दाङ – २ बाटै चुनाव लड्ने महराको उद्‍घोष

आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीका बिषयमा मौन रहँदै आएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफू दाङ –२ बाटै निर्वाचन लड्ने उद्घोष गर्नु भएको छ । उनले आफू प्रतिनिधिसभा निर्वाचनमा लड्ने र आफ्नै चुनावी क्षेत्रबाट लड्ने समेत बताउनुभयो । महरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाटै निर्वाचित हुनु भएको थियो। ‘म चुनाव लड्छु, त्यो पनि आफ्नै क्षेत्रबाट लड्छु,’ नागरिकसंगको भेटमा उपाध्यक्ष महराले भन्नुभयो ‘हुन त, अन्य क्षेत्रबाट पनि साथीहरुले मेरो उम्मेदवारीको अपेक्षा गर्नुभएको छ, तर म आफ्नो क्षेत्र छोडेर अन्त जान्नँ। ’ उनले आफ्नो क्षेत्रका मतदाताहरुले उम्मेदवार बनोस् भन्ने चाहिरहेको भन्दै आम मतदाताको चाहनालाई आफूले नकार्न नसक्ने समेत जानकारी दिनुभयो ।

‘मलाई मतदाता साथीहरुले चाँडै उम्मेदवारी घोषणा गर्नुस् भनेर भनिरहनु भएको छ,’ उनले भने ‘मतदाताहरुले यसै निर्वाचन क्षेत्रबाट उठ्नका लागि गरेको चिन्तनको कदर गर्दै म आफ्नै क्षेत्रबाट चुनाव लड्छु। ’ माओवादी केन्द्रले आईतबारै महराको नाम यसै क्षेत्रबाट उम्मेदवार सिफारीस गरिसकेको छ।

महराले आफू यसै निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि आफ्नो नाम पहिलो नम्बरमै सिफारीस गर्न समेत माओवादी क्षेत्र नम्बर २ समन्वय समितिलाई भन्नु भएको थियो । ‘म यसै क्षेत्रबाट चुनाव लड्ने हुँ, सिफारीसका लागि बोलाईएको बैठकमा मेरो नाम एक नम्बरमा सिफारीस गर्नु भनेर भन्ने छु,’ नाम सिफारीस हुनु अघि नागरिकसंग उनले भनेका थिए ‘मेरो नाम पहिलो नम्बरमा सिफारीस हुन्छ।’ दाङ २ माओवादी केन्द्रले पाउने निर्णय गठबन्धनका बिचमा भैसकेको भन्दै उनले थपे, ‘मेरो क्षेत्र दाङ २ मा माओवादी केन्द्रले नै टिकट पाउने निर्णय भैसकेको छ, यहाँको उम्मेदवार म नै हो।

यस अघिसम्म महराले आफू चुनाव लड्ने वा नलड्ने बारेमा केहि बोलेका थिएनन्। ‘म अहिलेको भन्दा पनि पछिको परिस्थती आँकलन गरेर खुलेको थिएन,’ महराले भने, ‘पार्टीको निर्णयलाई मानेर अघि बढ्नु पर्छ, फलतः पार्टीको आधिकारीक मनासाय नबन्दै खुल्नु पनि उचित हुँदैन।’महरा दाङ २ बाट निर्वाचन लड्ने भए महरा र एमाले महासचिव शंकर पोख्रेलका बिचमा चुनावी प्रतिष्पर्धा हुने छ।

एमालेले पोख्रेलको नाम यो क्षेत्रबाट सिफारीस गरिसकेको छ। साथै महासचिव पोख्रेलले आफू दाङ २ बाटै निर्वाचन लड्ने निर्णयमा पुगिसकेका छन्। उनले आइतबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा आफू दाङ २ बाट चुनाव लड्नका लागि नभई चुनाव जित्नका लागि उम्मेदवार बन्ने बताएका छन्।

माओवादी केन्द्र दाङद्वारा समानुपातिक उम्मेदवारमा ४२ जनाको नाम सिफारिस

नेकपा माओवादी केन्द्र दाङले मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाबाट ४२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्र दाङको बैठकले प्रतिनिधिसभामा १६ र प्रदेशसभामा २६ गरी ४२ जनाको नाम समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभातर्फ सिफारिस हुनेहरुमा नारायणी शर्मा (खस आर्य महिला), शुष्मा शर्मा घिमिरे (खस आर्य महिला), शेषुुराम भण्डारी (खस आर्य÷अपाङ्ग), लुमबहादुर कार्की (खस आर्य), कुदबुुद्धिन फारुकी (मुस्लिम), चुरामणी नेपाली (दलित), मोहन थापा (आदीवासी जनजाति) पर्शुनारायण श्रेष्ठ (आदीवासी जनजाति), डोमाकान्त कवर मगर (आदिवासी जनजाति), नरबहादुुर वली (खस आर्य), चन्द्रप्रकाश भट्टराई (खस आर्य), टंक बिष्ट (खस आर्य), सृजना चौधरी (थारु), सि.पी. शर्मा (खस आर्य तथा घाइते), खुशीराम चौधरी (घाइते तथा थारु) र आर.डी. यादव (मधेसी) रहनुभएको छ ।

महिला), रामबहादुुर दहित (थारु÷अपाङ्ग), दामा शर्मा (खस आर्य महिला), पुनम शेरपाईली (दलित/महिला), प्रमिता चौधरी(थारु÷महिला), मिस्त्रीलाल गुुप्ता (मधेशी), सद्दाम सिद्धिकी (मुस्लिम), खर्के सुनार (दलित), मानसिंह सुनार (दलित), जगबिर चौधरी (थारु), मीना बुढा (आदिवासी जनजाति) र सुशीला केसी (खस आर्य महिला) रहनुभएको छ ।त्यस्तै सुशीला चौधरी (थारु/महिला), हिरालाल चौधरी (थारु), पुण्यप्रसाद चौधरी (थारु), पुष्पा यादव (मधेसी/महिला), रवि थापा (खस आर्य/घाईते), हिरा खड्का (खस आर्य/महिला), फडिन्द्र के.सीं. (खस आर्य पुरुष), अमर कंवर (खस आर्य पुरुष), अमर नेपाली (दलित), भुपेन्द्रसिंह चित्रकार (दलित), गौमती पुुन (आदिवासी जनजाति), दयाजी रोका मगर (आदिवासी जनजाति) र शान्तराज पन्थी (खस आर्य)लाई सिफारिस गरिएको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

लमहीसहित ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बन्दै

नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगबाट करिब ३८ करोड रुपैयाँ लागतमा यी संरचना निर्माण भइरहेका हुन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा बनाइएको अत्याधुनिक फास्ट चार्जिङ स्टेसन उद्घाटन गरिन् ।

आन्तरिक विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढावा दिनु अहिलेको आवश्यकता रहेको र त्यसका लागि चार्जिङ स्टेसन स्थापना महत्त्वपूर्ण कदम रहेको मन्त्री भुसालको भनाइ छ ।

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहर पर्ने ५१ स्थानमा विद्युतीय सवारीसाधन छिटो चार्ज गर्न मिल्ने स्टेसन बनाइरहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा सानाठूला कार चार्ज गर्न मिल्नेछन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।झापाको बिर्तामोड बसपार्कमा २ र दमक चार्जिङ केन्द्रमा थप २ गरी ४ वटा चार्जिङ स्टेसन बनाइनेछ । मोरङको विराटनगर बसपार्क र सुनसरीको इनरुवा बसपार्कमा पनि चार्जिङ स्टेसन राखिनेछ ।

उदयपुरको बेलका, सप्तरीको प्रहरी कल्याण कोष पेट्रोल पम्म, इलाका प्रहरी कार्यालय निजगढ र मकवानपुरमा दुई–दुईवटा चार्जिङ स्टेसन राखिनेछन् । चितवनको पारस बसपार्कमा दुई र मुग्लिङ पुलमा एउटा चार्जिङ स्टेसन राखिनेछ । सर्लाहीको हरिऔन रिफ्रेस सेन्टर र धादिङको इलाका प्रहरी कार्यालयमा पनि चार्जिङ स्टेसन बनिरहेका छन् ।

काठमाडौं उपत्यकाभित्र साझा सेवा बल्खुमा दुई, ललितपुरको साझा यातायातमा दुई, नेपाल पुलिस क्लबमा एउटा र नेपाल विद्युत् प्राधिकरणमा एउटा चार्जिङ स्टेसन रहनेछन् । काभ्रेको बनेपामा रहेको साझा सेवामा पनि दुई चार्जिङ स्टेसन बन्नेछन् ।रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नवलपरासीको बर्दघाटस्थित इलाका प्रहरी कार्यालय र कपिलवस्तुको गोरुसिंगेस्थित इलाका प्रहरी कार्यालयमा पनि दुई–दुईवटा चार्जिङ स्टेसन राख्ने तयारी छ । दाङको लमही बसपार्क, बाँकेको कोहलपुरस्थित नेपाल एपीएफ स्कुल र सुर्खेतको नयाँ बसपार्कमा पनि दुई–दुई चार्जिङ स्टेसन राखिनेछ ।

रूपन्देहीको भैरहवा बसपार्क र कैलालीको सशस्त्र प्रहरी बल बैजनाथ वाहिनीमा चार्जिङ स्टेसन राखिनेछ । पोखराको पर्यटक बसपार्क र लेकसाइडमा पनि चार्जिङ स्टेसन बनाइँदै छ । नुवाकोटको बसपार्कमा एउटा र हावा घरमा अर्को चार्जिङ स्टेसन बन्नेछ ।

सिन्धुलीको सिन्धुलीगढी बसपार्क र खुर्कोट रिसोर्ट सेन्टर, महोत्तरीको बर्दिबासस्थित इलाका प्रहरी कार्यालय र कञ्चनपुरको शैलेश्वरीस्थित सशस्त्र प्रहरी बलमा पनि चार्जिङ स्टेसन बन्दै छन् ।