गढवामा थारु सांस्कृतिक ओ माघ मिलन कार्यक्रम – ‘लोपोन्मुख कला संस्कृति संरक्षण गर्नमा जोड’ 

गढवा, २९ पौष। गढवामा गढवा गाउँपालिका र दक्षिण देउखुरी अधिकार मञ्चको आर्थिक सहयोग तथा थारु कल्याणकारी सभा गढवा देउखुरी दाङको आयोजनामा सोमबार गढवामा थारु सास्कृतिक ओ माघ मिलन कार्यक्रम २०८१ गढवाको कृषि उपज संकलन केन्द्रमा सम्पन्न भएको छ।

थारु कल्याणकारी सभा गढवाका अध्यक्ष सञ्जित चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाको उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा र थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य लक्ष्मी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

थारु सास्कृतिक ओ माघ मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लोपोन्मुख ढक्हेर, थारुको लोपोन्मुख बाजागाजा, कला, भेषभुसाको संरक्षणका खातिर थारु समुदायको पहल जरुरी रहेको बताउनुभयो। गढवा गाउँपालिकाले बिभिन्न जाती समुदायको लोपोन्मुख चार्डपर्व, बाजागाजा, भेषभुसा रितिरिवाज र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि पहल गरि बजेट बिनियोजन गरिरहेको बताउनुभयो। सिकलसेल एनीमियाको सवालमा गढवा गाउँपालिका गम्भिर भएको बताउनुभयो। गढवा गाउँपालिका स्वास्थ्य क्षेत्रमा संबेनशिल भएर लागेको बताउदै प्रमुख अतिथि चौधरीले गढवा गाउँपालिकाले थारु मधेसी लगाएत सबैको लोपोन्मुख परम्परा लाई जगेर्नामा निरन्तरता दिने र त्यै अनुरुप बहु भाषिक संग्रहालयहरुको स्थापना गर्ने बारे छलफल चलिरहेको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले कटकन्दार/अघरिया प्रथालाई कानुनमा नबाझिने गरी गढवा गाउँपालिकाले बिध्धेक पास गरी ऐन बनाउने प्रक्रियामा रहेको बताउनुभयो। गढवा गाउँपालिका र थारु कल्याणकारी सभा गढवाले सहकार्य गर्दै अघि बढेको र आगामी दिनमा पनि सहजीकरण गर्दै थारु समुदायको लोपोन्मुख बाजागाजा, कला संस्कृति संरक्षणमा सहयोग गर्ने बताउनु भयो।

त्यसैगरी माघी मिलन कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य लक्ष्मी चौधरीले थारु कल्याणकारी सभा सामाजिक संस्था भएको बताउनुभयो। यो संस्थाले थारु समुदायको हकहित रितिरिवाज परम्परा संस्कृति बचाउने जोगाउने सभा भएको बताउनुभयो। माघी मिलन कार्यक्रम संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्य रहेको बताउनुभयो। माघी मिलन कार्यक्रम गर्न गढवा गाउँपालिकाले गरेको आर्थिक सहयोगको लागि धन्यवाद समेत दिनु भयो। माघी थारु समुदायको महान पर्व भएको बताउदै बर्ष भरीको आय व्यय, घर छुट्टिने, भोजभतेर, शुभकामको शुभारम्भ जस्ता शुभकार्य गर्ने पावन दिन माघी रहेको बताउदै चौधरीले साउण्ड सिस्टम भन्दा पनि लोपोन्मुख बाजागाजा सहितको थारु परम्परा लाई जोगाउने अभियानमा स्थानीय सरकार संगै थारु कल्याणकारी सभा निरन्तर हातेमालो गर्ने बताउनु भयो।

कार्यक्रममा कला संस्कृति संरक्षण गर्दै उत्कृष्ट नृत्य प्रस्तुत गर्ने झारबैराको झुम्रानाच प्रथम, चन्दनपुरको झुम्रानाच द्वतिय, घोराहाको बड्का नाच तृतीय र हासिपुरको झुम्रानाच सान्त्वना स्थान हासिल गरेको हो। प्रतियोगि समूहहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा कला संस्कृति संरक्षण गर्दै उत्कृष्ट नृत्य प्रस्तुत गर्ने झारबैरा प्रथम, चन्दनपुरको नाच द्वतिय, घोराहाको नाच तृतीय र हासिपुरको नाच सान्त्वना स्थान हासिल गरेको हो। प्रतियोगि समूहहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो।

थारु कल्याणकारी सभा गढवा देउखुरीका सदस्य रम्भुनाथ चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सोही संस्थाका सचिव प्रयागनाथ चौधरीले गर्नु भएको थियो।

लमहीमा सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव हुने

देउखुरी, १९ पुस देउखुरी उद्योग बाणिज्य संघ लमहीको आयोजनामा लमहीमा माघ १० गतेदेखि २७ गतेसम्म महोत्सव संचालन हुने भएको छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव २०८१ आयोजना गर्न लागिएको हो ।

शुक्रबार देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीले लमहीमा पत्रकार सम्मेलनमार्फत महोत्सव संचालन गर्न लागेको जानकारी दिनुभयो । महोसत्सवबाट संकलित रकम आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने वाणिज्य संघले जनाएको छ ।

पत्रकार सम्मेलनमार्फत कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको संघका अध्यक्ष ठकूरीले बताउनुभयो । महोत्सवमा ३ सय वटा स्टल मध्य २ सय ५० वटा स्थानिय व्यापारी र ५० वटा कृषि क्षेत्रको लागि निर्धारण गरिएकोछ । । यस्तै महोत्सवमा प्रवेश शुल्क १ सय, विद्यार्थीलाई ८० रुपैँया कायम गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । त्यसैगरी जेष्ठ नागरिकलाई महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु महोत्सवमा हुने छ । महोत्सवमा आफ्नो संस्थाको पोसाग सहित झाकी प्रदर्शन गरेमा उत्कृष्ट हुनेलाई उचित पुस्कार प्रदान गरिने छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकूरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको सहजिकरण संघका महासचिव इश्वर पोख्रेलले गर्नुभएको थियोे । वाणिज्य संघले यसभन्दा अगाडि छवटा मेला महोत्सव संचालन गरिसकेको छ ।

महोत्सवमा पार्किङ्कको निशुःल्क व्यवस्थापन गर्ने जनाइएको छ भने नेपाल औषधी व्यवसायी संघ दाङसंग समन्वय गरि महोत्सव अवधिभर निशुल्क प्राथमिक उपचार केन्द्रको लागि स्टल राखिनेछ भने लमही नगरपालिकासंग समन्वय गरि महोत्सवमा बारुण यन्त्र समेत राखिने भएको आयोजकले जनाएको छ । साथै कोइलाबास नाकालाइ सुचारु गर्नका लागि भारतीय व्यापार मण्डल बलरामपुर र तुलसीपुरका पदाधिकारीलाई समेत महोत्सवमा सहभागी गराउने आयोजाकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।।

मावि सौडियारको महायज्ञमा आज चर्चित लोक गायिका कोमल वली आउने

दाङ,२४ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा जारी श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको चौथो दिन सोमबार चर्चित गायिका कोमल वली आउनु हुने भएको छ ।

विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारसहित ५ सय जना अटाउने क्षमताको सभाहल निर्माण सहयोगार्थ आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा आज सोमवार चर्चित गायिका वली आउन लाग्नुभएको हो । आफ्नो गृह जिल्ला दाङ आएको समयमा सौडियारको महायज्ञ सहभागी हुन लागेको बिद्यालयले जनाएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक निशानदाजु भट्टराईले पूर्व राष्टिय सभाका सदस्य समेत रहनु भएकी वली सोमवार दिउँसो १ बजे बिद्यालयमा आयोजित महायज्ञमा उपस्थित हुन लागेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा उपस्थितिका लागि सबैमा अध्यक्ष भट्टराई, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवँर र बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले संयुक्त रुपमा सवैमा आग्रह गर्नु भएको छ । सुमधुर स्वरकी धनि गायिका वलीले प्रस्तुति राख्नुहुने भएको छ ।

यसैगरी महायज्ञमा दान गर्ने दाता तथा कथा श्रवण गर्नेदेखि भक्तजनको सहभागीता दिनप्रतिदिन बढ्दै गएको छ । महायज्ञको चौथो दिन सोमबार विहान नियमित पूजासँगै दिउँसो भागवत कथा श्रवणका लागि भक्तजन तथा दाताको सहभागीता हुँदै आएको छ । बेलुका पनि भक्तजनहरुको उल्लेख्य सहभागिता रहदै आएको छ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय र एक सय ८ भागवत संकल्पकर्तामा डिला पाण्डेय रहनुभएको छ ।

महायज्ञमा विहान नियमित पुजासँगै दिउँसो ११ बजेदेखि चार बजेसम्म भागवत कथावान, साढे चार बजे आरती र साँझ सात बजेदेखि १० बजेसम्म कथा बाचनसँगै भजन कृतन हुने गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।