सुष्मा ग्रेसको आवाजमा रहेको तीज गीत ‘नक्कली भैछुर’ सार्वजनिक

दाङ, ११ साउन। संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने छ भन्ने अपेक्षा गरेको यस गीतका लय संकलक ज्ञानेन्द्र स्वर्णकारको भनाई छ । असंख्य गीतहरुको भिडमा हाम्रो गीतलाई स्रोताले झ्याप्प मन मस्तिष्कमा राख्न सकुन भनेर लय अत्यन्तै सरल र सहज बनाइएको छ र अर्को कुरा यो गीतको लय स्रोता र पाठकले सजिलै गुनगुनाउन सकुन भन्ने उदेश्यले नै गरिएको हो । यो गीतमा चलनचल्तीका शृंगार लगाउदैमा मैले के गल्ति गरे भनेर आफ्ना मनका भावहरु पोखिएको छ । के यी शृंगारहरु लगाउदैमा नक्कली भइन्छ र ? के यी कसैले नलगाएका शृंगार हुन र भन्दै आफ्ना संगी साथीलाई सोधिएको भाव यस गीतमा झल्किएको छ।

गीतलाई सुष्मा ग्रेसले मिठासपूर्ण शैलीमा आवाज दिनु भएको छ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले लय भर्नु भएको छ भने गीतलाई सन्तोष सुनामले एरेन्ज गर्नु भएको छ । गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक विक्रम चौहानले गर्नु भएको छ भने चर्चित मोडेल अन्जली अधिकारी र करिश्मा ढकालले अभिनय गर्नु भएको छ ।

लमहीमा रहेर पत्रकारिता गर्दै आएका संचारकर्मी प्रिया स्मृती गजमेरका शब्दमा आधुनिक र लोक गीत पनि बजारमा आइसकेका छन । छिट्को गुन्यो’ बोलको गीतमा यादवनाथ योगी र रिता केसीले आवाज दिनु भएको छ । ‘किन किन तिम्रै यादमा’ बोलको गीतमा पछिल्लो समयमा चर्चित गायक गोविन्द मधुर आचार्यले आवाज दिनु भएको छ भने ‘तल तल बनायो’ बोलको गीतमा ज्ञानेन्द्र स्वर्णकार र विशाखा शाहीले आवाज दिनु भएको छ ।

देउखुरीको गढवामा आजदेखि सांस्कृतिक रमाइलो मेला सुरु

गढवा, २० असार। दाङ देउखुरीको गढवामा आज बिहिबार देखि गढवा सांस्कृतिक रमाइलो मेला–२०८१ सुरु भएको छ । जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा रमाइलो मेला सुरु भएको हो।

गढवा युवा क्लबको आयोजनामा असार २० गतेदेखि साउन १ गते सम्म सन्चालन हुने गढवा रमाइलो मेलाको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरले गर्नु भएको हो।

मेला उद्घाटन गर्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले मेलाले आन्तरिक पर्यटन व्यवसाय लाई थप टेवा पुग्ने बताउनुभयो। गढवा सांस्कृतिक रमाइलो मेलाले समग्र गढवा गाउँपालिकाको पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारको साथै व्यापार व्यवसायमा टेवा पुग्ने बताउनुभयो।

त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले मेला बर्षातको समयमा नभई तिजको समयमा राखेको भए अझ उत्तम हुने बताएका थिए। आयोजनाले प्रत्येक दिन गढवा गाउँपालिकाभरी रहेका पर्यटकिय क्षेत्रहरुलाई चिनाउने हिसावले उद्‍घोष गर्नु पर्ने सुझाएका थिए । त्यसैगरी गढवा सांस्कृतिक रमाइलो मेलामा थारु समुदायको झूम्रा लाठी र बर्का नाच, त्यसैगरी गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र बिशेष प्रस्तुती र अवधी भाषीको संस्कृतिक कार्यक्रमहरु दैनिक राख्नु पर्ने सुझाव दिएका थिए।

गढवा युवा क्लबका अध्यक्ष बिक्रम गुरुङको अध्यक्ष तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्य तथा क्लबका संस्थापक अध्यक्ष कृष्ण राज पाण्डे र गढवा उद्याेग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको बिशिस्ट आतिथ्यमा उद्घाटन भएको हो।

सांस्कृतिक तथा पर्यटनको विकासमा टेवा पुर्‍याउन उद्देश्यका साथ मेलाको आयोजना गरिएको गढवा युवा क्लबले जनाएको छ। गढवा रमाइलो मेलामा सांस्कृतिक कार्यक्रम, गढवा डान्स आइडल सँगै व्यापारीक स्टलहरु राखिएका छन् । मेला दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने बताईएको छ। मेलामा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका कलाकारहरुले प्रस्तुति दिनेछन्।

रमाइलो मेला संगै गढवा डान्स आइडल समेत हुने भएको छ। गढवा डान्स आइडलमा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीयलाई ३ हजार नगद,ट्रफी र सम्मान पत्रले सम्मान गरिने आयोजकले जानकारी दिएको छ। मेलामा प्रवेशका लागि सय रुपैयाँ टिकट तोकिएको छ।

मेलाको उद्घाटन कार्यक्रममा ६ नम्बर वडासदस्य गोबिन्द रोका मगर, गढवा उद्याेग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, गढवा होटल ब्यवसायी संघका डेगमान जिसी, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा, जनता माध्यमिक विद्यालय गढवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार कुमाल, क्लबका संस्थापक अध्यक्ष कृष्ण राज पाण्डे लगायतकाले शुभकामना मन्तव्य दिनु भएको थियो।

कलाकार तथा मोडल भुलन गुप्ताको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण बहु चर्चित उद्‌घोषक अनुप बुढा मगरले गर्नुभएको थियो।

पलपल मरेको यो जिन्दगी खै के जिन्दगी !

रचिता दाहाल

पलपल मरेको

यो जिन्दगी खै के जिन्दगी !

भित्ताका मौन तस्बिरहरुले भन्छन्

घरका कोठा कोठामा

मरेर पनि मजस्तै ससम्मान झुण्डिने काम गर्नु

यात्रीहरुले छोडेर गएका चौतारी जस्तो

शित्तल हावालाई जस्तो सम्झिने काम गर्नु

झ्याल ढोकामा झुन्डिएका पर्दाले

म त सधै झुन्डिएर पनि

म मेरो दायित्व पूरा गरेको छु भन्छ

ए जिन्दगी !

तँ मानिस भएर पनि

किन मानिसजस्तो बाँच्दैनस्

सफल बनाउने आफ्नै सपनाहरुको गला निमोठेर

भन् तँ कति बाँच्न सक्छन् ?

के बाटो बिर्सेर गन्तव्य भेटिन्छ ?