दाङ क्षेत्र नं.१ (क) कहिल्यै चुनाव नहारेका मन्त्री : इन्द्रजित थारु

गढवा, ४ कार्तिक

मंसिर ४ गते हुन गइरहेको दाङ क्षेत्र नं. १ प्रदेश (१) को लागि उमेदवार बन्नु भएको सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारूले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दावि गर्नुभएको छ ।

०७४ को निर्वाचनमा प्रदेश सदस्यमा निर्वाचित भइ गरेको महत्तवपूर्ण कामहरू र निर्वाचन क्षेत्रमा पु-याएको योगदानले गर्दा यसपटकको निर्वाचन सहजै आफ्नो हातमा पार्ने उमेदवार मन्त्री थारूले दाबी गर्नुभयो । उहाँले भन्नुभयो , ‘राजनिती यात्रा सुरु गरेदेखि आजसम्मका कुनै पनि निर्वाचन हारेको रेकर्ड छैन । मेरो निर्वाचन क्षेत्रका मतदाताहरू मलाई मतदान गर्न आतुर समेत हुनुहुन्छ ।’

देउखुरी क्षेत्रमा गरेको रणनीतिक महत्तवका विकास निर्माणहरू र परिपक्व राजनीतिक क्षमता र मेरा प्रतिस्पर्धी भनिएकाहरू आफैँमा पनि परिपक्व हुनुहन्न, मन्त्री थारूले भन्नुभयो ,–। ‘यो नै मेरो जितको मुख्य आधार हो ।’ मन्त्री थारूले २०५२ साल देखि राजनीतिक यात्रा सुरु गर्नुभएको हो । उनले २०६३ मा अन्तरिम व्यवस्थापिका सांसद सदस्य समेत हुनुहुन्छ ।

२०६४ मा प्रत्येक निर्वाचित संविधान सभा सदस्य समेत हुनुभएको हो । २०७४ दाङ क्षेत्र नं. १ प्रदेश (१)निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार प्रदिप थापालाई हराउँदै मन्त्री थारूले अत्यधिक बहुमतले विजयी प्राप्त गर्नुभएको थियोे । यता नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका गंगाराम भट्टराई प्रति जनताको आकर्षण कम रहेको र राजनीतिक, सामाजिक व्यक्ति नभइ, व्यापारी पृष्ठभूमिबाट आएकाले दाङ क्षेत्र नं. १ प्रदेश (१)मा शून्य प्रभाव रहेका कारण आफूले नजित्ने कुनै पनि कारण नरहेको मन्त्री थारूको भनाई छ ।

लामो समय नेकपा (माओवादी केन्द्र)को राजनीति गर्नु भएको मन्त्री थारूले नेकपा(माओवादी केन्द्र)मै रहँदाको आफ्नो विरासत समेत जितको मुख्य आधार रहेको दाबी गर्नुहुन्छ । देउखुरीबाट प्रदेश सभामा जनताहरूले क्षमतावान प्रतिनिधि पठाउन सफल भएकै कारण प्रदेश स्थाई राजधानी देउखुरी ल्याउन सफल भएको मन्त्री थारूले बताउनुभयो । यो नै मलाई जनताले विश्वास गर्ने मुख्य आधार रहेको मन्त्री थारुको भनाई छ ।

मतदाताको घरदैलोमा उमेदवार

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त रहनु भएको छ । विगतका निर्वाचनमा भन्दा यसपटक उम्मेदवारहरुले भोटमाग्ने शैली पनि परिवर्तन गर्नु भएको छ ।

विगतमा कुनै निश्चित ठाउँमा पुगेर चुनावी सभा गरेर फर्कने उम्मेदवारहरु यतिबेला घरदैलोमै पुगेर मतदातालाई भेट्ने गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. १ का उमेदवार मेटमणि चौधरी, प्रदेश १ ९१० का उमेदवार इन्द्रजीत थारु र प्रदेश १ (२) का उमेदवार अनुराग खड्काले निर्वाचन क्षेत्र अन्तरगत रहेका वडाहरुमा जताको घर–घरमै पुगेर मतदातालाई भेट गर्दै गठबन्धनको पक्षमा भोग माग्नु भएको छ । उनीहरुले जनताको समस्यालाई टिपोट गर्दै आफुहरुले निर्वाचन जितेपश्चात पुरा गर्ने वाँचा समेत गर्नुभएको छ ।

उम्मेदवार घरघरमा पुग्दा अधिकाँस मतदाताले विगतको पाँच वर्ष दाङ निर्वाचन क्षेत्र नं. १ भित्र जनताले चाहे अनुसारको विकास हुन नसकेको गुनासो पोखेका थिए । उनीहरुले जनप्रतिनिधिले मतदाताको मतको कदर समेत गर्न नसकेको बताएका थिए ।

घरदैलो कार्यक्रममा उमेदवार अनुराग खड्काले आफुहरुले निर्वाचन जिते पश्चात जनताको माझै आएर आफ्नो निर्वाचन क्षेत्रको योजना तर्जुमा गर्ने बताउनु भयो । उहाँले मतदातालाई भेट्दै हरेक जनताको सुख दुःखमा सधै साथमा रहने बाचाका साथ आफुहरु निर्वाचनमा होमिएको बताउनुहुदैँ, कृषिमा आत्मनिर्भर गराउने आफुहरुको पहिलो अठोट रहेको बताउनुभयो ।उज्यालो नेटवर्कबाट

आफ्नो योजनाले देउखुरीको मुहार फेरिने छ : मन्त्री मेटमणि चौधरी

गढवा, ४ कार्तिक

सहरी विकास मन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफुले ल्याएका योजनाहरुका कारण देउखुरीको मुहार फेरिने बताउनी भएको छ।

नेपाली कांग्रेस गढवाले शुक्रबार आयोजना गरेको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।

१० अर्बको लागतमा राप्ती कोरिडोर निर्माणको प्रक्रिया अघि बढेको बताउदै मन्त्री चौधरीले भन्नु भयो, ‘राप्ती कोरिडोर आयोजना अन्तर्गत नदीको दुबैतर्फ तटबन्ध बन्ने छ । जसका कारण बाढीको समस्या सदाका लागि हल हुनेछ । त्यसका साथै सैयौँ विघा जग्गा जनताको हातमा आउने छ । नदीको दुवैतर्फ फराकिला बाटा, हरियाली कायम हुनेछ । नदी किनारमा आधनिक शहर निर्माण हुनेछ । पर्यटनको प्रवद्र्धन हुनुका साथै आयस्रोतका अनेक बाटाहरु खुल्नेछन् ।’

राप्ती कोरिडोर गेम चेन्जर परियोजना रहेको बताउँदै मन्त्री चौधरीले सीमा नाका जोड्ने बाटो निर्माण, श्रीनगर चोकदेखि स्वर्गद्धारी जोड्ने ५५ किलोमिटरको बाटो निर्माण, बनगाउँदेखि स्वर्गद्धारी जोड्ने केवलकार निर्माण, घाराहीलाई केन्द्र मानी मुख्य सहर जोड्ने पोड वे लगायतका परियोजनाका कारण देउखुरीको मुहार फेरिने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु, कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, अनुप थापा, सकुन्तला डिसी लगायतले गठबन्धनका पक्षमा लाग्न सबैलाई निर्देशन दिनुभएको थियो।

विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ: मन्त्री मेटमणि चौधरी

गढवा, ४ कार्तिक

क्षेत्र नम्बर १ दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको बताउनु भएको छ।

घोराही–२ पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘मैले विकासका काममा यो दल त्यो दल भन्ने गरेको छैन । सांसद हुने बित्तिकै संसद विकास कोषको रकमबाट पहिलो वर्ष नै विपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालेँ ।फेरि फिनिसिङ गर्नका लागि रु १ करोड थप रकम उपलब्ध गराउँदै छु । किनकि विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ । मैले त्यतिबेला कांग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट दिएको त थिएन । र यसपाली जनमोर्चाका साथीहरुले भवन बनाइदिन अनुरोध गर्नुभएको छ । उहाँहरुको लागि पनि भवन बनाइने छ।’ मन्त्री चौधरीले भन्नु भयो।

‘सांसद विकास कोषको पैसा बाँड्दा समेत सबै दलका नेताहरुलाई बोलाएरै बाँडफाँड गरेको थिएँ । विकास सबैको साझा चाहना भएकोले सबैलाई मिलाएर हिँड्न जरुरी छ । जनतालाई विभाजन गरेर कसैको हित पनि हुदैन ।’ मन्त्री चौधरीको भनाई थियो ।