वहुआयामिक व्यक्तित्व प्रियासनको उपन्यास अष्ट्रेलियामा

 

घोराही, १७ मंसिर। साहित्यीक क्षेत्रमा जाजुल्लेमान सविन प्रियासनको उपन्यास अष्ट्रेलियामा पनि पढ्न पाइने भएको छ । अष्ट्रेलियाको सिडनीस्थित अवन लाइब्रेरीमा उपन्यासकार प्रियासनको सहनशीला उपन्यास राखिएको छ ।

उक्त लाइब्रेरीमा प्रियासनसहित अन्य ९ जाको पुस्तक पनि राखिएको समाजसेवी शिब थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अवन लाइब्रेरीमा नेपाली पुस्तकहरु नभएकाले आफ्नै अनुरोधमा गतवर्षदेखि त्यहाँ नेपाली पुस्तक राख्न सुरु गरिएको हो । पहिलो चरणमा गतवर्ष प्रियासनसहित १० जना लेखकको पुस्तकहरु लाइब्रेरीमा राखिएको र यसवर्ष ५० बढि नेपाली किताब पुनः थप गर्न लागिएको थापाको भनाइँ छ । यस विषयमा उपन्यासकार प्रियासनले भौतिकरुपमा आफ्नो बिदेश जाने इच्छा नभएपनि आफ्नो सिर्जना त्यहाँ गएकोमा खुसी व्यक्त गर्नुभयो ।

नेपाली पत्रकारिता, साहित्य र समाज सेवामा एक विशिष्ट पहिचान बनाउन सफल प्रियासन नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष र प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्षका रूपमा समेत उहाँ सक्रिय हुनुहुन्छ । ँ विगत १७ वर्षदेखि दाङको घोराहीबाट गणतन्त्र दैनिक पत्रिकाको सम्पादन र प्रकाशन गर्दै आउनु भएका प्रियासनले पत्रकारिता र साहित्यमा मात्र नभएर सामाजिक सेवाका क्षेत्रमा पनि उहाँको उत्तिकै सक्रिय भूमिका निर्वाह गर्नुभएको छ ।

दाङ युवा मञ्चको संस्थापक अध्यक्ष भएर युवाहरुलाई सामाजिक कार्यमा लाग्न विशेष भूमिका खेल्नुभएका प्रियासनले दाङ प्रादेशिक राजधानी सरोकार समितिको सदस्य सचिव भएर दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउन विशेष भूमिका खेल्नु भएको थियो । यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिको सदस्य सचिव भएर प्रतिष्ठान स्थापना देखि संचालनसम्ममा उहाँले भूमिका खेल्नुभएको छ । हाल घोराही बनाऔं अभियानको संयोजक भएर घोराहीलाई समृद्धिको उचाईमा पुराउने विशेष योजनाहरु अगाडी सार्दै आउनु भएका प्रियासनले हालसम्म साहित्यिक क्षेत्रमा  १० वटा उपन्यास र १ वटा कथा संग्रह र १ वटा गैरआख्यान पुस्तक प्रकाशन गरिसक्नुभएको छ । प्रियासनको उपन्यासहरु रोदनपछिको…, भुमरी, पुनारागमन, पल्लबी, सहनशीला, सेल्फी, लक्कीचार्म, ब्रेकअप डायरी, लकडाउन लभ, एयरहोस्टेस बजारमा छन् । यसैगरी सपनाभित्रको सपना (कथा संग्रहं) र लेखहरुको संगालो सम्पादकीय पनि प्रकाशित भैसकेका छने ।

प्रियासनको लेखाइमा नेपाली समाज, राजनीति, र जीवनका विविध पक्षलाई प्रतिबिम्बित गरिएको हुन्छ । उहाँको लेखनमा सामाजिक यथार्थ, प्रेम, संघर्ष, र परिवर्तनको कथा पाइन्छ । सिविल इन्जिनियरिङमा अध्ययन गरेपछि उहाँले पत्रकारिता र साहित्यमा आफ्नो करियर निर्माण गर्नुभएको हो । उहाँको प्रारम्भिक शिक्षा घोराहीको सरस्वती विद्यालयमा भएको हो भने माध्यमिक शिक्षा घोराहीको पद्मोदयमा पूरा गर्नुभएको हो ।

साहित्य, पत्रकारिता र समाजसेवामा समर्पित प्रियासनले आफुले गरेको कयोगदानका लागि विभिन्न राष्ट्रिय पुरस्कार र सम्मानबाट विभूषित भइसक्नु भएको छ । प्रियासनलाई नेपाल सरकारले जनसेवा श्री पदकले विभूषित गरेको छ भने प्रेस काउन्सील नेपालले पनि सक्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । यसबाहेक नेपाल पत्रकार महासंघ, प्रेस चौतारीलगायतका पत्रकारिता संग सम्बन्धित संघसंस्था अनि राप्ती साहित्य परिषद्ले पनि उहाँलाई पुरस्कृत गरेको छ । घोराहीमा क्रियाशिल त्रिभुवन नगर जेसीजले स्थापना गरेको दाङको उत्कृष्ट युवा पुरस्कार पनि उहाँले पहिलो पटक प्राप्त गर्नु भएको छ । साहित्य र पत्रकारितालाई संगसंगै अघि बढाउँदै, उहाँले स्थानीय समाजमा जागरूकता ल्याउने र समाजसेवाको माध्यमबाट सकारात्मक परिवर्तनको अभिप्रायले काम गरिरहनुभएको छ । उहाँका उपन्यासहरू विभिन्न पुस्तक महोत्सवमा चर्चित छन् र उल्लेखनीय मात्रामा बिक्री भएका छन् ।

उहाँको साहित्यिक यात्रा जनआन्दोलन २०६२÷०६३ को दौरानबाट विशेष रूपमा अघि बढेको हो । प्रियासनले अबको केही समयमा नै नयाँ उपन्यास सम्बन्धको कडी बजारमा ल्याउने तयारी गर्नु भएको छ । लेखन क्षमताका हिसाबले एक हप्तामै प्रियासनले उपन्यास लेखन सक्नु हुन्छ । प्रियासनले प्रकाशन गरेको सेल्फी उपन्यासको विषयमा म्षन्मा (वर्मा)मा नेपाली मूलकी माया खनालले कलेजमा सोधपत्र गर्नु भएको छ । यस बाहेक प्रियासनले लेखेका एक दर्जन गीतहरु विभिन्न नाम चलेका गायकगायकिकाहरुको स्वरमा युट्युबमा सुन्न अनि भिडियो हेर्न पाइन्छ ।

गढवा पालिका स्तरिय संस्थागत बिद्यालय समितिको आयोजनामा ३ दिने खेलकुद कार्यक्रम सुरु 

गढवा, १३ मंसिर । गढवा पालिका स्तरिय संस्थागत बिद्यालय समितिको आयोजनामा बिहीबारदेखि गढवामा तिनदिने खेलकुद कार्यक्रम सुरु भएको छ।

गढवा गाउँपालिका संस्थागत विद्यालय समितिले मंसिर १३ देखि १५ गते सम्म खेलकुद कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष विकाश रजौरेले जानकारी दिनुभयो। खेल कार्यक्रम जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा शुरु भएको छ ।

३ दिने गाउँपालिका स्तरीय खेलकुद कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्यार्थीहरुको बौद्धिक विकासको लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभयो। विद्यार्थीहरुलाई शारिरिक, मानसिक र बौद्धिक विकासको लागि खेलकुद अपरिहार्य रहेको बताउदै गाउँपालिका अध्यक्ष पोख्रेलले खेलकुद कार्यक्रम आयोजना गरेको भन्दै गाउँपालिका स्तरीय संस्थागत विद्यालय समितिलाई धन्यवाद समेत दिनुभयो। खेलकुदबाट विद्यार्थीलाई अनुसाशित, संस्कारित साथै चौतर्फी विकास हुने भएकोले खेलकुदलाई महत्वका साथ बुझ्न आवश्यक रहेको बताउदै अध्यक्ष पोख्रेलले पछिल्लो समयमा खेलको लोकप्रियता जसरी बढेको छ त्यसमा विद्यार्थीहरुको सहभागिता गराउन, राष्ट्रिय स्तरको खेलाडी तयार गर्न विद्यालय स्तरबाटै खेलकुदलाई पहिलो प्रथामिक्तामा राख्न आवश्यक रहेको बताउनुभयो।

खेलकुद कार्यक्रमको उद्घाटन पालिका स्तरिय संस्थागत बिद्यालय समिति गढवाका अध्यक्ष तथा शुभतारा बोर्डिङ स्कुल गढवाका प्रिन्सिपल बिकास रजौरेको अध्यक्षता तथा गढवा गाउपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको प्रमुख आथित्य तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

खेलकुद कार्यक्रम गढवा गाउँपालिकाका १३ वटा संस्थागत विद्यालयहरु सहभागिता जनाएका छन् । खेलकुद कार्यक्रममा १०० मिटर दौड छात्र छात्रा, म्याद रेस छात्र छात्रा, चित्रकला र फुटबल खेल समाबेस छन्।

खेलकुद उद्घाटन कार्यक्रममा लायन्स क्लब गढवाका अध्यक्ष उमाकान्त पन्त,रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुखहरण यादव,डिबेल बोर्डिङ स्कुलका भानु यादव,पालिका स्तरिय संस्थागत बिद्धालय समिति गढवाका सचिव तथा नेपाल बोर्डिङ स्कुलका प्रचार्या निर्मल रावत लगायतकाले बोल्नु भएको थियो ।

ज्ञान ज्योति बोर्डिङ स्कुलका प्रधानाध्यापक दिपक कुमार यादवको स्वागत मन्त्व्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण बाल संसार एकेडेमिका प्रचार्या माधव शर्माले गर्नु भएको थियो ।

आज करवा चौथ पर्व मधेसी समुदायले धुमधामका साथ मनाईदै, के हो करवा चौथ?

गढवा, ४ कार्तिक । आज करवा चौथ पर्व मधेसी समुदायले धुमधामका साथ मनाउदै छन् । हिंदू संस्कृतिमा बिवाहित महिलाहरुका लागि करवा चौथ पर्वले विशेष महत्व राख्दछ । पति पत्नीको प्रेम र समर्पणको प्रतीक करवा चौथको पर्व कार्तिक मासको कृष्ण पक्षको चतुर्थीका दिन बडो उत्साह उमंगले मनाइने गरिन्छ ।

विवाहित महिलाहरु श्रीमानको दीर्घायु, सुखद दांपत्य जीवनका कामनाका लागि करवा चौथको व्रत बस्ने गर्दछन् । यस दिन महिलाहरु केही नखाई (निर्जला) दिनभर व्रत बस्ने गर्छन् । पति पत्नीको सम्बन्धमा माया, स्नेह, आस्था समर्पण एवं विश्वासलाई तथा प्रगाढ़ गर्नेवाला यो पर्व तिनको दांपत्य जीवनलाई स्थायित्व प्रदान गर्छ । यही कारण छ कि सदियौदेखि चल्दै आएको छ । यस परंपरालाई आजपनि बडो श्रद्धा व विश्वासले निभाउने गरिन्छ ।

करवा चौठब्रत

कात्तिक महिनाको कृष्ण पक्ष चतुर्थीको दिन करवा चौथ मनाइन्छ। बिहान सूर्योदयभन्दा पहिले करिब ४ बजेपछि सुरु हुने व्रत राति चन्द्रमाको दर्शनपछि समाप्त हुन्छ। अधिकांश बिबाहित महिलाहरुले निराहार ब्रत बसी पुजापाठ गर्ने गरेको पाईन्छ।

श्रीमानको दीर्घायु एवं अखण्ड सौभाग्य प्राप्तिका लागि भालचन्द्र गणेशको पूजा गरिन्छ। यो व्रत १२ वर्ष वा १६ वर्षसम्म गरिन्छ। कतिपय महिलाहरुले आजीवन पनि यो व्रत गर्ने गरेको पाईन्छ।

करवा चौथमा चाल्नो को महत्व निकै छ। बिना चाल्नोको यो व्रत पूरा हुँदैन। करवा चौथ गर्ने महिलाले चाल्नो(चलनी) मा दियो बाली चन्द्रमालाई हेरेपछि आफ्नो श्रीमानलाई हेर्ने गर्छन्।

धार्मिक मान्यता अनुसार चन्द्रमालाई भगवान ब्रह्माको प्रतिक मानिन्छ। चन्द्रमालाई प्रेमको प्रतिक पनि मानिन्छ। र, चन्द्रमाको आयु लामो हुन्छ। त्यसकारण चलनीले चन्द्रमालाई हेरेपछि महिलाहरुले आफ्नो श्रीमानलाई चालनीमा हेर्ने गर्छन्, ताकि पतिको पनि लामो आयु होस्। विवाहित महिलाहरुले मात्र गर्ने यो व्रत बस्ने र पुजापाठ गर्ने गरेको पाईन्छ।