सरकारलाई समर्थन गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न लमहीमा र्याली प्रदर्शन

देउखुरी, ३० बैशाख। नेकपा (माओवादी केन्द्र) नेता युवराज पाैडेलको अगुवाइमा नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्नलाई कारबाहीको माग गरेर दाङको लमहीमा प्रदर्शन गरेका छन् । उनिहरूले शनिबार धमला चोक देखि लमही बजार हुदैँ बसपार्कसम्म प्रदर्शन गरेका हुन् । भ्रष्टचार बिरुद्धको अभियानमा ऐक्यवद्धता र खबरदारी गरौँ, भ्रष्टचारी बिरुद्ध आम नागरिक एक हाँै भन्ने नारा सहतिको लमहीमा ¥याली प्रदर्शन गरेका हुन् ।


भ्रष्ट, नालायकहरु बिरुद्ध सबै एकजुट हुने दिन आयो, पार्टी, संस्था, वादलाई आफैसित राखेर राष्ट्रका लागि उत्रिने बेला आयो भन्दै प्रदर्शनमा सहभागीहरुले शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका ओरोपितहरु भ्रष्ट सबैलाई जेलमा कोच भन्ने प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका र पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अहिले सम्पर्क विहीन छन् । प्रहरीले खोजी गरिरहेको बताए पनि उनलाई पक्रन सकेको छैन ।


नेकपा (माओवादी केन्द्र) युवा नेता युवराज पैडेलले सरकारले राम्रो काम गरिरहेकाले त्यसमा समर्थन र ऐक्यवद्धता जनाउन तथा भ्रष्टाचारीलाई कारबाही गर्न कुनै दवावमा सरकार नझुकोस् भनेर खबरदारी गर्नका निम्ति प्रदर्शन गरेको बताउनुभयो ।।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *