गढवामा चित्रकला प्रतियोगिता सम्पन्न: दिपगंगा बाेर्डिङका निशा चाैधरी प्रथम

लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५N काे संयाेजन तथा लायन्स क्लब अफ गढवाकाे आयाेजनामा दाङकाे गढवामा चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ ।

दाङकाे गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका ३२ जना बिद्यार्थीकाे सहभागिता भएकाे प्रतियाेगितामा दिपगंगा बाेर्डिङ स्कुलकि निशा चाैधरि प्रथम भएकि छन् । प्रतियाेगितामा शुभतारा बाेर्डिङ स्कुलका मनिश चाैधरी दाेस्राे तथा बाल कल्याण आधारभुत बिद्यालयलकि पुर्णिमा चाैधरीले तेस्राे स्थान हासिल गरेकि थिईन् ।

कार्यक्रममा प्रथम, दाेस्राे तथा तेस्राे स्थान प्राप्त गर्नेलाई नगद, प्रमाणपत्र तथा खादाले सम्मान गरिएकाे क्लबका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिनुभयाे । साथै प्रथम स्थान प्राप्त गर्नेले District 325N मा सहभागी हुने अवसर प्राप्त गरेकाे क्लबले जनाएकाे छ । Distrcit 325 N मा चित्रकाे मुल्यांकन हुने र उत्कृष्ट भएमा मेक्सिकाेमा हुने अन्तर्राष्ट्रिय चित्रकलामा भाग लिन पाउने अवसर प्राप्त हुने क्लबमा सचिब ओमप्रकाश बसेलले जानकारी दिनुभएकाे छ । प्रथमकाे कला डिस्ट्रकमा पठाउछाैं उत्कृष्ट भएमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ उहाँले बताउनु भयाे ।

११ बर्षदेखि १३ बर्ष सम्मका बिद्यार्थीकाे कला मुल्यांकन हुने गरि कार्यक्रम संचालन भएकाे हाे । प्रतियाेगिताकाे छनाैट काेड प्रणालिमा भएकाे हाे । काेड प्रणालिमा जिल्लामा पहिलाे पटक नतिजा सार्वजनिक भएकाे हाे । मुल्यांकन समिति सदस्य हरि पाख्रेलले नतिजा आउदा सम्म काे बिजेता भन्ने निर्णायक मन्डललाई जानकारी नभईकाे बताउनु भयाे, काेड सिष्टममा निर्णय भयाे, काेड अनुसार रिजल्ट तयार गर्याै, क्लबलाइ बुझायाैं काेड अनुसार नै प्रथम, दाेस्राे र तृतिय घाेषणा भएकाे हाे पाख्रेलले बताउनु भयाे । यश प्रणालिले स्वच्छ निर्णय भएकाे छ उहाँले भन्नुभयाे ।

प्रतियोगिताकाे निर्णायकमा गढवा गाउँपालिका शीक्षा शाखा रबिलाल माझी, शिक्षक तथा साहित्यकार हरि पाेख्रेल र क्लबका तृतिय उपाध्यक्ष तथा पुर्ब शिक्षक नवराज देवकाेटा रहनु भएकाे थियाे ।

क्लबका काेषाध्यक्ष खगेश्वर शर्माकाे झण्डाकाे अभिवादन, आथ्यियता बिद्यालय जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामसुरत यादबकाे प्रमुख आथित्यतामा शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिब ओमप्रकाश बसेल ले गर्नु भएकाे थियाे

कविता : मुक्तिको भुइँ

– उमेश बन्जाडे

सडक पेटिमा

बर्दीवालहरु धम्क्याउँदै थिए

आज हाम्रै चल्छ !

फुलिवालहरु गम्किदै थिए

जित हाम्रै हुन्छ

यद्यपि म सोंचमग्न भएँ

किन सन्किएका यि – सरकारी लाइसेन्सहरु ?

ए…. ! हिजो

संविधान दिवस पो होइ’च !

 

नुतनताको तिलाञ्जलि छर्किएर

जारी भएको न्यास्रो संविधान

समानताको अश्लील पन्चामृत बाँडेर

घोषित भएको भोको कानुन

कयौं निर्मलाहरुको बलात्कार गरेर

कुन सँस्कार स्थापित गर्न चाहान्छ ?

त्राहिमाम घाँटीहरुमा बन्दुक घोचेर

कहाँको पुरस्कार हत्याउन उछिट्टिन्छ ?

 

बिसन्चोमा परेकाछन् वस्तिहरु

लटरम्म फलेका सपनामाथी चट्याङ झर्दा

थलियकाछन् झुपडीहरु

गाउँमा दरबार बिहिन सिंहमात्रै आईपुग्दा

हिंस्रक बाघ र छिल्लिएका साँढेहरु

बुर्कुसी मारिरहेछन् मत्ताउँदै गल्लिहरुमा

ब्वाँसाहरुको परमादेश पूरा गर्न

झम्टिरहेछन् – अशक्त भुइँमान्छेहरुलाई

अनि गिज्याई रहेछन् – नयाँ संविधानलाई !

 

संविधानका नाङ्गा बुँदा केलाउँदै

घुम्ने मेचमा पलेटी कसि

जसरी निदाएथे पुस्तौंदेखि भुँडी तेर्साउँदै

राणा, पञ्चे र राजाहरु

उसैलाई चुनौती दिँदैछन् वर्तमानका साहुहरु

बेथिति उदाङ्गो भएर छताछुल्ल हुँदापनि

यो कम्युनिष्ट सत्ताको आँखाबाट

रसाउँदैन एकचिम्टी लाज

महशुस छैन कुनै पश्चाताप

छ त केवल दम्भ र उद्दण्ड

सनक र खोक्रो रनक !

 

यो संविधानले ल्याएको बुट्यानघारिमा

कहिलेसम्म निमोठिनु पर्ने स्कुलेनानिहरु ?

कुशासनको निर्दयी ढिंकिमा

कतिन्जेल कुच्याउनु पर्ने न्यायका स्वरहरु ?

स्याउले झुपडिका खुशिहरू भुत्ल्याउँदै

कुन युगसम्म बरालिन्छ यो देशको राज्यसत्ता?

गम्छाले आँसु पुछ्दै – कहिलेसम्म रुन्छन् ?

युद्ध भुमरीमा हौंसिदै

जीवन निफनिएका सिरानघरे कान्छिहरु !

 

जुनदिन

असमान पर्खालहरु भत्काउँदै

गाउँहरुले निर्धक्क गर्नेछन्

तिम्रो अन्धो कानुन च्यात्ने दिनको शंखघोष

त्यसैदिन

खस्नेछ एउटा भयानक पहिरो

तिम्रो बार्दलिको बाटो भएर

बगाउनेछ तमसुक जस्तै फोस्रा संविधानका धाराहरु

र, उपेक्षित गाउँहरुले

चुम्नेछन् मुक्तिको भुइँ !

 

लमही नगरपालिका वडा नम्बर ३ जखेरा ताल, देउखुरी – दाङ

बरिष्ठ साहित्यकार शर्माको ८४ वर्षको उमेरमा निधन

दाङ, २ असोज। दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ ।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उहाँको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ ।

शर्माको पार्थिक शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उहाँको अन्त्येष्टि भोलि विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाई कृष्णध्वज खड्काले जानकारी दिनुभयो ।

नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका बरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्छ ।

शर्मा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा हुनुहुन्छ । उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ।