दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या

दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या गरी एउटै खाडलमा गाडिएको अवस्थाका शव फेला परेको छ। प्रेम जोडीको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का शरद आचार्य र रोशनी महताराको शव आज त्यहिँकै जनकल्याण सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा फेल परेको ईप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।

डीएसपी मल्लका अनुसार शरदको शव माथि रोशनीको शव फेला परेको छ । उनीहरूलाई गाडिएको खाल्डो करिब डेढ मिटर मात्रै गहिरो छ । शव दुर्गन्धित भइसकेको प्रहरीले जानकारी दिएको छ । शरद र रोशनी कार्तिक २७ गते राति आआफ्नै घरबाट बेपत्ता भएको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।

आफन्तकहाँ कते फेला नपरेपछी शुक्रवार प्रहरी जानकारी गराइएको थियो । गाउँलेले जंगलमा खोज्ने क्रममा रोशनीको कपडा भेटाएपछी प्रहरीलाई खबर गरेका थिए खनेको माटो देखिएको ठाउँमा खनेर प्रहरीले शव निकालेको हो ।

उनीहरूको हत्या पश्चात खाल्डो खनेर गाडेको प्रहरीले बताएको छ । सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले घोराहीबाट एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

मृतक शरद र रोशनी स्थानीय अम्वापुर माविको ९ कक्षामा अध्यनरत थिए । उनीहरू बीच प्रेम सम्बन्धमा रहेको स्थानीयहरू बताउँछन् । दाङ प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले घटनाका बारेमा गम्भीर भएर अनुसन्धान थालिएको प्रतिक्रिया दिएका छन् ।

चामल बाँड्ने शहरी विकास मन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आइतबार चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड  (न) मा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था रहेको भन्दै आयोगले ‘तपाईंले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गर्नुभएको छ, छैन ?’ भनि प्रश्न गरेको  छ।

आयोगको सहमति बेगर चामल वितरण कार्यक्रम गरेको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ?

माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर

नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराउँदै सबै प्रदेश र जिल्लाहरूले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको एक नेताले जानकारी दिए ।

दुबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि प्रचण्डले सर्कुलरमार्फत निर्देशन दिएका छन् । यस्तै गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुबै पार्टीका प्रतिनिधित्व हुने गरी एकरुपतामा सहभागी हुन पनि प्रचण्डले निर्देशन दिएका छन् ।

यसैगरी पाँच दलीय गठबन्धनको असोज २७ गतेको निर्णयअनुसार अघि बढ्न माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसअनुसार गठबन्धनका तर्फबाट संयुक्त अपिल प्रकाश गर्न समिति गठन गर्ने, गठबन्धनका दलहरूलाई प्रभावकारी रुपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठबन्धन गर्ने, जिल्लाको आवश्यकताअनुसार गठबन्धनका दलहरुबीच छलफल गरी आवश्यकताअनुसारका अन्य समितिहरु गठन गर्ने र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनेगरी कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त भेला आयोजना गर्ने निर्णय छ ।