गजल

                               

 

 

एस पि माथवर

 

परदेशि एरपोर्टमा जान मनाही छ ,गलामा सुन हालेर ।

नखोसिदे ए सरकार कमाएको हुँ पसिना र खुन हालेर ।।

 

प्रियालाई ,टिपेर दिन्छु भनेको थिए आकाशका नक्षत्र।

आज वचन पूरा गरिदिए, पानीको थालिमा जून हालेर ।।

 

दोषीलाई निर्दोष ,निर्दोशिलाई दोषी बनाइन्छ हजुर ।

कठै बरा हाम्रो देशमा बाह्र सत्ताईसको कानुन हालेर ।।

 

संसारमा इमानदार भनेको पान वाला भैया मात्रै रैछ ।

जसले तपाईंलाई चुना लगाउछ सोधि सोधि चुन हालेर ।।

 

आमा ,फेरि तेहि काखमा लुटुपुटु गर्दै, निदाउन मन छ ।

एउटा लोरी सुनाईदिनुस न ,मधुर मिठो धुन हालेर ।।

 

सहकारी लुटेर भाग्नेहरु , कहाँसम्म भाग्छौ भागिराख ।

खोजिरन्छु ,जिउँदो मर्दो छौँ छैनौं भनि, भुग्रामा नुन हालेर ।।

 

बिचरी पहिलोपल्ट भएर होला, हाल्दा ऐया ऐया कराएकि ।

लगाउनुपर्छ हातमा चुरा ,कि तेल हालेर ,कि साबुन हालेर ।।

                                                    दाङ देउखुरी

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रम सम्पन्न

गढवा, १५ भदौ। गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रम शनिबार गढवको परिचोकमा सम्पन्न भएको छ ।

संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

गढवा पन्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले संस्कृति संरक्षणका लागि अतुलनीय योगदान पुर्याएको बताउनुभयो । संस्थाले आफ्नो खर्चमा जमिनको व्यवस्थापन गरेको सुन्दा असाध्यै खुसी लागेको बताउदै अध्यक्ष पोख्रेलले आगामी आर्थिक वर्षमा संरक्षण केन्द्रको भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले मौलिका कला संस्कृति तथा बाजागाजाको संरक्षणमा गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो।

वार्षिक प्रगति प्रतिवेदन सचिव भिम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष रेशम बहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो।

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रममा ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ६ नम्बर वडासदस्य दिनमणी आचार्य, गढवा उद्याेग बाणिज्य संघका सचिव दुखराम चौधरी, गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्री, गढवा रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका दामोदर ढुङगाना, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका पटवारी यादव लगायतकाले शुभकामना मन्तव्य दिनु भएको थियो।

गढवा पन्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाका सचिव भिम बहादुर थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संरक्षण केन्द्रका उपाध्यक्ष तिलक पुनले गर्नु भएको थियो ।

हरियाली सहकारीको तीज विशेष कार्यक्रम सम्पन्न : तीजलाई मर्यादित बनाउन सुझाव

सिसहनियाँ १५ भदौ । हरियाली बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका-५ सिसहनियाँले तीज विशेष कार्यक्रम गरेको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा संस्थाले शुक्रबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

महिला उपसमिति संयोजक विष्णुमाया घिमिरेको अध्यक्षता, संस्थाका अध्यक्ष रेशम बहादुर थापाको प्रमुख आतिथ्यता तथा संस्थाका निर्वतमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार शिवध्वज मल्लको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले तीज पर्वलाई मर्यादित बनाउन महिला दिदीबहिनीहरूलाई सुझाव दिएका थिए ।

त्यस्तै उनीहरूले तीजमा गाइने गीतमा माैलिकता हुन आवश्यक रहेको बताएका थिए । सो अवसरमा महिला शेयर सदस्यहरूले नाचगान गरि दर समेत खाएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव राधा पाण्डेले गरेकी थिइन् ।