कृषि विकास शाखाको आयोजनामा गढवा गाउँपालिका वडा नं. ०४ मा माटो परीक्षण शिविर सम्पन्न

गढवा,१४ जेठ।गढवा गाउँपालिका वडा नं. ०४ मा कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरमा कृषकहरूले ल्याएका माटोका नमूनाहरू परीक्षण गरी माटोको पिएच (pH), नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्राको विश्लेषण गरिएको थियो।

परीक्षणको नतिजाअनुसार वडा नं. ४ को अधिकांश माटो क्षारिय (alkaline) प्रकृतिको पाईएको गढवा गाउँपालिका सहायक कृषि विकास अधिकृत फुलनदेवी चौधरीलेजानकारी दिनुभयो। माटोमा पोटासको मात्रा अत्यन्त न्यून देखिएको छ भने नाइट्रोजन र फस्फोरसको मात्रा पनि औसतभन्दा कम पाईएको छ चौधरीले भन्नु भयो।

वडाभरिका कृषकहरूले माटोको उपयुक्त सन्तुलन कायम गर्न विशेष ध्यान दिन आवश्यक छ। माटोको उर्वराशक्ति बढाउन मल प्रबन्धन र सुधारात्मक उपायहरू अवलम्बन गर्नु महत्वपूर्ण हुने कृषि विकास शाखाले जनाएको छ।

माटो परीक्षण शिविर यस अघि ११ गते वडा नं. ३, १२ गते वडा नं २ र १३ गते वडा नं ५ मा सञ्चालन भइसकेको छ भने १६ गते वडा नं ७ मा, १८ गते वडा नं ६ मा हुने कार्यक्रम तय गरिएको छ भने वडा नम्बर वडा नं १ र ८ मा छलफल भैरहेको गढवा गाउँपालिका कृषि विकास शाखाकी सहायक कृषि विकास अधिकृत फुलनदेवी चौधरीले जानकारी दिनुभयो।

गढवाको वडा नं. ४ मा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण

गढवा, १ जेठ । गढवा गाउँपालिका वडा नम्बर ४ मा आज एक सामाजिक उत्तरदायित्वपूर्ण कार्य गर्दै अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता घरमै गई वितरण गरिएको छ।

वडाध्यक्ष हरिभगत चौधरीका अनुसार, जेष्ठ नागरिकहरूलाई बैंकसम्म जानु पर्ने, लाइन बस्नु पर्ने जस्ता कठिनाइलाई मध्यनजर गर्दै वडा कार्यालयले यो व्यवस्था मिलाएको हो। उहाँले भन्नुभयो, “जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा दिनु हाम्रो कर्तव्य हो। उहांहरूलाई सहज र सम्मानजनक सेवा दिन हामी वडाबाटै घरघरमा पुग्यौं।”

वडामा रहेका जेष्ठ नागरिक र अपाङ्गता भएका लाभग्राहीहरूको घरमै पुगेर सम्बन्धित रकम हस्तान्तरण गरिएको हो। यस कार्यमा वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि तथा बैककर्मी सहभागी हुनुभएको थियो।

यस सेवाबाट लाभान्वित भएका धेरै जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले वडा कार्यालयको यो कदमप्रति आभार व्यक्त गरेका छन्। घरमै सामाजिक सुरक्षा भत्ता पाउदा आफूहरुप्रतिको सम्मान महसुस गराएको प्रतिक्रिया दिनु भएको छ।

वडाध्यक्ष चौधरीले आगामी दिनमा पनि यस्ता सेवा अझ प्रभावकारी र नियमित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

दाङमा फस्टाउँदै कुखुरा पालन व्यवसाय : अझ उचाइमा पुर्याउन के गर्नुपर्छ ?

आङ,१६ वैशाख। दाङ उपत्यका एशीयाकै ठूलो उपत्यमा पर्दछ । दाङमा पछिल्लो समय कृषि र पशुपालन क्षेत्रमा तीव्र विकास हुँदै गएको छ । तीमध्ये कुखुरा पालन व्यवसाय निकै तिव्र गतिमा फस्टाउँदै गएको छ । सस्तो लागत, छिटो आम्दानी र स्थानीय बजारमा बढ्दो मागका कारण धेरै कृषकहरू ब्रोइलर र लोकल कुखुरा पालनतर्फ आकर्षित भइरहेका छन् । दाङको बँधिया भाले नेपालभर प्रख्यात छ । तसर्थ यो व्यवसायलाई अझ दिगो र व्यावसायिक बनाउन केही महत्वपूर्ण पक्षमा ध्यान दिन आवश्यक छ ।

कुखुरा पालनको वर्तमान अवस्था :
विगत केही वर्षमा दाङ जिल्लामा कुखुरा फार्महरूको संख्या उल्लेख्य रुपमा बढेको छ । थोरै पूँजीबाट सुरु गर्न मिल्ने र छोटो समयमा नाफा लिन सकिने भएकाले युवावर्गदेखि परम्परागत कृषकसमेत कुखुरा पालनमा सक्रिय भएका छन् । थुप्रै ठाउँमा ब्याजबाट ऋण लिएर कुखुरा फार्म सुरु गरेका उदाहरणसमेत भेटिन्छन् । उत्पादनको परिमाण बढ्दै जाँदा दाङले स्थानीय बजार मात्र होइन, छिमेकी जिल्लासम्म समेत मासु तथा अण्डाको आपूर्ति गर्न थालेको छ ।

सफलता पछाडि रहेका कारणहरू :
–स्थानीय माग वृद्धि : मासु तथा अण्डाको उपभोग दर वृद्धिले माग बढाएको छ ।
–सस्तो प्रविधि पहुँच : आधुनिक तर सस्तो प्रविधि जस्तै ब्रोइलर र लेयर फार्मिङ प्रविधिको सहजता ।
–सरकारी कार्यक्रम : कृषि तथा पशुपालन मन्त्रालयका तर्फबाट केही अनुदान कार्यक्रम तथा तालिमहरू संचालनमा आएका छन् ।
–रोजगारी सृजना : कुखुरा पालनले युवाहरुलाई गाउँमै रोजगारीको अवसर दिएको छ ।
अझै सुधार गर्नुपर्ने क्षेत्रहरू :
यद्यपि कुखुरा पालन व्यवसाय फस्टाएको देखिए पनि यो क्षेत्रलाई दिगो, लाभदायी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउने हो भने केही पक्षमा सुधार आवश्यक देखिन्छ ।
१. प्राविधिक तालिम र ज्ञान अभिवृद्धि ः
कुखुरा पालन व्यावसायिक बनाउने मुख्य शर्त भनेको कृषकलाई आधुनिक प्रविधि, स्वास्थ्य व्यवस्थापन र पोषण व्यवस्थापनबारे विस्तृत तालिम दिनु हो । हाल धेरैजसो किसान अनुभव र परम्परागत अभ्यासमा आधारित भएर काम गर्छन्, जसले गर्दा उत्पादनमा विविध समस्या देखिन्छन् । पशु चिकित्सक तथा कृषि प्राविधिकसँग सहकार्य बढाउन आवश्यक छ ।
२. गुणस्तरीय सन्तान र आहारको उपलब्धता ः
गुणस्तरीय कुखुराका चल्ला र सन्तुलित आहार उपलब्ध गराउन व्यवस्थित आपूर्ति श्रृंखला निर्माण गर्नुपर्छ । अहिले पनि केही किसानले गुणस्तरीय चल्ला र आहार नपाउँदा धेरै घाटा भोगिरहेका छन् । स्थानीय उत्पादन र प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ ।
३. स्वास्थ्य सेवा सुधार ः
कुखुरामा देखिने रोग नियन्त्रणका लागि नियमित खोप र चिकित्सकीय परामर्श अनिवार्य हुनुपर्छ । धेरैजसो स–साना फार्ममा रोग प्रकोप फैलिँदा पूरै व्यवसाय धरापमा पर्ने जोखिम हुन्छ । जिल्ला पशु सेवा कार्यालयसँग सहकार्य गरी फार्म स्तरमा रोग अनुगमन र उपचारको नियमित कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
४. बजार व्यवस्थापन ः
वर्तमानमा अधिकांश किसान आफैंले उत्पादनको बजार खोज्न बाध्य छन्, जसले गर्दा मूल्यमा ठगिनुपर्ने अवस्था आउँछ । सहकारी मोडलमार्फत सामूहिक बिक्री प्रणाली विकास गरेमा किसानले राम्रो मूल्य पाउनेछन् । साथै, ठूला सुपरमार्केट, होटल तथा काठमाडौं लगायतका सहरी क्षेत्रमा समेत दाङका उत्पादनको प्रचार–प्रसार गर्नु आवश्यक छ ।
५. वित्तीय पहुँच र बीमा योजना ः
कुखुरा पालनको जोखिम न्यूनीकरणका लागि कृषि बीमा कार्यक्रम प्रभावकारी बनाउन जरुरी छ । बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ । साथै, नयाँ उद्यमीहरूलाई सुरुमा न्यून ब्याज वा अनुदान स्वरूप ऋण दिने कार्यक्रम ल्याउन सकिन्छ ।
६. वातावरणीय पक्ष ः
कुखुरा पालन गर्दा दुर्गन्ध, फोहोर व्यवस्थापन र पानी प्रदूषणका समस्या आउन सक्छन् । त्यसैले वातावरणमैत्री प्रविधिको प्रयोग, जैविक फोहोर व्यवस्थापन तथा जलाशय संरक्षणमा समेत ध्यान दिन आवश्यक छ ।

कसले के भूमिका खेल्न सक्छ ?
–कृषक स्वयंले ः तालिममा सहभागी भइ नयाँ प्रविधि सिक्ने, फार्ममा सफा वातावरण बनाउने, गुणस्तरीय चल्ला र आहारको प्रयोग गर्ने, सामूहिक बजार व्यवस्थापनमा संलग्न हुने ।
–सरकारले ः अनुदान कार्यक्रम थप प्रभावकारी बनाउने । किसानलाई उत्पादनमा आधारित अनुदान दिने । सस्तो बीउ तथा आहार उपलब्ध गराउने, पशु चिकित्सकको पहुँच बढाउने, कृषि बीमा योजना सरल र व्यावहारिक बनाउने ।
–सहकारी संस्था तथा निजी क्षेत्रले ः कुखुरा पालनसम्बन्धी तालिम सञ्चालन गर्ने, गुणस्तरीय उत्पादन वितरण गर्ने, किसानका उत्पादनको बजार व्यवस्थापन गर्ने, स्थानीय स्तरमा प्रशोधन केन्द्र स्थापना गर्ने ।
–शैक्षिक तथा अनुसन्धान संस्थाले ः रोग रोकथाम तथा उत्पादकत्व वृद्धि सम्बन्धी अनुसन्धान गर्ने, नवीनतम प्रविधि विकास गर्ने र किसानसम्म पु¥याउने ।
दाङमा कुखुरा पालन व्यवसायको विस्तारले स्थानीय रोजगारी सृजना, आय वृद्धि र जिल्लाको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान गरेको छ । तर, यसलाई दिगो र विश्वसनीय बनाउन भने सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य छ । प्राविधिक ज्ञान, बजार पहुँच, स्वास्थ्य सुरक्षा, वित्तीय सहायता र वातावरणीय संरक्षणका पक्षमा विशेष ध्यान दिन सकेमा दाङ निकट भविष्यमा नेपालकै प्रमुख कुखुरा उत्पादन केन्द्र बन्न सक्छ ।
कुखुरा पालन व्यवसायमा देखा परेका मुख्य चुनौतीहरू ः
पछिल्लो समय नेपालमा कुखुरा पालन व्यवसाय ग्रामीण तथा शहरी दुवै क्षेत्रमा लोकप्रिय बन्दै गएको छ । विशेषगरी सस्तो लागत, छिटो नाफा, रोजगारीको अवसर र बजारमा स्थायी मागका कारण यो व्यवसायले आकर्षण बढाएको हो । तर, कुखुरा पालन व्यवसाय फस्टाउने क्रममा थुप्रै चुनौतीहरू पनि देखा परिरहेका छन् । यी चुनौतीहरू समाधान नगरेसम्म व्यवसाय दीगो, सुरक्षित र भरपर्दो बन्न सक्दैन ।

कुखुरा पालन व्यवसायमा देखापरेका प्रमुख चुनौतीहरूः
१. रोगको जोखिम र पशु स्वास्थ्यको अभाव ः
कुखुरा पालन व्यवसायको सबैभन्दा ठुलो चुनौती रोग हो । बर्ड फ्लु, न्यूक्यासल डिजिज, आईबी, आईएलटीजस्ता रोगहरू एक फार्मबाट अर्कोमा छिट्टै फैलन सक्छन् ।
धेरैजसो किसानहरूले रोगबारे पर्याप्त ज्ञान नपाएको, नियमित खोप नलगाएको वा समयमै पशु चिकित्सकको पहुँच नपाएको कारणले फार्म नष्ट हुने जोखिम रहन्छ । रोग लागेपछि किसानले लगानी गुमाउनुका साथै बजारमा मासुको आपूर्ति समेत प्रभावित हुन्छ । धेरै गाउँघरमा अझै पनि पशु सेवा केन्द्रमा दक्ष जनशक्ति वा औषधिको अभाव देखिन्छ ।
२. गुणस्तरीय चल्ला र आहारको अभाव ः
कुखुरा पालन सफल हुनको लागि उत्तम गुणस्तरका चल्ला र सन्तुलित आहार अनिवार्य हुन्छ । तर, ग्रामीण क्षेत्रमा चल्ला आपूर्ति गर्ने व्यवसायीक कम्पनीहरू सीमित छन् । धेरैजसो किसानले बिक्रेताबाट चल्ला खरिद गर्नुपर्ने बाध्यता हुन्छ, जसको गुणस्तर विश्वसनीय हुँदैन ।
त्यस्तै, आहारमा पोषक तत्वको सन्तुलन नभएको खण्डमा कुखुराको वृद्धिदर घट्छ, उत्पादन क्षमतामा कमी आउँछ र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । सस्तो मुल्यको लोभमा प्रयोग गरिने घटिया दाना (फिड) ले कुखुरामा आन्तरिक समस्या निम्त्याउने सम्भावना पनि रहन्छ ।
३. बजार व्यवस्थापनको अपारदर्शिता ः
कुखुरा पालनमा उत्पादन भए पनि किसानले उचित मूल्य पाउन सक्दैनन् । बजारमा निजी व्यापारीको नियन्त्रण हुँदा किसानहरू मुनाफा कमाउँन असफल हुन्छन् । थोरै संख्यामा रहेका ब्रोकर वा क्रेता समूहले मूल्य नियन्त्रण गर्दा उत्पादकलाई घाटा हुने अवस्था आउँछ ।
मूल्य निर्धारणमा पारदर्शिता नभएको, सरकारी बजार अनुगमन कमजोर भएको र सहकारीहरूको संजाल नबनेको कारण किसान बाध्यतावश सस्तो मूल्यमा कुखुरा वा अण्डा बेच्न बाध्य छन् ।
४. व्यवसायिक ज्ञान र तालिमको अभाव ः
कुखुरा पालन सफल बनाउने आधार भनेकै व्यावसायिक तालिम हो । तर, धेरैजसो किसानहरू परम्परागत अभ्यासमा भर पर्ने गर्छन् । कुखुराको जात छनौट, फार्मको संरचना, पोषण व्यवस्थापन, रोग नियन्त्रण, आर्थिक योजना आदि विषयमा आवश्यक ज्ञानको अभाव रहन्छ ।
नेपाल सरकार तथा निजी क्षेत्रबाट तालिम संचालन भए पनि ती सिमित समूहसम्म मात्र सीमित छन् । गाउँ–गाउँमा रहेका स–साना किसानहरू अझै पनि प्रविधिमैत्री अभ्यासबाट टाढा छन् ।
५. जलवायु परिवर्तन र वातावरणीय जोखिम ः
जलवायु परिवर्तनको प्रभाव कुखुरा पालनमा पनि देखिन थालेको छ । अत्यधिक गर्मी, चिसो, आन्धी–हुरी वा बाढीले फार्ममा नकारात्मक असर पार्दछ। तापक्रम असन्तुलित हुँदा कुखुरामा तनाव उत्पन्न हुन्छ, जसले उत्पादन क्षमतामा असर पार्छ ।
त्यस्तै, फार्मबाट निस्कने फोहोर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध, प्रदूषण तथा छिमेकीको असन्तोषजस्ता समस्या आउँछ । वातावरणमैत्री फार्म बनाउने प्रविधिको ज्ञान तथा लगानी धेरै किसानसँग नहुँदा यो समस्या बढ्दो छ ।
६. वित्तीय पहुँचको कठिनाइ ः
साना किसानहरूले कुखुरा पालन सुरु गर्न बैंकबाट ऋण पाउन कठिनाइ हुन्छ । वित्तीय संस्था ग्रामीण क्षेत्रमा पुग्नै सक्दैनन् वा किसानलाई धितो माग गर्ने प्रणालीले अवरोध सिर्जना गर्छ ।
त्यस्तै, कृषि बीमा कार्यक्रम पनि कागजी प्रक्रिया र अव्यवहारिक प्रावधानका कारण प्रभावकारी हुन सकेको छैन । जोखिमपूर्ण व्यवसायमा वित्तीय सुरक्षा नहुँदा साना किसान ठूलो नोक्सानमा पर्न सक्ने खतरा रहन्छ ।
७. नीति तथा सरकारी सहयोगको कमि ः
सरकारले पशुपालन प्रवद्र्धनका लागि केही कार्यक्रम ल्याएको भए पनि तिनको पहुँच सीमित व्यक्तिको छ । योजना प्रभावकारी कार्यान्वयनमा ध्यान नदिँदा अनुदान र तालिम साना किसानसम्म पुग्न सक्दैन ।
नीति निर्माणमा स्थानीय किसानको प्रतिनिधित्व छैन, जसले गर्दा वास्तविक आवश्यकता बुझेर योजना निर्माण हुने अवस्था छैन । त्यस्तै, अन्तरजिल्ला बजारको सहजता, प्रशोधन केन्द्रको अभाव, ढुवानी लागत, लाइसेन्स प्रणाली लगायतका नीतिगत विषयहरू पनि चुनौतीकै रूपमा छन् ।
निष्कर्ष :
कुखुरा पालन व्यवसायले नेपालको ग्रामीण अर्थतन्त्रमा आशाजनक सम्भावना देखाएको छ । तर, यस व्यवसायलाई दीगो, सुरक्षित र लाभदायी बनाउन त्यहाँ विद्यमान चुनौतीहरूको सम्बोधन अनिवार्य छ । रोग नियन्त्रण, गुणस्तरीय सामग्रीको आपूर्ति, बजार पारदर्शिता, तालिम, वित्तीय पहुँच र नीति सुधारमा सरोकारवालाहरूको समन्वयात्मक प्रयास आवश्यक छ । साना किसान केन्द्रित, वातावरणमैत्री र प्राविधिक रूपमा सशक्त प्रणाली विकास गर्न सकेमा कुखुरा पालन व्यवसायले नेपालमा खाद्य सुरक्षासँगै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।