सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक

दाङ – सञ्चारकर्मी प्रिया स्मृती गजमेरको शब्दमा रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ । गायक ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा नेपाली ‘ग्रेस’ को सुमधुर आवाज रहेको गीतमा लय गायक स्वर्णकारको रहेको छ । गीत दाङमै छायांकन गरिएको हो ।

प्रदेसमा भएको प्रदेसीले दशैँ तिहारमा घर फर्किने, घर परिवारसंगै बसेर मनाउने, साथीभाईलाई घर फर्किदै गरेको भन्ने भाव व्यक्त गरिएको छ भने घरमा प्रदेसीलाई सम्झेर उसको पर्खाईमा बसेकी सानुले पनि सबै घर फर्की सके, मेरो प्रदेसी घर आउन किन ढिला भयो ? छिट्टै फर्किन आग्रह गरेको, टाढा हुँदा धेरै सम्झेको, घर आइहाल्छकी भन्ने झल्को लागि रहेको यस्तै यस्तै आशयको कथा रहेको छ ।

गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत यो गीत सार्वजनिक गरिएको छ । सन्तोष सुनामले गीतको एरेन्ज गर्नु भएको छ । गीतको कोरियोग्राफी पोषण भण्डारीले गर्नु भएको छ भने यो गीतमा पोषण भण्डारी, शिवा चौधरी, हेमन्त चौधरी, काजल विश्वकर्मा लगायत जिके डान्स ग्रुप र क्रियु डान्स ग्रुपका कलाकारहरुको धमाकेदार डान्स रहेको छ ।

भिडियो प्रोडक्सनको काम केएसआर मुभी टिमले गरेको छ भने भिडियो सम्पादनको काम चेतन सामतले गर्नु भएको छ । कुमार सानुले गीत मिक्सिंग र मास्टरंगको काम गर्नु भएको छ ।

जिके क्वीन समुह फाइनल राउण्डमा, गढवा गाउँपालिका उपाध्यक्ष द्वारा स्वागत तथा भोटको अपिल

दाङ,१४ असोज। देउखुरीको जिके क्वीन समुह डान्स च्याम्पियन सिजन दुई को उपाधिका लागी फाइनल राउण्डमा प्रवेश गरेको छ ।

फाईनलको लागि जिके क्वीन समुहका तिन चेली यतिबेला विभि ठाउँमा पुगेर भोट गर्न अपिल गर्दै हिडेका छन्। त्यसैको क्रममा आइतबार गढवा गाउँपालिकाको सभाहलमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले स्वागत गर्नु भएको छ। साथै उपाध्यक्ष चौधरीले दाङ की चेलीहरुलाई भोटगरी बिजेता बनाउन अनुरोध समेत गर्नु भएको छ।

जिके क्वीन समुहमा लमही नगरपालिका वडा नम्बर ५ निवासी सम्भावना विक, गढवा गाउँपालिका गाउपालिका वडा नम्बर २ निवासी खुसी विश्वकर्मा र लमही नगरपालिका वडा नम्बर ६ निवासी रजिना चौधरी जिके क्वीन समुह मार्फत सिजन दुईको फाइनल राउण्डमा प्रवेश गर्नु भएको हो ।

एपिवान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा डान्स च्यापिम्यन सिजन दुईको प्रतियोगीतामा यहाँका बालिकाहरु प्रतिसपर्धाको फाइनल राउण्डमा पुगेका हुन ।

अब प्रथम हुनका लागी भोट गर्न अपिल गरेका छन् । शनिबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरेर भोट गर्न अपिल गरिएको छ । अनलाईन मार्फत भोट गर्न अपिल गरिएको हो । भोट गर्ने तरिका यस्तो रहेको छ

Vote गर्नका लागि

Google मा गएर www.aventoz.com टाईप गरी बिदेशबाट international global onlinepay बाट र NIC ASIA Bank r Esewa बाट भोट गर्न सकिने । भोट असोज २१ गते राती १२ बजे सम्म् मात्र मान्य हुनेछ

दाङको जिके क्वीन समुह फाइनल राउण्डमा, भोट गरेर जिताउन अपिल

दाङ,१३ असोज। देउखुरीको जिके क्वीन समुह डान्स च्याम्पियन सिजन दुई को उपाधिका लागी फाइनल राउण्डमा प्रवेश गरेको छ ।

लमही नगरपालिका–५ निवासी सम्भावना विक, गढवा गाउँपालिका–२ निवासी खुसी विश्वकर्मा र लमही नगरपालिका–६ निवासी रजिना चौधरी जिके क्वीन समुह मार्फत सिजन दुईको फाइनल राउण्डमा प्रवेश गर्नु भएको हो ।