‘दि मुस्लिम भेनिशेस’:- मुस्लिममुक्त भारतकाे नाटकीय परिकल्पना र धरातलीय यथार्थ

भारत एक सामाजिक, धार्मिक र साँस्कृतिक विविधता भएकाे बहुरङ्गी मुलुक हाे तर आज यसकाे यही सबैभन्दा ठूलाे विशेषता वा शक्ति निशानामा परेकाे छ। पछिल्ला केही बर्षदेखि यस मुलुककाे दाेस्राे सबैभन्दा ठूलाे धार्मिक समूह (मुस्लिम) काे अस्तित्वलाई नकार्ने र उनकाे वैधतामाथि प्रश्न उठाउने कोशिश गरिन्दैछ। यही सन्दर्भमा यस बर्षकाे सुरुवातमा वरिष्ठ पत्रकार सईद नकवीकाे एउटा पुस्तक बजारमा आएकाे छ ‘द मुस्लिम भेनिशेस’ (The Muslims Vanishes). याे पुस्तक मूलतः एक काल्पनिक व्यङ्ग्य नाटक हाे। सईद नकवीले यस व्यङ्ग्य नाटककाे माध्यमबाट भारतकाे वर्तमान राजनीतिक परिप्रेक्ष्यमा कैयौं महत्वपूर्ण प्रश्नहरु उठाएका छन् जो काल्पनिक हाेइनन्, बरु वास्तविक हुन्। जसमध्ये मुख्य प्रश्न याे हाे कि के ‘मुस्लिम मुक्त’ भारत एक मजबूत भारत साबित हुनेछ? अनि, के यी दुई समुदायका बीच सदियाैंदेखि हुर्केबढेकाे साझा विरासत र धरोहरलाई यति सजिलैसँग मेटाउन सकिन्छ?

‘द मुस्लिम भेनिशेस’ एक सरल तर प्रभावशाली कथा हाे जो भारतकाे वर्तमान सामाजिक-राजनीतिक परिस्थितिहरुकाे सन्दर्भमा अगाडि बढ्छ। पुस्तककाे सुुरुवात याे खबरबाट हुन्छ कि एकदिन अचानक भारतकाे पूरै मुस्लिम जनसंख्या देशबाट गायब हुन्छ र अब यहाँ उनकाे कुनै नामो-निशान बाँकी रहन्दैन। उनीहरुद्वारा छाेडिएका सम्पत्तिहरु र व्यवसायहरु बाहेक। यहाँसम्म कि उनीहरु आफुहरुसँग कुतुबमिनार, बिरयानी र उर्दू भाषा पनि सँगै लिएर गएका हुन्छन्। यसपश्चात् पूरै देशमा अराजकताकाे माहौल उत्पन्न हुन्छ। कसैले बुझ्न सकिरहेको हुदैन कि यहाँ के भइरहेछ ?

अचानक भएकाे याे घटनाबाट मानसिक रुपमा बाहिर निस्केपश्चात् मानिसहरुकाे ध्यान मुस्लिमहरुद्वारा छोडिएका जग्गा-जमिन, घर-भवन र उनीहरुका सम्पत्ति तथा कारोबारहरुतर्फ जान्छ। उनीहरु आपसमा मिलेर याे अर्बोंकाे सम्पत्तिलाई बाँडेर मुस्लिम-मुक्त भारतकाे लाभ उठाउने योजना बनाउँछन् तर याे सम्पत्ति बाँडफाँड गर्ने कार्य यति सजिलाे हुदैन। मुस्लिमहरुद्वारा छोडिएका सम्पत्तिहरुमाथि कब्जा जमाउने बिषयलाई लिएर सवर्ण-प्रभुत्वशाली जाति र दलित-पिछडा वर्गका जातिहरुका बीचमा विवादकाे स्थिति उत्पन्न हुन्छ जसले पछि गएर वर्चस्वकाे लडाईँकाे रुप धारण गर्छ। जनसँख्यामा अधिक भएका कारण दलित-पिछडा वर्ग तथा जाति/समुदायकाे पल्ला भारी हुन्छ र उनीहरुले नै मुस्लिमहरुले छाेडेका अधिकांश सम्पत्तिहरु तथा काराेबार/व्यापारहरुमाथि कब्जा जमाउँछन् र अब यससँगै उनीहरुकाे दाबी र हस्तक्षेप राजनीति र ठूला पदहरुमा पनि बढ्दै जान्छ।

याे ती मानिसहरुका लागि एउटा ठूलाे भुकम्पकाे झटका सरह हुन्छ जो ‘मुस्लिम मुक्त भारत’ का आकाँक्षी थिए र मुस्लिमहरुलाई हिन्दू राष्ट्रकाे स्थापनाकाे दिशामा अवराेधकका रूपमा हेरिरहेका थिए तर मुस्लिममुक्त भारतकाे आफ्नै अलगै किसिमका समस्याहरु सामुन्ने आउन थाल्छन्। हिन्दुहरुकै बीचमा मतभेद देखिन थाल्छ। सवर्णहरु र दलित तथा पिछडा जाति/समुदायहरुका बीचमा संघर्षकाे स्थिति उत्पन्न हुन पुग्छ। आफ्नाे जनसंख्याकाे बलका कारण दलित एवं पिछडा जाति/समुदायहरुकाे वर्चस्व बढ्न थाल्छ। दलित एवं पिछडा जाति/समुदायहरु राजनीतिक रूपले मजबूत बन्दै जानु र उनीहरुकाे शक्तिशाली पदहरुमा आसीन हुने सम्भावना क्रमश: बढ्दै जानुबाट सवर्णहरु चिन्तित हुन्छन्।

विस्तारै-विस्तारै उनीहरुले बुझ्न थाल्छन् कि मुस्लिमहरुले मुलुक छाेडेर जाँदा उनीहरुकाे वर्चस्वकाे सबैभन्दा ठूलाे हतियार पनि गएकाे छ। उनीहरुलाई महसुस हुन्छ कि वास्तवमा याे मुस्लिमहरु नै थिए जसकाे प्रयाेग हिन्दूहरुकाे ध्रुविकरण गर्नका लागि गरिन्दै थियाे र संख्यामा कम हुनका बावजूद यसैकाे माध्यमबाट उनीहरुकाे वर्चस्व कायम भइरहेकाे थियाे। तर अब त्याे परिस्थिति रहेन। मुस्लिमहरुले मुलुक छाेडेर गएपछि परिस्थिति बदलियाे। मुलुकभित्रकाे शक्ति समिकरण बदलियाे। याे बदलिएकाे समिकरणमा उनीहरु कमजाेर देखिए। अब याे बदलिएको परिस्थितिकाे प्रतिराेध गर्नका लागि उनीहरु चाहन्छन् कि चुनाव स्थगित गरियाेस्। अनि, यस बीचमा उनीहरु मुलुक छाेडेर गएका गायब मुस्लिमहरुलाई फिर्ता गराउन चाहन्छन् जसबाट चुनावहरुका दौरान हिन्दुहरुकाे ध्रुविकरणका लागि फेरि एउटा दुश्मनलाई खडा गर्न सकियाेस् र उनीहरुकाे वर्चस्व पुन: कायम हाेस् र सधै कायम भइरहाेस्।

‘दि मुस्लिम भेनिशेस’ ले भारतमा बढिरहेकाे इस्लामफाेबियाकाे साथै भारतीय समाजकाे शक्ति समिकरणकाे पनि सटिक चित्रण गरेकाे छ। यसले अहिलेकाे भारतीय समाजमा हिन्दू राष्ट्रवादी विचारकाे विचारधारात्मक वर्चस्वलाई त चित्रण गरेकाे त छ नै साथै हिन्दूत्ववादीहरुले चाहेजस्तै मुस्लिमहरु भारतबाट गायब भए पनि उनीहरु एकलाैटी राज नहुने बरु मुस्लिमइतरकाे अन्य सामाजिक समुहहरुले उनीहरुलाई राेक्ने तथ्यलाई दर्शाएकाे छ। वास्तवमा भारतीय समाजकाे शक्ति सन्तुलन नै यस्ताे छ कि यहाँ कुनै पनि सामाजिक समुहकाे वर्चस्व स्थापित हुन सक्दैन। यसभित्रकाे सामाजिक विविधता र उनीहरुकाे स्वार्थकाे परस्पर टकरावले सामाजिक सन्तुलन कायम गर्न सघाउँछ। अर्थात् भारतकाे सन्दर्भमा सेक्युलारिजम वा धर्मनिरपेक्षता नै सबैभन्दा उत्तम नीति हाे। एकअर्काको अस्तित्वलाई स्वीकार्नु र मिलीजुली बस्नु अर्थात् सामाजिक सम्मिलिकरण नै भारतकाे हकमा सही सामाजिक नीति हाे। भारतीय समाजकाे आन्तरिक शक्तिसमिकरणले नै अटाेमेटिकल्ली सामाजिक सहअस्तित्व, सहकार्य, धार्मिक-साम्प्रदायिक सहिष्णुता र सामाजिक सद्भावकाे माँग गर्दछ।

याे पुस्तक भारतकाे मिली-जुली संस्कृति (गंगा-जमुनी तहज़ीब)
र साझा विरासतकाे वकालत गर्छ र त्यसकाे शक्तिमाथि भराेसा देखाउँछ। सहअस्तित्व, सहमति, सहकार्य र एकताकाे नीति र शक्तिप्रति भराेसा देखाउँछ। वर्तमान समयमा भारत नामक मुलुक जुन पागलपनकाे दौरबाट गुज्रिरहेकाे छ, याे किताब त्यसकाे परिणामकाे एक काल्पनिक चित्रण हाे। पछिल्ला केही वर्षहरुदेखि भारतमा एक विचित्रकाे हावा चलिरहेको छ जसअन्तर्गत मुस्लिमहरुका विरुद्ध घृणा, उनीहरुमाथि आक्रमण र त्यसभन्दा पनि अघि बढेर याे देशकाे सार्वजनिक र आर्थिक जीवनबाट उनीहरुलाई बहिष्कार गर्ने घटनाहरु अति सामान्य हुन थालेकाे छ। यस्ताे लाग्छ कि भारतमा मुस्लिमहरुकाे जीवनकाे हरेक पक्षलाई समाप्त पार्ने अभियान चलिरहेकाे छ। ‘हिन्दूहरु खतरामा छन्’ भन्ने नारा याे अभियानकाे सबैभन्दा ठूलाे नारा हाे र याे खतरा मुस्लिमहरुबाट छ भन्ने भाष्य याे अभियानकाे छ।

अर्काेतर्फ, मुख्तार अब्बास नकवीकाे राज्यसभामा कार्यकाल पूरा भएपछि ३९५ सांसद भएकाे भारतकाे सत्ताधारी पार्टीमा
अब कुनै मुस्लिम सांसद रहने छैन। पछिल्लाे समयमा उनले अल्पसंख्यक कार्यमन्त्रीकाे पदबाट राजीनामा दिएपछि अब मोदी सरकारकाे मन्त्रिमण्डल पनि ‘मुस्लिम मुक्त’ भइसकेकाे छ। यसप्रकार, यससमय भारत सरकारकाे मन्त्रिमण्डल र सत्ताधारी पार्टीका सांसदहरुमा भारतकाे दाेस्राे सर्वाधिक ठूलाे सामाजिक-धार्मिक समुदायकाे प्रतिनिधित्व शून्य छ। के याे अवस्था भारतकाे केन्द्रीय सत्ताबाट ‘मुस्लिम वैनिशेस’ (मुस्लिमहरु गायब भएकाे अवस्था) हाेइन?

सईद नकवी पछिल्ला केही वर्षहरुदेखि भारतमा मुस्लिमहरुकाे अस्तित्व जस्तो पेचिलाे मुद्दामा आफ्नाे कलम चलाउँदै आइरहेका छन्। यसभन्दा पहिले सन् २०१६ मा उनकाे किताब ‘बिइङ द अदर-द मुस्लिम इन इंडिया’ प्रकाशित भएकाे थियाे जो सन् १९४७ काे मुलुक विभाजन पश्चातकाे भारतीय मुस्लिमहरुकाे अवस्थामाथि आधारित थियाे। ‘दि मुस्लिम वैनिशेस’ त्यसपछिकाे कडी हाे। याे त्यसैकाे कडी हाे। नाटक विधा र आफ्नो गम्भीर विषयवस्तुकाे बावजूद याे कृति मनोरन्जक र पठनीय छ। यधपि, नाटक हुनुकाे बावजूद पनि यसलाई मञ्चन गर्नु गाह्राे देखिन्छ। यसकाे कारण एक त यसमा चरित्रहरुकाे भरमार छ। र अर्को विषयकाे जटिलता, यिनै कारण यसलाई मञ्चन गर्नु गाह्राे हुनेछ। तर यस सीमाका बावजूद याे हाम्राे समयकाे एक जरूरी नाटक हाे जो काल्पनिक हुँदाहुँदै पनि सत्यकाे धेरै निकट छ। याे किताब अंग्रेजीमा उपलब्ध छ तर १५ सेप्टेम्बर पश्चात् ‘कहाँ गए मुसलमान?’ काे नामबाट यसकाे हिंन्दी संस्करण पनि प्रकाशित हुँदैछ।

कविता:- एक भाेट

एक भोट

छोटो अवधिमै
चामत्कारिक आर्थिक प्रगति गरेका
एक होनहार मजदुर नेताले
चिल्लो कारबाट ओर्लिएर
मलाइ धाप मार्दै
छिट्टै राम्रो ठाउँमा
रोजगारी लगाइदिने आश्वासन दिए !

उहीँ प्रकृतिकाे
कारमै सवार
सुकुम्बासी नेताले
छिट्टै मलाइ जग्गा धनी पुर्जा
दिलाइदिने आश्वासन दिए !

एक जत्था समर्थक लिएर
राहत बाँड्न निस्किएका
एक पूर्व घरजग्गा व्यवसायी
हालका समाजसेवी
ठूलो पार्टीको शक्तिशाली नेताले
गाउँमा विकासको योजना
ल्याइदिने आश्वासन दिए !

मलाइ थाहा छैन,

मजदुर नेताले
रोजगारी दिन्छन् कि दिँदैनन्
सुकुम्बासी नेताले
धनीपुर्जा दिलाउँछन् कि दिलाउँदैनन्
ठूलो पार्टीका शक्तिशाली नेताले
गाउँमा विकासको योजना ल्याइदिन्छन् कि ल्याइदिँदैनन्

तर मलाई
यति चाहिँ अवश्य थाहा छ
यी तीनमध्ये एक जनालाई
आगामी चुनावमा
मैले दिनुपर्नेछ
एक भोट !!

विक्रम वेधा’ (2022):- हृत्तिक राेशनकाे स्टारडमलाई दर्शाउने फिल्म

 

‘विक्रम वेधा’ काे हिन्दी भर्सन यसकाे ओरिजिनल (तमिल) भर्सनभन्दा खासै भिन्न छैन। यसकाे मूलकथा र पटकथा उहीँ छ। लगभग 80% दृष्यहरु ओरिजिनल फिल्मबाट फ्रेम टु फ्रेम कपी गरिएका छन्। 20% दृष्यहरु बदलिएका छन् वा ओरिजिनल फिल्मभन्दा अलि फरक तरिकाले खिचिएका छन् वा प्रस्तुत गरिएका छन्।

खासगरि, फिल्ममा हृत्तिक राेशन भएकाेले उनकाे स्टारडमलाई ध्यानमा राखेर उनकाे वेधाकाे क्यारेक्टरलाई ओरिजिनलभन्दा अलि फरक ढँगले (mass elements का साथ) डिजाइन गरिएकाे छ। याे वेधामा हिराेइजम बढी छ जबकि ओरिजिनल वेधा (विजय सेतुपति) ‘Down to ground’ थिए। याे वेधा (हृत्तिक राेशन) भने ‘Over the top’ छन्।

याे वेधामा स्वैग छ, स्टाइलिश छन्, हिराे पर्सना छ। हुन त विजय सेतुपतिमा पनि स्वैग, स्टाइल र पर्सना नभएकाे हाेइन तर जब हृत्तिक राेशनसँग कम्पेरिजनकाे कुरा आउँछ, तब उनी यस मामिलामा धेरै पछि छुट्छन्। हृत्तिककाे स्वैग, स्टाइल वा पर्सनासँग उनकाे तुलना हुन सक्दैन। हृत्तिककाे जस्ताे हिराइजम, स्टारडम र मास अपिल विजयसँग छैन। तमिल र हिन्दी ‘विक्रम वेधा’ मा यही पर्सनाकाे भिन्नता छ र यही भिन्नताले यी दुई फिल्मलाई एकअर्काभन्दा भिन्न बनाएकाे छ।

हृत्तिक राेशन एक सुपरस्टार हुन्। उनकाे पछाडि फ्यानहरु छन्। उनकाे विशाल फ्यान्स फलाेविङ छ। विशाल जनसागर छ उनकाे पछाडि। त्याे विशाल जनसागरलाई उनी सिनेमा हलसम्म डाेर्‍याएर ल्याउने क्षमता राख्छन्। उनीहरुलाई पटकपटक टिकट काटेर आफ्नाे फिल्म हेर्ने बनाउन सक्छन् तर त्यसकाे लागि हृत्तिककाे क्यारेक्टरले उनीहरुकाे (फ्यानहरुकाे) अपेक्षालाई सम्बाेधन (address) गर्न सक्नुपर्छ। त्याे भनेकाे उनीहरु पर्दामा हृत्तिककाे कस्ताे रुप हेर्न चाहन्छन्, त्याे चाहनालाई पूरा गर्न सक्नुपर्छ। निर्दैशकद्धय पुष्कर-गायत्रीले यही कुरालाई ध्यानमा राखेर, आफ्नाे स्क्रिप्टमा आवश्यक फेरबदल गरेर, चाहिएकाे केही कुरा थपथाप गरेर फ्यानहरुकाे अपेक्षा वा चाहनालाई सम्बाेधन गर्ने (पूरा गर्ने) प्रयास गरेका छन्।

‘वेधा’ काे रुपमा ऋतिक राेशन

ओरिजिनल फिल्ममा वेधाले विक्रमलाई सुनाएकाे पहिलाे कथामा उनले डनकाे मन जितेर अंडरवर्ल्डमा डनकाे विश्वासपात्रकाे रुपमा स्थापित भएकाे घटनालाई यसमा बदलिएकाे छ र अर्कै घटना राखिएकाे छ। ओरिजिनल ‘विक्रम वेधा’ मा वेधाले पुलिस नाकाबाट पुलिसकाे चेकिङकाे सम्भावनालाई चलाखीपूर्ण तरिकाले टालेर अवैध माल पार गराउँछन् र डनकाे विश्वास जित्छन् अनि अंडरवर्ल्ड डनकाे right hand काे रुपमा स्थापित हुन्छन्। तर यसमा भने वेधा बनेकाे हृत्तिक राेशनले अपहरणमा परेकाे बच्चालाई बचाएर अंडरवर्ल्ड डनकाे विश्वास जित्छन् र उसकाे right hand बन्छन्।

यहाँ ओरिजिनल फिल्मकाे सिक्वेन्स बदलनुकाे अर्थ सिक्वेन्समा एक्शन र थ्रिलकाे सम्भावना सिर्जना गर्नु थियाे। याे सिक्वेन्समा हृत्तिक राेशन कमेडी र एक्शन गर्छन्, जसलाई हेरेर दर्शकहरु इंटरटेन हुन्छन्, थ्रिल महसुस गर्छन्, mass लाई लाेभ्याउने वा आनन्दित बनाउने moments यसमा आउँछ। ‘हृत्तिक’, ‘हृत्तिक’ काे नारा लाग्छ। सिटी बज्छ, ताली बज्छ। हृत्तिककाे क्यारेक्टरकाे हिराेइजम पनि प्रकट भएर आउँछ। अब हेर्नुस् त, create भएन त mass moment? गाडीलाई नाका पार गराएकाे ओरिजिनल फिल्मकाे सिक्वेन्स नै यसमा पनि राखेकाे भए त्याे सिक्वेन्समा यतिकाे fun, यतिकाे entertainment, यतिकाे cheer गर्ने moments दर्शकहरुले कहाँबाट पाउँथे?

यदि तपाईं आफ्नाे फिल्ममा कुनै star वा superstar लाई दर्शकहरुकाे सामु present गर्दै हुनुहुन्छ भने ओरिजिनल फिल्मकाे सिन वा सिक्वेन्सलाई यस्ताे मास सिन वा सिक्वेन्सहरुद्वारा (कथासँग मिल्ने गरि वा कथालाई justify गर्ने गरि) replace गर्नु तपाईंकाे बाध्यता हुन जान्छ। किनभने तपाईले expectation लिएर हलमा फिल्म हेर्न आउने audiences/fans लाई please गर्नुपर्ने (सन्तुष्ट पार्नुपर्ने) हुन्छ।

‘विक्रम वेधा’ काे पाेस्टर


त्यस्तै, यसमा वेधा बनेकाे हृत्तिक राेशन ले A.K.47 चलाएकाे mass appealing सिन यसमा घुसाइएकाे छ। जबकि, ओरिजिनल फिल्ममा वेधाले A.K.47 चलाएकाे देखाइएकाे छैन। एउटा सिनमा दुश्मन गैंगस्टारहरु वेधा बनेका हृत्तिकलाई पिछा गर्छन्, जसबाट वेधा आक्राेशित हुन्छ र A.K.47 निकालेर उनीहरुकाे गाडीहरुमाथि अन्धाधुन्ध फायरिङ गर्छ र उनीहरुकाे गाडी पल्टिन्छ।

ओरिजिनल फिल्ममा याे सिन थिएन। हृत्तिककाे मास अवतारकाे दर्शकहरुलाई दर्शन गराउन याे सिन फिल्ममा थपियाे। वेधा (हृत्तिक) ले उचाईबाट हामफालेर तलवारले विपक्षी नेताकाे टाउकाे दुई फ्याँक पारेर स्वैगका साथ स्लाे माेशनमा हिडेकाे सिन हाेस् वा लास्टमा विक्रमलाई बचाउन उचाईबाट हामफालेर पुलिसमाथि खसेको र पुलिसलाई धक्का दिएकाे सिन हाेस्, सबै मूल फिल्मभन्दा अलग, हिराेइजम भरेर mass scene काे रुपमा खिचिएकाे छ। ओरिजिनल वेधा यतिसाह्राे heroic थिएन। उसकाे‎ heroism पनि down to ground नै थियाे।

A.K.47 चलाउँदै वेधा उर्फ हृत्तिक राेशन

त्यस्तै, क्लाईमैक्समा guns fight काे सिन पनि भरपूर हिराेइजमका साथ खिचिएकाे छ। जसमा हृत्तिक राेशनकाे स्वैग, स्टाइल, मास अवतार वा पर्सना, एक्शन, स्टंट सबै देख्न पाइन्छ। ओरिजिनल फिल्ममा भने क्लाइमेक्सका यी सिनहरुलाई रियलिस्टिक लाग्ने गरि खिचिएकाे थियाे। यसमा भने यही सिनहरुलाई हिराेकाे इमेज अनुसार modify गरेर, ठूलाे स्केलमा भव्यताका साथ खिचिएकाे छ। फिल्ममा बीचमा गीतहरु पनि हालिएकाे छ। दर्शकहरुलाई हृत्तिककाे डान्स देखाउन एउटा क्याची डान्स नंबर पनि हालिएकाे छ। ओरिजिनल ‘विक्रम वेधा’ मा वेधा बनेकाे विजय सेतुपतिले डान्स गरेका थिएनन्।

फिल्मकाे कथा-पटकथा मूलभूत रुपमा उहीँ छ। (हृत्तिक राेशनकाे मास अवतार देखाउन गरिएकाे केही फेरबदल र थपथाप गरिएकाे दृष्य बाहेक)। 11 कराेडकाे बजेटमा बनाएकाे ओरिजिनल ‘विक्रम वेधा’ र 175 कराेडकाे बजेटमा बनाएकाे हिन्दी ‘विक्रम वेधा’ मा फिल्मलाई मास कलेवर ओढाइदिनु बाहेक अरु मूलभूत अन्तर नदेखिएकाेले के कुरा स्पष्ट हुन्छ भने ओरिजिनल ‘विक्रम वेधा’ मा त्यस्ताे कुनै ठूलाे कमिकमजाेरी वा गल्ती थिएन जसलाई पुष्कर-गायत्रीले हिन्दी भर्सनमा सच्याउनुपरेकाे हाेस्। याे पार्टिकुलर कथालाई पुष्कर-गायत्रीले पर्दा पहिले जसरी देखाए त्याे स्टाेरीटेलिङ आफैमा पूर्ण थियाे। त्यसबाहेक वा त्यसभन्दा माथि याे कथालाई भन्ने अर्काे कुनै तरिका उनीहरुसँग थिएन। वा उनीहरुमा याे साेच थियाे कि यस कथालाई भन्ने याे भन्दा राम्राे अर्काे कुनै तरिका छैन।

कुनै पनि फिल्मकाे आधार भनेकाे यसकाे स्क्रिप्टलेखन हाे। कथा, पटकथा र संवाद स्क्रिप्टलेखनका तीन महत्वपूर्ण अँग हुन्। यसमध्ये कुनै एक अँग कमजाेर भए सिङ्गाे फिल्म फितलाे बन्न पुग्छ। अझ मलाई त यी तीन पक्षमध्ये संवादकाे भूमिका सर्वाधिक महत्त्वपूर्ण लाग्छ किनभने याे संवाद नै हाे जसले कथा, त्यसका पात्रहरु र त्यसकाे गुढ रहस्य वा भाष्यलाई बुझाउँछ। याे बुझाउने माध्यम, दर्शकहरुसँग सम्पर्क स्थापित गर्ने माध्यम भनेकाे संवाद नै हाे।

‘विक्रम वेधा’ काे कथा-पटकथा सशक्त छ। यसमा कुनै सन्देह छैन। तर याे कथा-पटकथालाई elaborate गर्ने जुन माध्यम, यसकाे संवाद छ नि त्याे कमजाेर छ। यहाँनिर याे बताइदि‌ऊ, फिल्मकाे कथा-पटकथा पुष्कर-गायत्रीले लेखेका हुन् तर यसकाे हिन्दी संवाद बेनाजिर अलि फिदा र मनाेज मुंतजिरले लेखेका हुन्।

पुष्कर-गायत्री मूलतः तमिलभाषी हुन्। त्यसैले, हिन्दीबारे उनीहरुलाई थाहा छैन। हिन्दीमा संवाद लेख्नका लागि बेनाजिर अलि र मनाेज मुंतजिरकाे चयन फिल्मकाे निर्माताहरुले गरेकाे हुनुपर्छ। पुष्कर-गायत्री त हिन्दी संवाद ‘जज’ गर्न सक्दैनथे। त्यसैले बेनाजिर र मुंतजिरले लेखेकाे संवाद निर्माताहरुले ओके गरेकाे हुनुपर्छ र उनीहरुले पुष्कर-गायत्रीलाई फिल्मकाे स्क्रिप्टकाे लागि ‘याे लेखकद्धयले लेखेकाे संवाद पर्फेक्ट छ’ भनेकाे हुनुपर्छ। निर्माताहरुले भनेपछि पुष्कर-गायत्रीले त्यही संवादलाई स्वीकार गरेकाे हुनुपर्छ।

गायत्री र पुष्कर (दायाँबाट क्रमश: दाेस्राे र तेस्राे)

फिल्मकाे पहिलाे सिनबाटै फिल्मकाे संवाद फितलाे भएकाे महसुस हुन्छ। कतिपय अवस्थामा त फिल्मकाे mass scene, हिराेकाे larger than life अवतारकाे प्रस्तुतिकरणकाे बीचमा फिल्मकाे फितलाे संवादले सिनलाई खल्लाे बनाइदिएकाे महसुस हुन्छ। क्लइमेक्समा पनि अधुराे-अपुराे संवादले घटनाक्रमलाई अझै पनि स्पष्टसँग अर्थाउन नसकेकाे, अझै पनि केही कुरा भन्न छुटिरहेकाे जस्ताे महसुस हुन्छ। यस्ताे अन्य ठाउँहरुमा पनि महसुस हुन्छ। याे फिल्मकाे संवादले मलाई केही हदसम्म निराश बनायाे। याे भन्दा त बरु ओरिजिनल ‘विक्रम वेधा’ काे हिन्दी डब भर्सनकाे हिन्दी संवाद लेख्नेहरुले राम्राे सँवाद लेखेका थिए। उनीहरुले दृष्यहरुलाई स्पष्टसँग अर्थाउने गरि सँवाद लेखेका थिए। मलाई त हिन्दी भर्सनकाे सँवादभन्दा डब भर्सनकाे हिन्दी संवाद बढी असरदार लाग्याे।

ओरिजिनल फिल्ममा नर्थ चेन्नईमा सेट गरिएकाे कथालाई यसपटक कानपुरमा सेट गरिएकाे छ। त्यसैले फिल्मकाे संवादलाई अवधि ‘टच’ दिइएकाे छ। खासगरि, हृत्तिक राेशनकाे क्यारेक्टरलाई कानपुरिया-अवधि लवजमा बाेल्न लगाइएकाे छ। हृत्तिकले कानपुरिया लवजमा संवाद बाेलेका पनि छन्। हृतिकले जसरी याे लवजमा बाेलेका छन्, त्याे भन्दा अझ राम्राे सँग बाेल्न सक्थे उनी। ‘सुपर-30’ मा उनले भाेजपूरी संवाद राम्राेसँग बाेलेकाे उदाहरण छ तर यहाँ यतिमै निर्माता, निर्दैशकद्धय, अभिनेता, सबैले चित्त बुझाएका छन्। निर्दैशकद्धय पुस्कर-गायत्री याे भाषाकाे प्रामाणिकतातर्फ गएका छैनन्, सायद उनीहरुलाई याे भाषाकाे ज्ञान नहुनु यसकाे कारण हुन सक्छ।

अभिनयमा पनि मलाई तमिल अभिनेताहरुकाे तुलनामा हिन्दी अभिनेताहरुकाे अभिनय कमसल नै लाग्याे। वेधाकाे क्यारेक्टरमा हृत्तिक करिस्म्याटिक त लाग्छन् तर अभिनयकाे दृष्टिकोणले हृत्तिककाे अभिनय विजय सेतुपतिकाे लेभलकाे लाग्दैन। खासगरि, गम्भीर दृष्यहरुमा याे भिन्नता स्पष्टसँग छुट्टिहाल्छ। लुक त बबाल धारण गरेका छन् हृतिकले। गुढगम्भीर देखिने जबर्दस्त प्रयत्न पनि गरेका छन् तर पनि गम्भीर दृष्यहरुमा विजय जतिकाे ‘इन्टेन्स’ हृत्तिक देखिन्दैनन्।

तर आफ्नाे अभिनयकाे याे कमजाेरीलाई हृत्तिकले आफ्नाे पर्सना, स्टारडम र करिश्माले छाेपेका छन्। अथवा यसाे भनाैं, उनकाे इमेज, स्टारडम, पर्सना र करिश्माकाे अगाडि ‘उनकाे अभिनय विजयकाे भन्दा कमजाेर छ’ भन्ने सत्य छाेपिएकाे छ। मास पर्फमेन्स दिन र एक्शन गर्नमा भने हृत्तिकले कुनै कसर छाेडेका छैनन्। अनि उनकाे डान्सकाे बारेमा त भन्नैपर्दैन। उनकाे डान्सले नै सबथाेक भनिहाल्छ। पंचलाइनहरुकाे अभावकाे वावजूद पनि उनी डायलग डेलिभेरीबाट दर्शकहरुलाई सम्माेहित गर्न चुकेका छैनन्।

‘विक्रम वेधा’ मा हृत्तिक राेशन

अभिनयकाे मामिलामा सैफ अली खान पनि आर.माधवनका सामु टिक्न सकेकाे देखिन्दैन। सैफ अली खानकाे अभिनय कुनै पनि काेणबाट आर.माधवनकाे जति प्रभावशाली लाग्दैन। यसकाे अर्थ उनकाे अभिनय राम्राे छैन भनेकाे चाँहि हाेइन। ओरिजिनल फिल्मकाे एक्टरलाई बिट गर्न सकेनन् भनेकाे मात्र हाे।

सहअभिनेताहरु र तिनीहरुकाे अभिनय त झन् बढी कमजाेर लाग्छ याे फिल्ममा। यसमा देखाइएकाे विक्रमकाे teammates (पुलिसहरु) त्यति विश्वासनीय (convincing) लाग्दैनन् जति ओरिजिनल फिल्मकाे विक्रमका teammates लाग्छन्। भर्खरै टिममा सामेल भएकाे साेझाे (तर भित्रभित्रै भ्रष्ट भइसकेकाे) पुलिस जवान संतनम (हिन्दीमा दिपक) देखि लिएर विक्रमकाे साथी साइमन (हिन्दीमा अब्बास) हुँदै लङ्गडाे एसपी (हिन्दीमा आईजी) सम्म, ओरिजिनल फिल्मकै कलाकारहरु बढी रियलिस्टिक लाग्छन्, हिन्दी ‘विक्रम वेधा’ काे भन्दा। हिन्दी ‘विक्रम वेधा’ मा पुलिसहरु बनेका अभिनेताहरु त बेमनले अभिनय गरिरहे झै लाग्छन्।

‘विक्रम’ बनेका सैफ अलि खान

विक्रमकाे भन्दा बरु वेधाकाे teammates वा गैंगका सदस्यहरु बढी convincing लाग्छन् हिन्दी ‘विक्रम वेधा’ मा। वेधाकाे भाई-बुहारी शतक (तमिलमा पुल्ली) र चन्दाकाे क्यारेक्टरहरु पनि तमिल भर्सनकै बढी रियलिस्टिक र असरदार लाग्छन्, हिन्दी भर्सनकाे भन्दा। हिन्दी भर्सनकाे भाइ-बुहारी शतक र चन्दा त भर्खरै एक्टिङकाे कखरा सिक्दै गरेकाे नाैसिखिया लाग्छन्, तमिल कलाकारहरुकाे तुलनामा एकदमै एक्सप्रेसनहिन। यिनै कारणहरुले, फिल्मकाे एक्टिङ डिपार्टमेन्ट ओरिजिनल फिल्मकाे भन्दा कमजाेर लाग्छ।

याे ‘विक्रम वेधा’ (हिन्दी) काे विशेषता के हाे भने, यदि तपाईंले ओरिजिनल ‘विक्रम वेधा’ हेरिसक्नु भएकाे छ। तपाईंलाई फिल्मकाे कथा-पटकथा सबै थाहा छ। फिल्मका घटनाक्रमहरु सबै थाहा छन्। ‘याे सिन पछि अब याे सिन आउँछ, अब यहाँनेर माेड आउँछ, यसपछि यस्ताे हुन्छ, त्यसपछि यस्ताे हुन्छ। सुरुका यस्ताे हुन्छ, त्यसपछि यस्ताे हुन्छ, बीचमा यस्ताे हुन्छ अनि लास्टमा यस्ताे हुन्छ। अनि, फिल्मकाे अन्त्य यसरी हुन्छ’ भन्ने कुरा सबै थाहा छ अर्थात् फिल्मकाे सम्पूर्ण अन्तर्वस्तु तपाईंलाई थाहा छ तर यसकाे बावजूद पनि याे फिल्म हेरिन्जेलसम्म फिल्मले तपाईंलाई बाँधेर राख्छ। तपाईंकाे आँखा एकछिन पनि पर्दाबाट हट्न दिदैन। तपाईंकाे ध्यान अन्त कतै पनि भट्किन दिदैन। यही याे फिल्मकाे USP हाे।

‘विक्रम वेधा’ काे एउटा दृष्यमा विक्रम (सैफ) र वेधा (हृत्तिक)

फिल्मकाे अर्काे USP हृत्तिक राेशन हाे। ऊ फिल्मकाे सबैभन्दा ठूलाे USP हाे। याे फिल्म हृत्तिककाे करिश्मामाथि नै अडेकाे छ भन्दा फरक पर्दैन। नर्थ अडियन्सहरुले याे फिल्म हेर्ने भनेकाे मुख्यत: हृत्तिक राेशनकै कारण हाे। फिल्मले अहिले जुन स्केलमा हाईप पाइरहेकाे छ, त्याे हृत्तिककै कारण पाइरहेकाे छ। यदि फिल्ममा हृत्तिक नभएकाे भए फिल्मले यतिसाह्राे हाइप पाउने थिएन।

अहिले चारैतिर हृत्तिक राेशनकाे ‘विक्रम वेधा’ काे लुक, पर्सना, पर्फमेन्स, स्वैग र स्टाइलकाे चर्चा चलिरहेको छ। साेसल मिडिया त ‘विक्रम वेधा’ र हृत्तिक राेशनकाे प्रशंसाहरुले पुरिएको छ। हृत्तिक राेशनकाे क्रेज एनाेदर लेभलमा पुगेकाे छ। अहिले देखिइरहेकाे याे ‘हृत्तिक मेनिया’ धेरै कारणले स्पेशल छ। एउटा कारण त याे कि यसले ‘बायकट बलिउड’ वालाहरुकाे धज्जी उडाइदिएकाे छ। यसअघि थुप्रै ठूला-ठूला फिल्महरुलाई लडाइदिएकाे बायकटवालाहरुकाे केही जाेड चलेन हृत्तिककाे करिश्माकाे अगाडि।

‘वेधा’ उर्फ हृत्तिक राेशन

अझ महत्त्वपूर्ण कुरा त यसपटक ‘बाइकट विक्रम वेधा’ ट्रेन्ड भएकाे खासै देखिएन। यसकाे एउटा कारण फिल्ममा मनाेज मुंतजिरकाे सँलग्नता हुन सक्छ। मनाेज मुंतजिर साेसल मिडियामा हिन्दु दक्षिणपन्थीहरुकाे अघाेषित प्रवक्ता हुन्, जाे बलिउडमा पनि उनीहरुकाे प्रतिनिधित्व गरिरहेकाे दाबी गर्छन्। अनि, ‘बायकट बलिउड’ ट्रेन्ड गर्नेहरु मुख्यतः संघी हिन्दु दक्षिणपन्थीहरु नै हुन् जाे बलिउडलाई इस्लामवुड भन्दै निन्दा गर्छन्। फिल्ममा दक्षिणपन्थी खेमाकाे मनाेज मुंतजिरकाे सँलग्नताकाे कारण पनि बायकटवालाहरु यसपटक यस फिल्मप्रति नरम भएका हुन सक्छन्।

यधपि, बायकटवालाहरुकाे सारा बायकटलाई लाेपारिदिदै यसअघि रणबिर कपूर र आलिया भट्टकाे फिल्म ‘ब्रम्हास्त्र’ ले 260 भन्दा बढी रुपैयाँ कलेक्शन गरेर बायकटवालाहरुकाे ढाेल फुटाइदिइसकेका छन्।

‘विक्रम वेधा’ अझ स्पेशल त यसकारण लाग्छ कि सन् 2017 यता कुनै पनि बलिउड एक्टरलाई लिएर साेसल मिडियामा यतिसाह्राे क्रेज देखिएकाे थिएन जति अहिले वेधा बनेकाे हृत्तिक राेशनकाे लागि देखिएकाे छ।

हरेक कलाकार जाे स्टार हाे, ऊभित्र स्टारडम वा करिश्मा अन्तर्निहित हुन्छ। तर सबै फिल्मले उनकाे त्याे स्टारडम वा करिश्मालाई प्रकट गर्दैन वा गर्न सक्दैन। त्याे कलाकारकाे सबै फिल्मले उहीँ लेभलकाे क्रेज वा फेनाेमेना सिर्जना गर्दैन। खास-खास फिल्महरुमार्फत् मात्रै उनकाे त्याे स्टारडम वा करिश्मा प्रकट हुन्छ। हृत्तिक राेशनकाे हकमा ‘कहाे ना प्यार है’, ‘काेई मिल गया’, ‘धूम-2’, ‘क्रिश’, ‘वार’ र ‘विक्रम वेधा’ उनकाे स्टारडम र करिश्मालाई प्रकट गर्ने फिल्महरु हुन्।

अर्काे भाषामा भन्नुपर्दा, विक्रम वेधा’ ले हृत्तिक राेशनकाे स्टारडमलाई फेरि एकपटक revive गरेकाे छ। याे सत्य हाे कि हृत्तिक राेशनकाे कारण ‘विक्रम वेधा’ (हिन्दी) काे चर्चा चुलिएकाे हाे। तर, साथै, ‘विक्रम वेधा’ काे (पूर्वनिर्धारित कल्ट क्लासिक फिल्मकाे पहिचान वा प्रतिष्ठा) का कारण हृत्तिक राेशनकाे चर्चा चुलिएको कुरा पनि उत्तिकै सत्य हाे। यदि, हृत्तिकले ‘विक्रम वेधा’ मा वेधाकाे क्यारेक्टरकाे साटाे कुनै अन्य फिल्ममा कुनै अन्य क्यारेक्टर निभाएकाे भए त्यसले यति हाइप सिर्जना नगर्न पनि सक्थ्याे। ल मानियाे, हृत्तिकमा स्वैग, स्टाइल, लुक, हिराेइजम, पर्सना, स्टारडम, करिश्मा… सबैथाेक छ अरे तर त्यसलाई प्रकटिकरण गर्ने अवसर त (यसपटक) वेधाकाे क्यारेक्टरले नै दिएकाे हाे नि। फिल्म त हृत्तिकले ‘माेहनजाेदाराे’ र ‘काबिल’ पनि गरेका थिए तर ती फिल्महरुले यतिकाे हाइप, क्रेज वा फेनाेमेना सिर्जना गरेन। (ती फिल्महरुकाे प्रदर्शनताका अहिलेजस्ताे हाइप, क्रेज वा फेनाेमेना देखिएन।) किन? हृत्तिक त उहीँ हृत्तिक हाे नि तर पनि अहिलेकाे जस्ताे हाइप, क्रेज वा फेनाेमेना त्यसबेला किन देखिएन?

हृत्तिक राेशन

याे प्रश्नभित्र राम्राे लेखक/स्क्रिप्ट वा निर्दैशक किन महत्त्वपूर्ण छ भन्ने प्रश्न र त्यसकाे उत्तर लुकेकाे छ। याे प्रश्नले राम्राे लेखक/स्क्रिप्ट र निर्दैशककाे महत्वलाई दर्शाउँछ। हृत्तिककाे कारण ‘विक्रम वेधा’ ले हिन्दी बेल्टमा राम्राे बजार र राम्राे रेस्पाेन्स पायाे। याे सत्य हाे। साथै, याे पनि सत्य हाे कि ‘विक्रम वेधा’ जस्ताे राम्राे स्क्रिप्ट/फिल्मकाे कारण हृतिककाे स्टारडमलाई मलजल पुग्याे। याे प्रश्नले दाेस्राे सत्यतर्फ इङ्गित गर्छ।

हिन्दी बेल्टकाे लागि ‘विक्रम वेधा’ भनेकाे 90% हृत्तिक राेशन नै हाे। तर, जुन बचेकाे 10% छ नि, त्याे पुष्कर-गायत्री हाे। पुष्कर-गायत्री त्याे 10% जग (आधार) हाे जसमाथि हृत्तिक राेशन (वेधा) नामक 90% भव्य स्टारडम वा करिश्मा खडा भएकाे छ।

अर्काे शब्दमा, ‘If Hrithik Roshan is the God of mass (audiences), Pushkar-Gayatri is the creator of God.’

पुष्कर-गायत्रीकाे महत्व यहाँनेर सिद्ध हुन्छ।