएर नाग, बिच्छी गोजर लगाएतको आकार बनाई पुजाआज गर्ने चलन रहेको यादव समुदायका जानकारहरु बताउछन् । यादव समुदायले गुडियाको दिन सनातन धर्मावलम्बीले आआफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबर र गहुको पिठोको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गर्नाले, टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वास रहि आएको छ।

गुडियाको दिन यादव समुदायले आफ्ना छोरी चेली लाई घुघुरी दिने प्रचलन समेत रहेको छ। घुघुरी को मतलव चेलीबेटी लाई दक्षिणाको रुपमा दिइने गरीन्छ । र गुडियाको निम्तोदिन घरमै पुग्नु पर्ने हुन्छ। दिदि बहुनी फुपुहरुलाई घुघुरी दिन जाँदा दाई भाई बुवा भतिजो लाई अंगालो हालेर रुने चलन त अनौठो नै मानिन्छ। पछिल्लो समयमा कला संस्कृतिमा बिकृति भित्रिएपछी यादव समुदायमा यो प्रचलन भने आज सम्म जिबितै रहेको पाईन्छ ।

कला संस्कृतिलाई लोप हुन नदिन गढवा गाउँपालिकाले हरेक बर्ष नागपञ्चमी अर्थात् गुडियाको दिन सार्वजनिक बिदा समेत दिने गरेको छ। अवधी समाज बिशेष गरी गढवा गाउँपालिका यादव समुदायले नागपञ्चमी गुडिया पर्वलाई आफ्नौ मौलिक रुपमा मान्दैन आएको र आज सम्म पनि कुनै बदवाल नभएको/ठुलो पर्वको रुपमा रहेकोले गुडियाको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिन थालेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो ।

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल अवधी संस्कृतिक संरक्षण प्रतिष्ठान केन्द्रीय कार्यालय गढवाको आयोजनामा  गढवा-५ खज्रौटामा भएको नागपञ्चमी (गुडिया) तथा ५२७औ तुलसी जयन्तीको अवसरमा आयोजना भएको सांस्कृतिक तथा सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो।

अवधी मौलिक परम्परालाई बचाइराख्न यादव समुदायले गरेको प्रयास उदाहरणीय भएको बताउदै अवधी भाषीको नृत्य, गित भेषभुसाको संरक्षण गर्न  स्थानीय सरकार सदैव साथमा रहने बताउनुभयो। अन्य समुदायको सास्कृतिक कार्यक्रममा मौलिक पानाको एकदमै अभाव देखिने गरेको बताउदै अवधी संस्कृतिक संरक्षण प्रतिष्ठानले आफ्नो समुदायको संस्कृति जगेर्ना गर्न गरेको प्रयास उच्चतम् भएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले  महिला दिदिबहिनीहरुले प्रस्तुत गरिएको गित सतप्रतिशत मौलिक भएको भन्दै तारिफ समेत गर्नु भयो।आजको मौलिकपन लाई आउने पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्न सके अवधी संस्कृतिक संरक्षणमा ठुलो योगदान पुग्ने बताउनुभयो।

प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट अतिथित्यमा सम्पन्न भएको छ।

त्यसैगरी सोही कार्यक्रममा अवधी भाषाको गित र पहिरनको माध्यमले लोक संस्कृतिको संरक्षण गरेको भन्दै कोहलपुर नगरपालिका वडा नम्बर १५ अकलघरवा बाँके निवासी बिमला कुमारी यादव र नेपालगंज ५ बांकेका बिष्णु लाल कुमाल लाई सम्मान गरेको छ ।गढवा गाउँपालिका वडा नम्बर ३ कोठरी निवासी अमृतलाल, रामलाल, प्रेम लाल र मोहनलाल यादवले स्थापना गर्नु भएको स्व. रामहेत नारायणी अहिर स्मृति सांस्कृतिक पुरस्कार बाट सम्मानित हुनु भएको छ। यादव समाजलाई सधै सही दिशा निर्देश गर्ने सल्लाह सुझाव दिएको भन्दै जेष्ठ नागरिक कोटेश्वर यादव र पार्वता अहिर लाई सम्मान गरेको छ। त्यसैगरी कला संस्कृति र परम्पराको संरक्षणमा सांस्कृतिक कार्यक्रम मार्फत समाजलाई योगदान गरेको भन्दै मिन्तीराम यादव, मैनावती यादव, मिन्तीराम यादव, सुन्दरकली यादव, हिरामणी यादवलाई सम्मान गरेको छ।

कार्यक्रमको सञ्चालन नेपाल अवधी संस्कृतिक संरक्षण प्रतिष्ठान केन्द्रीय समितिको उपाध्यक्ष गिता यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रतिष्ठानकी कोषाध्यक्ष राम कुमारी यादवले गर्नु भएको थियो ।

चौथो नाईस अवार्डको आवेदन खुल्ला

दाङ, १३ साउन। समाजमा राम्रो काम गरिरहेका अनुसरणीय व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संकरण यहि साउन २० गते नेपालगन्जमा हुने भएको छ ।

बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका जो कोहीले पनि अवार्डका लागि दरखास्त दिन सक्ने गरि नाईस नेपालगन्जले आज अवार्डका लागि सार्वजनिक रुपमा आवेदन खुल्ला गरिएकोे छ ।

नाईस अवार्ड २०२४ का लागि ५ दिने खुल्ला आव्हान गरिएको छ । उक्त आव्हान अनुसार नाईस अवार्डका लागि आवेदन आवेदक स्वयम्ले गर्न सक्ने वा अरु कसैले पनि उपयुक्त ब्यक्तिको नाम नोमेनेशन वा सिफारिस गर्न सकिने गरी ब्यवस्था गरिएको छ । अवार्डका लागि केही मापदण्ड राखिएको छ जस अन्तरगत अवार्डका लागि दरखास्त गर्ने ब्यक्ति नेपाली नागरिक हुनुपर्ने, सामाजिक क्षेत्रमा कार्यक्षेत्र बाँके जिल्लामा रहेर काम गरेको हुनुपर्ने, कुनै पनि नियमनकारी निकायको कारवाहीमा नपरेको हुनुपर्ने र व्यक्ति अवार्डका लागि दावेदार हुन भनी आवेदक⁄मनोनयनकर्ताले स्पष्ट कारण आवेदन फारममा खुलाउनुपर्ने रहेको छ । आवेदनका लागि प्रस्तावित ब्यक्तिको सम्पूर्ण विवरण राख्न सुचनामा उल्लेख गरिएको ढाँचा प्रयोग गर्नुपर्ने छ । यसरी सम्पूर्ण प्रक्रिया पुरा गरेर आवेदन संस्थाको आधिकारीक ईमेल लभउबनिगलवलष्अभ२नmबष्।िअयm मा पठाउन सकिने वा संस्थाको कार्यालय नेपालगन्ज १० भृकुटीनगरमा आएर समेत दर्ता गर्न सकिने ब्यवस्था गरिएको छ ।

हरेक बर्ष अवार्ड प्रदान कार्यक्रमलाई थप ब्यवस्थित बनाउदै लगेको नाईस नेपालगन्जले आगामी दिनमा प्राप्त सुझावहरुको आधारमा परिमार्जन र फराकीलो गर्दै लैजाने योजना रहेको छ । आव्हान गरिएको सूचनाको समय सिमा भित्र आवेदन गरि नाईस अवार्डमा सहभागि हुन सबैमा अपिल गर्दछौै ।

पहिलो नाईस अवार्ड २०२१

पहिलो नाईस अवार्ड २०२१ लागु औषध दूब्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई प्रदान गरिएको थियो । लागु औषध दूक्यसनि बिरुद्ध लामो समय देखि काम गर्दै आएका उनलाई उत्कृष्ट कार्य गरे वागत उक्त सम्मान प्रदान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा खादा, सम्मान पत्र, ट्रफि तथा नगद १० हजार सहित सम्मान गरिएको थियो ।

दोश्रोे नाईस अवार्ड २०२२

नाईस नेपालगञ्जले मिति २०७९ साउन २३ गते नेपालगन्जमा सम्पन्न बिशेष कार्यक्रममा गैर सरकारी संस्थामा क्रियाशिल मुस्लिम अगुवा तथा सामाजिक अभियन्ता प्रबेज अली शिद्धिकीलाई सामाजिक रुपान्तरणमा पु¥याउनु भएको असल योगदानको उच्च कदर गर्दै नगद १० हजार पुरस्कार सहित दोश्रो ल्क्ष्ऋभ् ब्ध्ब्च्म् (द्दण्द्दद्द प्रदान गरेको थियो ।

तेस्रो नाईस अवार्ड २०२३

नाईस अवार्ड २०२३ नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको थियो । नाईस नेपालगन्जको अयोजनामा २०८० साउन २३ गते नेपालगन्जमा आयोजित एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद माननीय डा. धवल शमशेर राणाले गैरेलाई अवार्ड प्रदान गरेका थिए । पत्रकारितामा तिन दशक लामो समय देखि निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनिय योगदान पुर्याएका गैरे अवाडका लागि चयन भएका थिए ।

नाईसले यस बर्षको नाईस अवार्ड प्रदान कार्यक्रमलाई ब्यवस्थित र भब्य बनाउन कार्यक्रमको तयारीलाई तिब्रता दिएको छ ।

नाईस नेपालगन्ज समाजमा भईरहेका राम्रा र सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्ने, समाजमा उत्कृष्ट कार्य गर्दै समाज रुपान्तरणका लागि काम गरिरहेका ब्यक्तिहरुलाई सम्मान गर्ने, सुन्दर शहरको परिकल्पना गर्दै सरसफाई र बृक्षारोपण गर्ने तथा राम्रा कामहरुमा बालवालिका तथा युवाहरुलाई लाग्न अभिप्रेरित गर्ने उद्धेश्यले विभिन्न क्षमता अभिबृद्धी तालिमहरु सञ्चालन गर्दै आएको छ । सबै ब्यक्ति समाजप्रति सकारात्मक भएमा सुन्दर समाजको परिकल्पना गर्न सकिने नाईस नेपालगन्ज, बाँकेको मान्यता रहेको छ ।

हेमराज भट्ट अध्यक्षनारईस नेपालगन्ज

पब्लिक स्पिच नेपाल – २०८१ काठमाण्डौंमा हुँदै

दाङ, १३ साउन। नेपालगन्ज पब्लिक स्पिच नेपाल २०८१ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ ।

युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो ।

यस अघ पब्लिक स्पिच बाँके र पब्लिक स्पिच कञ्चनपुरको २ ओटा सिजन सम्पन्न गरिसकेको बास नेपालले राष्ट्रिय स्तरको प्रतियोगिता पब्लिक स्पिच नेपाल २०८१ का लागि सहभागिता आव्हान गरेको छ ।

प्रतियोगिता तिन चरणमा गरिनेछ । पहिलो चरण अडिसन राउण्डका लागि सहभागिता जनाउन चाहने प्रतियोगिहरुले तोकिएको ढाँचामा आफ्नो सहभागिता दर्ता गर्नुपर्नेछ भने अडिसन राउण्डका लागि आफुले बोल्न चाहेको समसामयिक बिषयमा ३ देखि ५ मिनेटको भिडियो सामाग्री तयार गरी पठाउनु पर्नेछ । यसरी पठाएको सामाग्रीको आधारणमा निर्णायकले सेमिफाईनल राउण्डका लागि प्रतियोगि छनौट गरि संस्थाको आधिकारीक पेज र वेवसाईटबाट सार्वजनिक गरिनेछ ।

अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरुले संघिय राजधानि काठमाण्डौंमा सेमिफाईनल राउण्डका लागि सहभागिता जनाउनेछन् भने सेमिफाईनलबाट फाईनल लागि छनौट भएका प्रतियोगिहरुको नतिजा घोषणा पश्चात दश दिनको लागि भोटिंग खुल्ला गरिनेछ । सेमि फाईनल र फाईनल राउण्डमा प्रतियोगिले आयोजकले दिएको बिषयमा आफ्नो बक्तव्य दिनुपर्नेछ भने फाईनलको मुल्यांकन भोटिंग र निर्णायकले दिएको नम्बरको आधारमा बिजेता घोषणा गरिनेछ । पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम पुरस्कार नगद ५० हजार, द्धितीय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजार तोकिएको छ ।

राष्ट्रव्यापी प्रतियोगिताका लागि आयोजक संस्था बास नेपालले आवेदन आव्हान सँगै प्रतियोगितामा सहकार्य गर्ने संस्थाहरुलाई समेत जोडिन खुल्ला आव्हान गरेको संस्थाका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।

सहभागि हुन चाहने ईच्छुक व्यक्तिहरुले २०८१ श्रावण ३० गते भित्र नाम दर्ता गर्नुपर्ने, नाम दर्ता गराएका सहभागीहरुले २०८१ श्रावण ३२ गते भित्र आफुले रोजेको समसामयिक सार्वजनिक सरोकारको बिषयमा आफ्नो भाषणको भिडियो आयोजक संस्थालाई उपलब्ध गराउनु पर्ने संस्थाले जनाएको छ । भिडियो सामाग्री ३ देखि ५ मिनेट सम्मको हुनुपर्नेछ जनाएको छ । आयोजकका अनुसार, अडिसन राउण्डको नतिजा भाद्र ५ गते बेलुका ५ बजे प्रकाशन गरिनेछ । सेमि फाईनल र फाईनल राउण्डको मिति, समय र स्थान केही दिनमा सार्वजनिक गरिनेछ ।

प्रतियोगितालाई भव्यताका साथ सफल पार्नका लागि संस्थाले तयारीका लागि जिम्मेवारी प्रदान गरेको छ । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिईएकोछ भने जनसम्पर्क अधिकृत माधव कार्कीलाई प्रचार, प्रसार संयोजक, कार्यक्रम प्रबन्धक मन भण्डारीलाई आर्थिक संयोजक, अभिलेखिकरण अधिकृत रबिन्द्र बोहरालाई अभिलेखिकरण तथा व्यवस्थापन संयोजक र कार्यक्रम सहायक अशोक रावललाई समन्वय संयोजकको जिम्मेवारी दिईएको छ ।