विश्वको जनसंख्या ८ अर्ब पुग्यो

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो ।

सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । सन् २०५० मा यो बढेर अनुमानित ७७.२ वर्ष पुग्ने बताइएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टारेसले उनले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासले मानिसको आयुलाई बढाएको र मातृ तथा बाल मृत्युदरलाई घटाएको बताएका छन् । राष्ट्रसंघले ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको जनाएको छ।

बीसौं शताब्दीको उत्तरार्द्धमा विश्वको जनसंख्यामा ठूलो वृद्धि देखिएको थियो । राष्ट्र संघले विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अब १५ वर्ष लाग्ने जनाएको छ । यसैगरी १० अर्ब जनसंख्या सन् २०८० मात्रै पुग्ने जनाएको छ

महिला स्वास्थ्य स्वयंसेविकामार्फत घर–घरमा मतदाता शिक्षा

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै उनी खुसी भए ।

मतदाता शिक्षाको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाएका थिए ।

‘एमाले, कांग्रेस र मसालका मान्छेले आएर यहाँ छाप लाउनु है भनेर धेरै पटक भने,’ रोकाले भने ‘तपाईंलाई इच्छा लागेको चिन्हमा छाप लगाउनु, अन्य चिन्हमा छाप नछोइ पट्याएर बाकसमा खसाल्नु भनेर पहिलो पटक सिकाए ।’

यतिबेला बागलुङका २ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका ८५ वटा वडामा ८५ जना महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाको लागि खटिएका छन् । कात्तिक १८ गतेबाट घर दैलो गरेका उनिहरुले मंसिर २ गतेसम्म मतदातालाई भेटेर बदर नगरि मतदान गर्न सिकाउने छन् ।

जिल्ला निर्वाचन कार्यालय बागलुङको सहयोगमा जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्ना वडामा प्रति वडा १ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा प्रदान गर्नको लागि खटाएका हुन् ।

स्थानीय तह निर्वाचनमा बागलुङमा १० दशमलव ६३ प्रतिशत मत बदर भएको थियो । १ लाख ९३ हजार २ सय २६ मतदाता मध्ये १ लाख २१ हजार ८ सय ६९ प्रतिशत मत खसेको थियो । जसमा १३ हजार ७ सय ४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

स्थानीय तह निर्वाचनको तुलनामा सदर मत बढाउनको लागि निर्वाचन आयोगबाट गरिएको निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको सहयोग लिएर महिला स्वास्थ्य स्वयंसेविकालाई घर दैलोमा खटाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले बताए ।

मतदाता शिक्षा दिन घर घर महिला स्वास्थ्य स्वयंसेविका भने मतदाताका प्रश्नबाट घेरिएका छन् । कुन राजनीतिक दलबाट आएको ?, हामीलाई फुर्सद छैन, मेलापातको समयमा नअल्मल्याउनुस, जसलाई मत दिए पनि काम गर्ने होइनन् भन्ने प्रश्नले हैरान भएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ ।

‘हामीले लगाएको पोशाक देखेपछि कतिपयले राम्रोसँग सुन्नुहुन्छ,’ स्वास्थ्य स्वयंसेविकाकै पोशाकमा रहेकी दुर्गादेवी शर्माले भनिन्, ‘सिक्ने सिकाउने भन्दा पनि राजनीतिक दल र उम्मेदवारप्रति मतदाताको गुनासो सुन्दा हैरानी भएको छ ।’

निर्वाचन कार्यालयबाट आएको भनेपछि भने मतदाता उत्साहित हुने गरेको उनको भनाइ छ । घर घर पुगेर मतदाताको नाम टिप्ने, मतपत्रमा छाप लगाउन, पटाउन, बाकसमा खसाल्न सिकाउने गरेको शर्माको भनाइ छ ।

यसअघि छोराछोरी, बुहारी नातिनातीना र अन्य व्यत्तिबाट मत राख्नुपर्ने बाध्यता भएकाहरुले पनि यसपटक आफै मताधिकार प्रयोग गर्न सक्ने गरि मतदाता शिक्षा प्रदान गरिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताए । ‘आफैं मत राख्न सक्दैनौँ, जान्दैनौँ भन्नेहरुलाई प्राथमिकतामा राखेर सिकाए छौं,’ शर्माले भनिने, ‘ए सजिलै रहेछ अब आफै छाप लगाउँछौ, आफै बाकसमा खसाल्छौं भन्ने बनाएका छौं ।’

१५ दिनको लागि मतदाता शिक्षाको दिन खटिएका महिला स्वास्थ्य स्वयंसेविकलाई सम्बन्धीत स्थानीय तहले १५ हजार रुपैयाँ भत्ता दिने गरेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ‘बिहान र बेलुकाको समयमा १५ दिनको लागि उहाँहरुलाई घर दैलोमा खटाइएको छ,’ खनालले भने, ‘पक्कै पनि यसपटक बदर मतको संख्या न्यून हुनेछ ।’

अनलाइनखबरबाट

 

युरोसेन्ट्रिक ब्युटी स्ट्यान्डर्डः रङभेद, नश्लवाद र भेदभावका आधारमा बनेका सुन्दरताका प्रतिमान

सँसारमा सुन्दरताका निर्धारित प्रतिमानलाई लिएर एउटा विशाल अब्सेस्शन छ। गोराे छाला, सानाे नाक र लामाे सर्लक्क परेकाे कपाल जस्ता प्रतिमान बनाएर विश्वमा सुन्दरता बढाउने नाममा एउटा सिङ्गो अर्थव्यवस्था खडा गरिएको छ। सुन्दरतालाई बढाउने यस बजारका महिलाहरु प्रथम उपभोक्ता हुन्।

हामी मानव याे कसरी निर्धारण गर्न सक्छौं कि काे सुन्दर छ? हामी कसरी सुन्दरताकाे नियम बनाउन सक्छाैं? याे ‘हेर्ने व्यक्तिहरु’ सँग जाेडिएकाे सामान्य विषय हाेइन, बरु पितृसत्तात्मक पुँजीवादी बजारद्वारा पालित-पोषित झुठाे मान्यता हाे। याे मान्यतालाई मानिसहरुकाे दिमागमा छापिएको छ। सँसारमा सुन्दरताका निर्धारित प्रतिमानलाई लिएर एउटा विशाल अब्सेस्शन छ। गोराे छाला, सानाे नाक र लामाे सर्लक्क परेकाे कपाल जस्ता प्रतिमान बनाएर विश्वमा सुन्दरता बढाउने नाममा एउटा सिङ्गो अर्थव्यवस्था स्थापित गरिएको छ। सुन्दरतालाई बढाउने यस बजारका महिलाहरु प्रथम उपभोक्ता हुन्।

हामी एक पितृसत्तात्मक र महिलाविरोधी समाजमा बस्छाैं जहाँ ‘महिलामाथि पुरुषकाे अधिकार’ हुन्छ भन्ने मान्यता राखिन्छ। महिलालाई एउटा वस्तुकाे रुपमा हेरिन्छ। महिलाहरुले सुन्दर देखिनुपर्छ, पुरुषहरुका लागि आकर्षक देखिनुपर्छ, पुरुषहरुद्वारा उनीहरुलाई मन पराइनुपर्छ। पुरुषहरुकाे याे दुनियाँमा महिलाहरुमाथि पुरुषहरुकाे चाहनाअनुसार देखिनका लागि युरोपले बनाएकाे सुन्दरताका प्रतिमान (beauty standard) लाई अनुसरण गर्नुपर्ने दबाव छ। पुरुषहरुकाे दबाव यसकारण पनि छ किनभने याे समस्त बजारकाे लगाम पुरुषहरुकाे हातमा छ जो महिलाहरुमाथि गरिने शोषण र सुक्ष्म हिंसाकाे एउटा रुप पनि हाे।

विश्वमा १५ औं शताब्दीका पश्चात्, विशेषगरि, व्यवस्थित यूरोपीय उपनिवेशिकरणका पश्चात् गाेराे वर्ण वा छाला भएकाहरुलाई सर्वश्रेष्ठ मानवहरुका रुपमा हेरियाे। यससँगै ‘ह्वाइट सुपरमेसी’ ले एक बर्बरतालाई जन्म दियाे। आज युरोसेन्ट्रिक सुन्दरताका प्रतिमानले पूरै विश्वमा आफ्नाे खुट्टा पसारेकाे छ। एसिया, अफ्रिका, युरोप वा विश्वकाे कुनै पनि कुनाकाे महिला हुन्, उनले कुनै न कुनै बेला आफ्नाे जीवनमा तथाकथित सुन्दरताकाे प्रतिमानमाथि खराे नउत्रिन्दा नराम्ररी निन्दाकाे सामना गरेका छन्। गोराे रङ, आकर्षक आँखा, मुहार, सर्लक्क परेकाे चम्किलाे कपालजस्ता कुराहरु कसैलाई प्रशंसा गर्ने र त्यसैकाे आधारमा कसैलाई घृणा र निन्दा गर्ने कारण पनि बन्न पुग्याे।

विश्वमा १५ औं शताब्दीका पश्चात्, विशेषगरि, व्यवस्थित यूरोपीय उपनिवेशिकरणका पश्चात् गाेराे वर्ण वा छाला भएकाहरुलाई सर्वश्रेष्ठ मानवहरुका रुपमा हेरियाे। यससँगै ‘ह्वाइट सुपरमेसी’ ले एक बर्बरतालाई जन्म दियाे। आज युरोसेन्ट्रिक सुन्दरताका प्रतिमानले पूरै विश्वमा आफ्नाे खुट्टा पसारेकाे छ। एसिया, अफ्रिका, युरोप वा विश्वकाे कुनै पनि कुनाकाे महिला हुन्, उनले कुनै न कुनै बेला आफ्नाे जीवनमा तथाकथित सुन्दरताकाे प्रतिमानमाथि खराे नउत्रिन्दा नराम्ररी निन्दाकाे सामना गरेका छन्।

युरोसेन्ट्रिक ब्युटी स्ट्यांडर्ड के हाे?

युरोसेन्ट्रिककाे अर्थ हुन्छ, ‘जसकाे केन्द्रमा युरोपिय संस्कृति र साैन्दर्यशास्त्र छ’। पश्चिमी सुन्दरताका प्रतिमानलाई विश्वभरि नै आदर्श मानिन्छ। अग्लाे र दुब्लाे हुनु, आकर्षक देखिनु, लामाे सर्लक्क परेकाे कपाल हुनु, गाेराे छाला, सानाे नाक र चम्किलो अनुहार हुनु, यी ती प्रचलित ब्युटी स्ट्यांडर्ड हुन्। यसमाथि खराे उत्रने व्यक्तिहरुलाई, विशेष गरेर महिलाहरुलाई सुन्दर मानिन्छ। पूरै विश्वमा यी प्रतिमानलाई विस्तार गरिएकाे छ र पूरै विश्वलाई सुन्दरताकाे उत्पादनहरुका बजार बनाइएकाे छ।

पुँजीवादद्वारा बढिरहेकाे युरोसेन्ट्रिक ब्युटी स्ट्यांडर्ड

युरोसेन्ट्रिक सुन्दरताका प्रतिमान र त्यसले बनाएका उत्पादनहरुलाई विस्तारित र प्रचारित गर्नमा पूँजीवादकाे सबभन्दा ठूलो योगदान रहेकाे छ। ग्लोबलाइजेशनकाे युगमा विश्वकाे व्यापार पूर्णतया एकअर्कासँग जाेडिएकाे छ। यस्ताे समयमा एक पूर्ण योजना अन्तर्गत यस्ताे ब्युटी प्राेडक्टहरुकाे बजारलाई तयार गरियाे। विज्ञापनहरुद्वारा सुन्दरतालाई बढाउने झुठो आइडियालाई बेचियाे। विश्वभरि महिलाहरुका रङका साथ यी प्राेडक्टहरुलाई ल्याइयाे।

बलिउड फिल्म इंडस्ट्री र ब्युटी स्ट्यांडर्ड

ब्रिटिशकालीन भारतमा कला जगतकाे माध्यमबाट युरोपिय सौन्दर्यका प्रतिमानलाई अपनाउने चलनपश्चात् याे आजसम्म चलिआइरहेकाे छ। वर्तमानमा बलिउड इंडस्ट्री त्याे ठूलाे प्लेटफर्म हाे जो बजारआधारित सुन्दरताका प्रतिमान, नश्लभेद र रङभेदलाई बढावा दिइरहेकाे छ। सिङ्गाे फिल्म इंडस्ट्रीमा मुख्य भूमिका निभाउने एक्ट्रेस गोरी, पातली, अग्ली, ठूला-ठूला आँखाहरु र चमकदार सर्लक्क कपाल भएकी देख्न पाइन्छ। यतिमात्र हाेइन, कालाे रङ/वर्णमाथि चुट्किलाहरु र गीतहरु बनाएर समाजमा काला वर्ण भएकाहरुप्रति हीनभावनालाई स्थापित गर्ने विकृत प्रयत्नहरु गरिरहेकाे छ।

टिभीकाे पर्दादेखि लिएर ठूलाे पर्दासम्म गाेराे छाला भएका महिलाहरुलाई विज्ञापनहरुका माध्यमबाट आत्मविश्वासी र सफल बताइयाे। बाजारकाे याे राेग आज पुरुषहरुभित्र पनि सल्किएकाे छ। वर्तमानमा पुरुषहरुकाे गोराे हुने क्रीमकाे पनि धेरै विकल्प सामुन्ने आएका छन्। कस्मेटिक बाजार भारतमा तीब्रताका साथ बढिरहेकाे छ। एक अनुमानका अनुसार सन् 2025 सम्ममा यसकाे काराेबार 20 बिलियन यूएस डलरसम्म पुग्नेछ।

वर्तमानमा बलिउड इंडस्ट्री त्याे ठूलाे प्लेटफर्म हाे जो बजारआधारित सुन्दरताका मानकहरु, नस्लभेद र रङभेदलाई बढावा दिइरहेकाे छ। सिङ्गाे फिल्म इंडस्ट्रीमा मुख्य भूमिका निभाउने एक्ट्रेस गोरी, पातली, अग्ली, ठूला-ठूला आँखाहरु र चमकदार सर्लक्क कपाल भएकी देख्न पाइन्छ।

विश्वभरि नै विरोधकाे आवाज

आज भलै सुन्दरताका यी झुठा र असमानतापूर्ण प्रतिमानकाे जरा समाजभित्र धेरै गहिराेसँग गडिएकाे छ तर महिलाहरुका एउटा वर्ग यसकाे विरुद्ध सदैव आवाज उठाइरहेको छ जो पेशेवर सुन्दरताका विचारहरुलाई नकारिरहेकाे छ। Body positivity movement & fat- expetence movement जस्ता पहलकदमीले झुठाे सुन्दरताकाे तीब्रतामा ‘स्पीडब्रेकर’ काे काम गरेकाे छ। अमेरिकामा सन् 1960 र 1970 काे दशकमा ‘Natural Hair Movement’ सुरू भयाे। अमेरिकी काली महिलाहरुले यी नश्लभेदी सुन्दरताका प्रतिमानलाई पछि धकेलेर स्वयंकाे पहचानलाई अपनाउनमा जाेड दिए।

कनेल यूनिवर्सिटीकाे प्रोफेसर नोलिव रूक्स नश्ल र सुन्दरताकाे राजनीतिका बारेमा पढाउँदै भन्छन् कि दुनियाँमा महिलाहरु कस्ता देखिन्छन् , त्यसलाई अलग-अलग श्रेणीहरुमा राखिएकाे छ। याे कोशिश कसैकाे सुन्दरतालाई एउटा ब्युटी रूटिनअन्तर्गत निर्धारण गर्नकाे लागि गरिएकाे हाे, विशेष गरेर काला (Black) र खैरा (Brown) हरुका लागि गरिएको हाे। रूक्स भन्छन् कि सुन्दरताकाे मानकहरुका विरुद्ध लड्नु एक कठिन काम हाे। बुढी महिलाहरु, क्वीर महिलाहरु, काली महिलाहरु र इंटरसेक्शनल वर्गका महिलाहरुलाई छुट्याइन्छ भलै तिनीहरु सुन्दरताका प्रतिमान अनुरूप बन्ने कोशिश गरिरहेका हाेऊन्। तर जब तिनीहरु यसकाे विरुद्धमा लाग्छन् तब तिनीहरुलाई एक्लाे छाेडिन्छ। हामी हम एक यस्ताे सँसारमा बस्छाैं जहाँ हामी यी न्यारेटिभकाे विरोध गर्न सक्छाैं।

यदि हम निजी सुन्दरता र कुनै ब्युटी रूटीनलाई फलो गर्नका लागि चिन्तित हुन्छौं भने हामीले त्याे आइडियालाई अपनाइसकेका छाैं जसकाे विराेध गर्नुपर्ने आवश्यकता छ। भारतमा यसकाे जरा धेरै भित्रसम्म फैलिसकेकाे छ। अब भारी मात्रामा अलग-अलग वर्ग-समुदायका प्रतिनिधित्वलाई सही अर्थमा लागु गर्नुपर्ने आवश्यकता छ। सकारात्मकताका साथ पहलकदमी गर्दै हरेक वर्ग, नश्ल र वर्णका महिलाहरुकाे प्रतिनिधित्वलाई कला, संगीत र फिल्महरुमा प्रयोग गरेर बजार र असमानताका आधारमाथि बनेका सुन्दरताका मानकहरुमाथि प्रहार गर्न सक्छौं।