गढवामा महिला समूहहरुद्वारा चप्पल उत्पादन व्यवसाय सुरु

गढवा, २३ जेठ। दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुको लगानीमा चप्पल उत्पादन व्यवसाय सुरु भएको छ।

गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समूह र लालीगुराँस उध्दमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् ।

आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुलनाराका साथ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चप्पल उत्पादन व्यवसायको उद्घाटन गरिएको हो।

गढवा गाउँपालिका वडा नम्बर २का वडा सदस्य ओम प्रकाश चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

चप्पल उत्पादन व्यवसाय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा २ नम्बर वडा सदस्य ओम प्रकाश चौधरीले सानो लगानी बाट ठुलो व्यवसायी बन्न सकिने बताउनु भयो । २ नम्बर वडामा लगभग १२ सय घर परीवार रहेकोले उत्पादन भएको चप्पल १२ सय घर परिवारले प्रयोग गरे चप्पलको बजारीकरणमा समस्या नहुने बताउनु भयो । आत्मबिस्वास बिना कुनै काम सफल नहुने बताउदै तन मन बचन र मिहेनतले लागे जस्तो सुकै जटिल काम पनि सफल हुने बताउनु भयो । गढवा गाउँपालिका र महिला उद्यम शाखाको ठुलो योगदान रहेको बताउदै चप्पल उत्पादनमा लाग्न अनुरोध समेत गर्नु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट आतिथी तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले गरिव बिपन्न बर्गहरुको आर्थिक अवस्था सुधारका लागि चप्पल उत्पादन व्यवसाय नमुना कार्य भएको बताउनु भयो। पालिकाको लगानीमा तालिम पश्चात तत्काल व्यवसायमा सञ्चालन गर्ने कुरा सामान्य नरहेको बताउदै जति तारिफ गरे पनि कमी हुने बताउदै चप्पल उत्पादन व्यवसायको सफल्ताको शुभकामना दिनु भयो । चप्पल उत्पादन गर्दा गढवा उद्योग बाणिज्य संघमा दर्ता प्रक्रियाको लागि आफुले सम्पूर्ण सहयोग गर्ने बताउदै व्यापारमा नाफा घाटा दुबै हुन सक्छ तर हरेक समयको सामाना गर्दै हरेस नखाई दिनरात निरन्तर लागे सतप्रतिशत सफल हुने बताउनु भयो। उत्पादन भएको चप्पलको बजारीकरणको समस्या हुन नदिने पालिका संग सहकार्य गर्दै उध्धोग बाणिज्य संग निरन्तर साथ शहयोग र समन्वय गर्ने आस्वासन दिनु भयो ।

कार्यक्रम बोल्दै गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले व्यवसाय सञ्चालनमा आईपर्ने समस्या, दर्ता प्रक्रिया, व्यवसाय सञ्चालन प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो।

चप्पल उत्पादन व्यवसाय उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका २ नम्बर वडा सदस्य राधेश्याम थारु कुमाल,गढवा गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, कृषि बिकाश साखा प्राविधिक फुलनदेवी चौधरी, रोजगार शाखाका सत्यपाल यादव, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, समाजसेवी शिवलाल पोख्रेल, उद्यम विकास सहजकर्ता मिना चौधरी,गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगातकाको उपस्थिति रहेको थियो।

सिर्जनशिल लघु उद्यमशिल समूहका सचिव संगिता चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण समूहाकी सदस्य निमा बोटेले गर्नु भएको थियो।

विद्यालय हाताभित्र शिक्षक र सूचना अधिकारी यादवमाथि हातपात

गढवा, २३ जेठ । राजपुर गाउँपलिका-२ मा रहेको जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक तथा सिस्ने अनलाइनकर्मी एवम् विद्यालयका सुचना अधिकारी श्रवण कुमार यादव माथी विद्यालयकै प्रांगणमा मंगलबार करिब दिउँसो १ बजे २ जनाको समूहले कुटपिट भएको छ ।

पिडित यादवले दिएको जानकारी अनुशार आज दिउँसो १ बजेको समयमा राजपुर गाउँपालिका-२ बेलाका स्थानीय आनन्द अधिकारी र त्रिलोक कार्कीले विद्यालयको मुख्य द्वारको ताला फोडेर विद्यालय परिसरमा प्रवेश गरि हेड सर खै भन्दै सोधपुछ गरे, हेड सर विद्यालयमा नभएपछि अन्य शिक्षकहरुलाई गाली गलौच गर्न शुरु गरे । लगत्तै त्यहाँ भएका अभिलेख बोर्ड तोडफोडमा उत्रिएका थिए ।

अधिकारी र कार्कीले विद्यालयकी शिक्षिका राधा खनाल माथी पनि हातपात गर्न खोजेका थिए, त्यति बेला मैले भिडियो गराउन लागेको देखेर मोबाईल खोसेर लगे अनि म र शिवदेब यादवलाई कुटपिट गरे’- यादवले भन्नू भयो ।

गुण्डागिरी शैलीमा विद्यालय भित्र प्रवेश गरि विध्वंस मच्च्याई रहेका बेला विद्यालयका अन्य स्टाफहरु र विद्यार्थी जम्मा भएपछि उनिहरु ढुंगा मुढा गर्दै निस्किएका थिए ।

अधिकारी र कार्कीले आफुहरुलाई के कति कारणले आक्रमण गरे आफुहरुलाई कुनै जानकारी नभएको शिक्षक यादवले बताउनु भयो । पिडितहरुले अनाहकमा विद्यालयमा प्रवेश गरि आफुहरुमाथी आक्रमण गर्नेहरुलाई पक्राउ गरि कानूनी कारबाही गर्न जोडदार माग गर्दै राजपुरको बेला चौकीमा मुद्दा समेत हालेको छ ।

गढवा गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमाको लागि सरोकारवालाहरु संग अन्तक्रिया

गढवा, २२ जेठ ।गढवा गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमाको लागि छलफल सरोकारवालाहरुसंग सोमबार राय सुझाब संकलन तथा पूर्व बजेट छलफल कार्यक्रममा सम्पन्न भएको छ।

कार्यक्रममा मा बोल्दो गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हाल सम्म पालिकाले गर्दै आएको कार्यक्रमहरु उपलब्धि मुलक भए नभएको अवस्था हेरी बजेट थपघट गर्ने बताउनु भयो। गाउँपालिका क्षेत्रमा कृषि र पशुको क्षेत्रमा बिशेष फोकस गरिने बताउनु भयो। स्वास्थ्य क्षेत्रमा पनि पालिकाको बिभिन्न ठाउँमा स्वास्थ्य थप प्रभावकारी सेवा दिन बिशेष पहल गरिने बताउनु भयो। त्यसैगरी आगामी बजेटमा संघ संस्थाका तर्फ बाट तिस प्रतिशत लगत साझेदारीमा शंघ सस्थासंग सहकार्य समन्वय गरेर अघि बढ्ने योजना रहेको बताउनुभयो। संघ र प्रदेश बाट आउने अनुदान बजेट घटेर आउने भएको बताउदै आर्थिक वर्ष २०८०/०८१ मा थोरै कार्यक्रम तर प्रभावकारी योजना बनाउने बताउनु भयो। चालु आर्थिक वर्षमा लगभग चार सय योजना रहेको बताउदै अध्यक्ष पोख्रेलले अबको आर्थिक वर्षमा पाँच लाख भन्दा कमको योजनाको कटौती गर्ने बताउनु भयो। लाख दुईलाखको योजनाबाट सेवाग्राहीहरु लाई सास्ती भोग्नु परेको बताउदै आवश्यकता अनुसारको ठोस ठोस बजेट कार्य सम्पन्न हुने हिसाबले बिनियोजन गर्ने बताउनु भयो । पालिकाको उत्कृष्ट नीति तथा कार्यक्रम निर्माणका लागी सरोकारवालाहरु संग बृहत अन्तक्रिया कार्यक्रम गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

नीति तथा कार्यक्रम तर्जुमाको लागि अन्तक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले शिक्षा,स्वास्थ्य,कृषि, लगाएतको क्षेत्रमा उपलब्धी मुलक हिसावले लगानी गर्नु पर्ने धारणा ब्यक्त गरेका हुन। आर्थिक बर्ष २०८०/०८१ मा निति तथा कार्यक्रमहरु प्रभावकारी, आयमुलक, स्वरोजगार मुलक रुपमा बजेट बिनियोजन गर्नु पर्ने सुझाव दिएका छन्।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको अन्तक्रिया कार्यक्रममा पालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, वडाध्यक्षहरु बाबुराम अधिकारी, बक्तु चौधरी, तुलसी राम अधिकारी, हरिभगत चौधरी, लेख बहादुर थापा,बिर बहादुर आले मगर, राहुलदेव चौधरी र अब्दुल खालिक सिद्दिकीको उपस्थिति रहेको थियो।

गढवा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तर्जुमाको लागि सरोकारवालाहरुको राय सुझाब संकलन तथा पूर्व बजेट छलफल कार्यक्रममा गढवा गाउँपालिकामा रहेका सरकारी, गैर सरकारी संघ सस्थाका प्रतिनिधि, विभिन्न उपभोक्ता समितिका प्रतिनिधि,राजनीतिक दल, बिभिन्न संघ संस्था, सरोकारवालाहरुको उपस्थित रहेको थियो।