‘…अरु पनि धेरै आउनेछन् (याे लडाइँमा)। हामी नै अन्तिम (याेद्धा) कहाँ हाैं र?’
पुलिसकाे बन्दुकद्वारा मर्नुभन्दा पहिले ‘निषाद’ काे मुखबाट निस्केकाे याे अन्तिम पंक्तिले नै फिल्म ‘आर्टिकल १५’ काे अगाडिकाे यात्राकाे कथा लेख्नेछ। फिल्ममा ‘निषाद’ भीम आर्मीकाे प्रमुख चंद्रशेखर ‘रावण’ काे भूमिकामा छन्।
फिल्मकाे हिरो ‘आयुष्मान खुराना’ होलान्, डायरेक्टरकाे चाहना पनि लगभग यही रहेकाे छ। सिनेमा हलमा आँखा गाडेर बसेका नौजवानहरुले पनि आयुष्मानकाे लागि नै ताली बजाए तर मर्नुभन्दा पहिला निषादकाे मुखबाट निस्किएकाे याे अन्तिम पंक्तिहरुलाई सुनेपश्चात् कुनै इतिहासकारका केही पंक्ति याद आउँछन् जसले गुप्तकाललाई भारतीय समाजकाे स्वर्णिमकाल मान्न अस्वीकार गरेका थिए। निज इतिहासकारले भने कि ‘गुप्तकाल अभिजात वर्गका लागि स्वर्णिमकाल हाेला, उत्पीडित समुदायका लागि कुनै पनि काल कहिल्यै पनि स्वर्णिमकाल थिएन। उत्पीडित समुदायकाे स्वर्णिमकाल भूतकालमा हाेइन, बरु भविष्यकाे गर्भमा छ।’
फिल्ममा पाएकाे महत्वकाे हिसाबले आयुष्मानलाई फिल्मकाे हिरो भन्न सकिन्छ तर फिल्मकाे ‘नायक’ चाहिँ निषाद नै थिए। नायक आफै प्रकट भएर बाहिर आउँछ। नायकलाई बनाइन्दैन। उसलाई रचिन्दैन। नायक सडकहरुमा आफै उदाउँछ। निषाद र उसकी प्रेमिका गौरा परिस्थितिकाे त्याे उर्वरभूमिमा जन्मिन्छन् जसले कुनै समयमा डॉ. अम्बेडकरलाई पनि जन्माएकाे थियाे।
निषाद फिल्म ‘आर्टिकल १५’ काे एक यस्ताे नायक हाे जसमाथि छायांकारकाे क्यामेरा कमै पुग्याे। तर निषादलाई नायक भन्नुकाे पछाडि कैयौं कारण छन्। निषादले असमानता र शोषणमाथि आधारित जातव्यवस्थालाई ‘इंडियन एक्सप्रेस’ अखबारकाे कुनै आर्टिकल पढेर थाहा पाएनन्। न त जातव्यवस्थालाई जान्नका लागि उनले ‘रामशरण शर्मा’ का भारतीय समाजव्यवस्थामाथि लेखिएका किताबहरु नै पढ्नुपर्याे।
निषादकाे नायकत्वले ‘सुँगुर खाने’ मानिसहरुकाे आँगनमा जन्म लियाे। निषादकाे नायकत्वले पशुहरुकाे छाला काढ्ने बधशालामा जन्म लियाे। निषादकाे नायकत्व कुनै फिल्ममेकरद्वारा जादुमयी कथा पढेर रचिएन, बरु ती तमाम परिस्थितिमा जन्मियाे जसमा उसका समाजका मानिसहरु कहिले हरिजन, कहिले बहुजन त कभी दलित बनेर रहिरहे। मानिस कहिल्यै बनेनन् वा बनाइएन।
निषादकाे नायकत्वले ती परिस्थितिहरुमा जन्म लियाे जहाँ उसले कक्षाबाहिर बसेर पढ्नुपर्थ्याे, जसकाे पानीकाे घैटा अलग हुने गर्थ्याे, जसकाे पितालाई आज पनि चौधरीकाे घरकाे भुइँमा बस्न लगाइन्छ, जसकाे आमालाई आज पनि जमिन्दार आफ्नाे हवस मेटाउनका लागि आफ्नाे खेतमा समाउँछ, जसका बच्चाहरुमाथि समाजले ‘पढ़ गए पूत कुमार के सोलह दूनी आठ’ जस्ताे निर्योग्यताहरु लादे/लाद्छन्, जसकाे आमालाई बिहेकाे अर्काेदिन नै मेहन्दी लगाइएको हातहरुमा टिनकाे टगरी थम्याइदिइएकाे थियाे, सम्पूर्ण टाेलकाे ढाेका-ढाेकाका गएर गुहुमुत साेहाेर्नका लागि…
फिल्म ‘आर्टिकल १५’ काे कथा के हाे? त्यसकाे चरित्र काे हाे? याे भन्नु मेराे काम हाेइन। तर यति भन्छु, फिल्म ‘आर्टिकल १५’ अदम गोंडवीकाे कविता ‘चमारों की गली में ले जाता हूँ’ भन्दा दुई इन्च अधिक छैन, सिवाय यसकाे कि यसमा नायक सवर्ण छ र शोषित दलित पनि छ।
फिल्महरुमा यस्ताे सम्भव हुन्छ। तर वास्तविक जीवनमा उत्पीडित समाजकाे नायक त्यही समाजबाट निस्कन्छ जसलाई आफ्नाे प्रेमिकालाई चुम्ने समय पनि मिलेन, जसलाई आफ्नाे प्रेमिकातर्फ पलभर हाँसेर हेर्नु पनि पाप लाग्याे, जसले प्रेमिकाकाे काखमा आफ्नाे थाकेकाे शीर आराम गर्नकाे लागि राख्न न राखे तर प्रेमिकाकाे काखमा शीर राख्दा पनि उसकाे मनमा पूर्णिमाकाे गीत आएन बरु फाेहाेर उठाइरहेकी आमाकाे तस्वीर आयाे, जसले पाँच मिनट पनि कुनै नदीमा खुट्टा झुण्ड्याएर प्रेमिकासँग समय बिताएन जसले दुई मिनेट पनि मनभरि साथमा चन्द्रमालाई हेरेन। आफ्ना सङ्घर्षका दिनहरुमा निषाद र उसकी प्रेमिका गौराकाे मनमा याे मलाल त हुन्छ नै हाेला तर मर्दै गरेकाे क्षणमा निषादकाे अनुहारमा याे कुरालाई पढ्न सकिन्थ्याे कि उसलाई यस कुरामा विश्वास छ की निषाद अन्तिम हाेइन, भाेलि अरु मानिसहरु पनि जाेडिनेछन् उनीहरुकाे याे न्यायप्राप्तिकाे सँघर्षमा।
फिल्म राम्राे छ, केवल यति मात्र भन्नु कम हुनेछ। याे फिल्म सम्भवतः दशक काे सबभन्दा राम्रा फिल्महरुमध्ये एक साबित हुन सक्छ। फिल्म ‘आर्टिकल १५’ लाई इतिहासकाल काे त्यही दर्जामा राख्न सकिन्छ जुन दर्जामा ओमप्रकाश वाल्मीकिकाे ‘जूठन’ लाई राखिएकाे छ।
फिल्म बनाइरहेकाे समयमा निर्दैशकले कतै पनि सन्तुलनवादी बन्ने कोशिश गरेका छैनन्। उनले हरेक साना-साना कुरामाथि आफ्नाे क्यामेरा घुमाएका छन्। एक यस्तो दाैरमा जहाँ बजारले नै क्रिम-पाउडरदेखि लिएर क्रिकेटकाे हार-जीतसम्म निधाे गरिरहेकाे छ, यस्ताेमा जति स्पेस फिल्ममेकरले पाएका छन्, त्यसमा उनले समाजकाे सबै बदरङ अंगहरुलाई नँग्याएर देखाएका छन्। फिल्मकाे लेखक गाैरव साेलंकीले जसरी संवादहरुलाई गढेका छन्, यसमाथि सिनेमाले आउने समयमा गर्व गर्न सक्छ। एक्टिङकाे हिसाबले आयुष्मान त जचेका छन् नै, यसमाथि बहस गर्ने स्थान भेटिन्दैन तर मनोज पाहवाकाे र एक्टिङ अनुभवकाे भट्टीबाट खारिएर निस्किएकाे महसुस हुन्छ जसकाे आसपास कोही छैन।
अन्त्यमा एउटै कुरा, फिल्ममेकरले फिल्मकाे चरित्रहरुका अभिव्यक्तिकाे स्वतन्त्रताकाे खूब सम्मान गरेका छन्। उनले आफ्ना चरित्रहरुका सामुन्ने आँखा तरेनन्, न त तिनीहरुकाे गिरेबान नै समाते। एक यस्ताे समयमा जहाँ सिनेमाहलका दर्शकहरुमा एक ठूलाे संख्या सवर्णहरुकाे छ, यस्ताेमा जातव्यवस्थाका मुद्दाहरुलाई सिनेमाकाे मुख्यधारामा ल्याएर फिल्मकारले पिठ्युँ थप्थपाउने काम गरेका छन्।
तर फिल्म ‘आर्टिकल १५’ लाई जूम गरेर हेर्दा तपाईं पाउनुहुनेछ कि भलै फिल्म जातव्यवस्थामाथि प्रभावी चोट पुर्याउँछन् तर निषादलाई छोडेर अन्य दलितहरुकाे स्थिति कृपापात्र जस्तै छ निषाद र उसकी प्रेमिका गौरामाथि एक अलग फिल्म पनि बन्न सक्छ र यस्तो बिल्कुल हाेइन कि दलित नायककेन्द्रित फिल्महरुले दर्शक पाउँदैनन्। फिल्म ‘मसान’ र रजनीकांतकाे फिल्म ‘काला’ आफ्नाे समयकाे सराहना गरिएका फिल्महरु हुन् जसकाे नायक पनि उत्पीडित समाजबाटै आउँछन्।
आशा छ फिल्ममेकरले बजारकाे अदृश्य दवाबदेखि बाहिर निस्केर याे कुरालाई छिट्टै बुझ्नेछन् र याे कुरालाई पनि बुझ्नेछन् कि बड़ोदाका ब्राह्मण राजा गायकवाड़ले भलै डॉक्टर अम्बेडकरलाई मदत गरे, उनलाई पढाउनका लागि छात्रवृत्ति दिए। विदेश पठाए। हर सम्भव साथ पनि दिए तर सन् १९४७ काे समयमा दलितहरुमाथि बन्ने फिल्महरुका नायक अम्बेडकर नै हुनेछन्, गायकवाड़ हाेइन।
– श्याम मिर सिँह