गढवाको ७ नं. वडामा कृषि तथा पशु क्षेत्रको विकासका लागि रणनीति तथा योजना तर्जुमा  

गढवा,५ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि समाजका अगुवा कृषक हरूबीच कृषि तथा पशु विकासको क्षेत्रमा विकास गर्नका लागि रणनीति तथा योजना कार्यक्रम आजा सम्पन्न भएको छ।

कार्यक्रममा आगामी दिनमा कृषि तथा पशुको क्षेत्रमा के कस्ता कार्यहरू गर्दा किसानहरूलाई प्रभावकारी हुने बारेमा वृहत रुपमा समाजका अगुवा जनप्रतिनिधि तथा कृषकहरु बीचको छलफल कार्यक्रम सम्पन्न भएको हो।

गढवा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजनाद्वारा किसानहरूको जीवनस्तर उकास्नका लागि व्यवस्थित बजारीकरण र उत्पादन म जोड दिनका लागि के कस्ता प्रयासहरु गर्न सकिन्छ र के कस्ता कार्यहरू गर्दा किसानहरुलाई प्रत्यक्ष रुपमा टेवा पुग्न मद्दत गर्ने बारेमा बृहत रुपमा छलफल भएको हो ।

गढवा गाउँपालिकाले कृषि तथा पशु विकासको क्षेत्रमा कार्य गर्नका लागि हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङसँग सहकार्य गरेर भिटा परियोजना कार्यक्रम सञ्चालन गरेको छ।

परियोजनाले मुख्य गरी कृषि तथा पशुको क्षेत्रमा नविनतम कार्यहरू गर्दै आएको गढवा गाउँपालिका भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्माले जानकारी दिनुभयो।

कार्यक्रममा गढवा गाउँपालिका कृषि विकास शाखाका प्राविधिक दिक्पाल धौराली र निहारिका चौधरीले सहजीकरण गर्नुभएको थियो। सहजकर्ता द्वयले कृषि तथा पशुपालक कृषकहरूलाई व्यावसायिक उत्पादन, बजारीकरण लगायतको विभिन्न विषयमा बृहत रूपमा जानकारी दिनुभएको थियो।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका, भिटा परियोजनाका परियोजना संयोजक वसन्तकुमार शर्माले गर्नुभएको थियो।

राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसकाे अवसरमा (सिपी) नेपालद्धारा उत्कृष्ट चार जनालाई सम्मान

गढवा,१ चैत्र। राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसकाे अवसरमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले उत्कृष्ट कृषक, उद्यमी, शिक्षक र विद्यार्थी गरी चार जनालाई सम्मान गरेको छ।

राप्ती गाउँपालिका सँगकाे सहकार्यमा “सहकार्य र उत्कृष्टता: कृषि, शिक्षा र उद्यमशीलतामा सम्मान कार्यक्रम” अन्तर्गत वडा नम्बर ५ कालापानीका कृषक दीपक बुढा मगरलाई उत्कृष्ट कृषक, वडा नम्बर ८ पिपरीकाे लालीगुराँस साबुन तथा धूप उद्योग समूहलाई उत्कृष्ट उद्यमी महिला, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका शिक्षक रविन चौधरीलाई उत्कृष्ट शिक्षक र सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँका विद्यार्थी राजीव योगीलाई उत्कृष्ट विद्यार्थीलाई स्वरुप सम्मान गरिएको हाे।

सम्मानित व्यक्ति तथा संस्थालाई प्रमाणपत्रसहित जनही २५ हजार रुपैयाँ नगद प्रदान गरिएको र साे सम्मानले स्थानीय स्तरमा रहेका उत्कृष्टताकाे पहिचान गरि उनिहरुलाई प्राेत्साहन गर्ने उदेश्य रहेकाे संस्थाका कार्यक्रम अधिकृत हेमराज शर्माले जानकारी दिनुभयो । साे कार्यक्रम देउखुरीकाे राप्ती, गढवा र राजपुर गाउँपालिकामा सञ्चालन भैरहेकाे छ ।

गढवा वडा नं. ५ बाकीमा तिनदिने आधारशिला तालिम सम्पन्न

गढवा, २१ फागुन। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित बाकी महिला उद्यमी समूह गढवा ५ बाकीमा आज बुधबार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ।

समूहकी अध्यक्ष सिता थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

तिनदिने तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले परियोजना मार्फत महिलाहरुलाई आत्मनिर्भर र समाजको नेतृत्व गर्ने खालको जनशक्ति तयार गर्ने उद्देश्य अनुरूप कार्यक्रम अघि बढेको बताउनुभयो। महिलाहरु व्यवसायीक रुपमा अघि नबढे सम्म आत्मनिर्भर बन्न नसकिने भएकोले कृषि तथा पशु पालनको क्षेत्रमा जुन सुकै क्षेत्रमा भएतापनि व्यवसायीक रुपमा उत्पादन गर्न अनुरोध गर्नुभयो। महिला शसक्तिकरण नभए सम्म समाज बदल्न नसकिने बताउदै अध्यक्ष पोख्रेलले महिलाहरु आत्मनिर्भर र सक्षम बन्नु पर्ने बताउनुभयो।

गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजना अन्तर्गत गठन भएका बिभिन्न समूहमा आबद्ध उद्यमी महिलाहरुलाई आधारशिला तालिम दिदै आएको छ।

भिटा परियोजन गढवा गाउँपालिकाको सबै भन्दा ठूलो परियोजना हो, जसमा हेफर प्रोजेक्ट नेपालले प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङले सहजिकरण गर्दै आएका छन्।

हेफर प्रोजेक्ट नेपालले कर्मचारी लगायतकाको क्षेत्रमा सहजिकरण गरेको छ भने अन्य सबै गतिविधि, कृषि सामाग्री, बाख्रा, रागा लगायतका सबै खर्चमा गाउँपालिकाको लगानी रहेको छ।

कार्यक्रममा भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्मा, फोकल पर्सन भिमकान्त चौधरीको सहभागिता रहेको थियो।

तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो।कार्यक्रमको सहजीकरण ५ नम्बर वडाकी सामुदायिक सहजकर्ता कल्पना चौधरीले गर्नु भएको थियो।