सरकारलाई समर्थन गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न लमहीमा र्याली प्रदर्शन

देउखुरी, ३० बैशाख। नेकपा (माओवादी केन्द्र) नेता युवराज पाैडेलको अगुवाइमा नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्नलाई कारबाहीको माग गरेर दाङको लमहीमा प्रदर्शन गरेका छन् । उनिहरूले शनिबार धमला चोक देखि लमही बजार हुदैँ बसपार्कसम्म प्रदर्शन गरेका हुन् । भ्रष्टचार बिरुद्धको अभियानमा ऐक्यवद्धता र खबरदारी गरौँ, भ्रष्टचारी बिरुद्ध आम नागरिक एक हाँै भन्ने नारा सहतिको लमहीमा ¥याली प्रदर्शन गरेका हुन् ।


भ्रष्ट, नालायकहरु बिरुद्ध सबै एकजुट हुने दिन आयो, पार्टी, संस्था, वादलाई आफैसित राखेर राष्ट्रका लागि उत्रिने बेला आयो भन्दै प्रदर्शनमा सहभागीहरुले शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका ओरोपितहरु भ्रष्ट सबैलाई जेलमा कोच भन्ने प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका र पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अहिले सम्पर्क विहीन छन् । प्रहरीले खोजी गरिरहेको बताए पनि उनलाई पक्रन सकेको छैन ।


नेकपा (माओवादी केन्द्र) युवा नेता युवराज पैडेलले सरकारले राम्रो काम गरिरहेकाले त्यसमा समर्थन र ऐक्यवद्धता जनाउन तथा भ्रष्टाचारीलाई कारबाही गर्न कुनै दवावमा सरकार नझुकोस् भनेर खबरदारी गर्नका निम्ति प्रदर्शन गरेको बताउनुभयो ।।

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यकालाई व्यवस्थित र जोखिममुक्त राजधानी निर्माणमा सम्झौता

गढवा, ३० वैशाख । लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकालाई व्यवस्थित नयाँ सहर र जोखिम मुक्त प्रदेश राजधानी निर्माण गर्ने उद्देश्यले टुमारो सिटि संस्था र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच लिखित सम्झौता भएको छ ।

राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती गाउँपालिका, गढवा गाउँपालिका, अर्घाखाँचीको सितगंगा नगरपालिका पर्दछन् । अनुसन्धान टोलीको तर्फबाट परियोजनाका प्रतिनिधि विदेशी प्रोफेसर जोन म्याक्लोस्की र पालिका तथा नगरपालिकाको तर्फबाट राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यम नारायण पोख्रेल र सितगंगा नगरपालिकाका नगर प्रमुख छविराज पौडेल र प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

सम्झौता गरे लगत्तै उक्त क्षेत्रमा अवस्था पहिचान अध्ययन कार्य सुरु भएको छ । अब ६ महिनाको अध्ययन पश्चात प्रतिवेदन तयार पारी निर्माण कार्य पनि सुरु हुने प्राधिकरणका प्रमुख पोख्रेलले बताए ।

उक्त अनुसन्धान कार्यक्रमलाई सम्बोधन गर्दै सोही क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री ईन्द्रजीत थारुले प्रदेश राजधानी निर्माण गर्न अहिलेको पुस्ता जिम्मेवार भएर लाग्नु पर्ने बताए । “भविष्यको पुस्ताको लागि अहिले निर्माण भएको पूर्वाधार धरापमा परिणत नहोस् यो हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो”–उनले भने

राप्ती उपत्यकालाई व्यवस्थित रुपले विकास गर्ने क्रममा भविष्यमा आई पर्न सक्ने प्रकोपहरु र विपदबाट सुरक्षित हुने गरी विकास गर्न शहरीकरण भईरहेको क्षेत्रमा जोखिम न्यूनीकरण गर्ने, शहरको बहुजोखिम परिदृश्यहरुको वैज्ञानिक ढङ्गले अध्ययन, विश्लेषण गरेर त्यस बमोजिम योजना तय गर्ने तथा शहरमा आर्थिक रुपमा विपन्न समुदायको जोखिम न्यूनीकरण गर्ने, सामाजिक सद्भाव कायम गर्ने, वातावरणमैत्री शहर निर्माण गर्ने र कृषिलाई वैज्ञानिकीकरण गर्ने र प्रविधिमैत्री शहर निर्माणका लागि यी विषयमा केन्द्रित रही सम्झौता गरिएको मन्त्री ईन्द्रजीत थारुले बताए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाका जनप्रतिनिधि, परियोजनाका विज्ञ सदस्यहरू, सरोकारवालाहरुको प्रतिनिधिमुलक उपस्थित रहेको थियो ।देउखुरी टुडे बाट

गढवा २ कोठरीका महिलाहरुलाई चप्पल बनाउने तालिम

गढवा, २९ बैशाख । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका महिलाहरु लाई चप्पल बनाउने तालिम दिईएको छ ।

उध्धोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित सात दिने चप्पल उत्पादन सिप तालिमको शुक्रबार समापन गरिएको छ ।

वडा नम्बर २ को वडा अध्यक्षको सभाध्यक्षतामा सम्पन्न भएको तालिमको समापन गर्दै कार्यक्रमको प्रमुख अथिति तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सिकेको सीपबाटै व्यावसायिक बन्न सकिने सुझाव सहभागीलाई दिनु भयो । सीकेको सीपलाई निरन्तर व्यवहारमा लागू गरी आयआर्जन गर्न सुझाव दिँद्रै अध्यक्ष पोख्रेलले महिलाहरुलाई व्यवसाहिक स्वरोजगार बन्नका लागी पालिकाले समेत प्राथमिकता दिएको बताउनुभयो । उद्यम सिकेर व्यवसाय सञ्चालन गर्न सके आत्मनिर्भर संगै आर्थिक समृद्धि हुने बताउदै अध्यक्ष पोख्रेलले तालिमबाट प्राप्त ज्ञान र सिपको उच्चतम प्रयोग गरि व्यसायीक बन्न आग्रह गर्नुभयो । साथै उहाँले चप्पल उत्पादन गरे यसको बजारीकरण र प्रचार प्रसारमा गाउँपालिकाले सहयोग गर्ने बताउनु भएको छ ।

समापन कार्यक्रम सहभागिहरुको तर्फबाट बोल्दै बिमला यादवले व्यवसाहिक तथा क्षमतावन बनाउन तालिमले सहयोग पुगेको भन्दै अब समुहिक रुपमा व्यवसाय संचालन गर्ने सोच बनाएको बताउनुभयो। तालिम सिक्यो, पालिकाले स्रोत साधनको व्यवस्थापन गरिदिए आफुहरु सामुहिक रुपमा चप्पल बनाउने कार्यक्रमलाई निरन्तरता दिने सोच बनाएको बताउनुभयो। आफुहरु संग काम गर्ने सोच भएको बताउदै तालिममा सिकेको कुरा ब्यबहारमा उतार्दै व्यवसायीक रुपले अघि बढ्ने बताउनुभयो।

तालिम समापन कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरी, कृषि प्राविधिक फुलनदेवी चौधरी, उद्यम विकास सहजकर्ता मिना चोधरी र बिनु भुजेल, गढवा गाउँपालिका प्रेस संयोजक लगायतको उपस्थिति रहेको थियो।

तालिममा ३१ जना महिलाहरुको सहभागिता भएको तालिममा प्रशिक्षक जोगेन्द्र नेपाल रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण उध्दम विकास सहजकर्ता बिनु भुजेलले गर्नु भएको थियो ।