अमाेल पालेकरकाे नजरमा आफ्नै अभिनयका उत्कृष्ट पाँच भूमिका

प्रभाष

याे एकातर्फ खुशी बनाउने अनि अर्कातर्फ दु:खी बनाउने कुरा हाे कि मैले अभिनय गर्न छाेडेकाे लगभग २२ बर्ष भइसक्दा पनि मानिसहरु अझै मलाई मेराे फिल्म ‘गाेलमाल’ (१९७९) काे भूमिकाबाट याद गर्छन्। जब मानिसहरु अझै पनि म सँग यसकाे बारे कुरा गर्छन्, म अचम्भित हुन्छु।

म ‘गाेलमाल’ काे मेराे भूमिकालाई उच्च मूल्यांकन गर्छु। याे मेराे करिअरकाे पाँच सर्वश्रेष्ठ भूमिकामध्ये एक हाे। बाँकी चारहरु भूमिकाहरुमध्ये हुन्, ‘अक्रित’ (१९८१) काे भूमिका। जसकाे निर्देशन मैले आफै गरेकाे हुँ। याे ‘गाेलमाल’ पछिकाे मेराे दाेस्राे प्रिय भूमिकामा पर्छ। याे भूमिका अत्यन्त भिन्न र डार्क थियाे। मेराे तेस्राे प्रिय भूमिका तपन सिन्हाकाे ‘आदमी और औरत’ (१९८४) काे भूमिका हाे। तपन दा (सिन्हा) सँग मेराे सहकार्य उनले निर्दैशन नछाेडेसम्म र मैले अभिनय नछाेडेसम्म जारी रह्याे।

‘आदमी और औरत’ मा अमाेल पालेकर

त्यसपछि, चाैथाेमा आउँछ श्याम बेनेगलकाे ‘भूमिका’ (१९७७)। जसमा मैले एक नकारात्मक भूमिका निर्वाह गरेकाे छु। मेराे पाँचौ प्रिय भूमिका भिमसेनकाे ‘घराैंदा’ (१९७७) र विधु विनाेद चाेपडाकाे ‘ख़ामाेश’ (१९८५) काे बीच बराबरीमा छ। ‘घराैंदा’ मा मैले आर्थिक रुपमा चुनाैतीहरु झेलिरहेकाे चरित्र निर्वाह गरेकाे थिए जाे आफ्नाे प्रेमिकालाई एक वृद्ध व्यक्तिसँग बिहे गर्न तर आफुसँगकाे अफेयरलाई निरन्तरता दिन सुझाव दिन्छ। यहाँनेर मैले मेराे पात्रलाई ‘स्लिमी’ (घृणित) भन्दा पनि ‘डिस्पेरेट’ (उदास, हतास, छट्पट्) देखाउनुपर्ने थियाे। अनि, ‘ख़ामाेश’ (१९८५) मा मैले ‘किलर पर्फमेन्स’ दिएकाे थिए। (हाँस्छन्)। त्याे पनि एक राेचक चुनाैती थियाे।

‘घराैंदा’ मा अमाेल पालेकर र जरीना बहाव

जब विनाेद (विधु विनाेद चाेपडा) ले भर्खरै ‘खामाेश’ लाई पूनप्रदर्शन गरे, मैले उनलाई ‘याे उनकाे करिअरकाे सर्वश्रेष्ठ काम हाे’ भने। यस फिल्मकाे एउटा पनि फ्रेमलाई न्यारेशनबाट अलग्याउन सकिन्दैन। विनाेदले याे फिल्म बनाउँदा बजेटकाे अभावकाे समस्या झेल्नुपरेकाे थियाे।

‘गाेलमाल’ मेराे बिगेस्ट हिट फिल्म थियाे। मेराे एउटा प्रिय मित्रले औल्याए कि ‘गाेलमाल’ त्याे पहिलाे फिल्म थियाे, जहाँ एक हास्य अभिनयलाई पनि गम्भीरतापूर्वक लिइएकाे थियाे। मैले फिल्मफेयरकाे ‘बेस्ट एक्टर’ काे अवार्ड पनि पाए। यसअघिका सबै (कमिक) हिराे जस्तै किशाेर कुमार र महमूदले कहिल्यै बेस्ट एक्टरकाे अवार्ड पाएनन्। दु:खकाे कुरा, मैले ‘गाेलमाल’ काे लागि नेशनल अवार्ड भने गुमाए। किनभने, उनीहरुले मैले पपुलर अवार्ड पाइसकेकाे दलिल दिए।

याे पहिलाेचाेटि थियाे, ह्रृषि दा (ह्रृषिकेश मुखर्जी) र मैले सँगै काम गरेकाे। जब उहाँले मलाई भेट्न बाेलाउनुभयाे, मैले उहाँकाे प्रस्ताव अस्वीकार गर्ने ढृढनिश्चय गरेकाे थिए। मैले सुनेकाे थिए उहाँ सेटमा अनुशासनात्मक हुनुहुन्छ। मलाई याे पनि बताइएकाे थियाे कि उहाँ आफ्ना कलाकारहरुलाई स्क्रिप्ट दिनुहुन्न।

‘गाेलमाल’ मा अमाेल पालेकर

तर, म मा उहाँप्रति अत्यन्त सम्मान भएकाेले म उहाँलाई भेट्न गए। उहाँ म सँग कुरा गर्न थाल्नुभयाे, अनि मैले रियलाईज गरे कि उहाँ मेराे काम र मेराे व्यक्तिगत जीवनबारे सबथाेक जान्नुहुँदाे रहेछ। उहाँलाई मेरी छाेरीकाे जीवनमा के भइरहेकाे छ, सबै थाहा थियाे।

हाम्राे कुराकानीकाे बेला ह्रृषि दाकी आमाले हामीलाई नरिवलकाे लड्डु ल्याइदिनुभयाे। हृषि दाकी आमाकाे लड्डुुहरु नै ‘गाेलमाल’ मा प्रयाेग गरिएको थियाे। ती लड्डुहरु उहाँकाे घर पछाडि फलेकाे नरिवलहरुबाट बनाइएकाे थियाे। त्यसपछि ह्रृषि दाले बताउनुभयाे कि उहाँ म सँग पाँचवटा फिल्म बनाउन चाहनुहुन्छ। उहाँले मलाई ती पाँचवटै फिल्महरुकाे कथा सुनाउनुभयाे। अन्ततोगत्वा हामीले ती पाँचैवटा फिल्महरु बनायाैं।

अमाेल पालेकर

‘गाेलमाल’ याे श्रृङखलाकाे पहिलो फिल्म थियाे। अब मेराे उहाँसँग काम नगर्ने निश्चय हरायाे। मैले उहाँलाई मेराे पूर्वधारणाहरुबारे बताए। उहाँ जाेडले हाँस्नुभयाे। उहाँले बताउनुभयाे कि ‘मैले जे जति कुरा उहाँकाे बारेमा सुनेकाे छु, ती सबै सत्य हुन्।’ साथै भन्नुभयाे कि ‘तर मसँगकाे उहाँकाे समिकरण उहाँकाे अन्य कलाकारहरुसँगकाे समिकरणभन्दा भिन्न हुनेछ’ र भयाे पनि त्यस्तै।

त्यस्तै, मलाई अझै सम्झना छ, मैले ‘भूमिका’ (१९७७) मा काम गरेकाेमा भएकाे मेराे विराेध जुन विराेध फिल्म ईन्डष्ट्रीभित्रैबाट गरिएकाे थियाे। मैले लगातार तीनवटा ‘लाइट हर्टेड कमेडी’हरु खेलेपश्चात् ‘भूमिका’ खेलेकाे थिए। तर ‘भूमिका’ मा म स्मिता पाटिलकाे लाेभी पतिकाे भूमिका निभाउने निर्णयमा अडिग थिए। यधपि श्याम बेनेगलले मलाई अर्काे भूमिका निभाउने विकल्प पनि दिनुभएको थियाे। स्मिताकाे एउटा प्रेमीकाे भूमिका जसलाई पछि अनन्त नागले निभाए।

‘भूमिका’ मा अमाेल पालेकर र स्मिता पाटिल

हँसा वाडेकर, (त्याे स्त्री जसकाे जीवनमाथि याे फिल्म ‘भूमिका’ आधारित छ) म सानाे छदाँ मेराे छिमेकी हुनुहुन्थ्यो, मेराे ‘नेक्स्ट डाेर नाइबाेउर’। म उहाँकाे घरमा जाने गर्थे। श्याम बाबु एक अभिनेताकाे रुपमा मेराे शिल्पबारे जानकार हुनुहुन्थ्यो किनभने उहाँले मलाई रँगमञ्चमा देख्नुभएकाे थियाे। त्यसैगरि, ह्रृषि दाले पनि मलाई ‘गाेलमाल’ अफर गर्नुभन्दा पहिले रँगमञ्चमै देख्नुभएकाे थियाे। पछि उहाँले म सँग भिन्न खालकाे सम्बन्ध स्थापित गर्नुभयाे।

मैले अभिनय गर्दिन भनेकाे छुईन। चित्तबुझ्दाे भूमिका नपाएर मात्र म अभिनय नगरि बसेकाे हुँ। यदि कसैले मलाई चुनाैतीपूर्ण भूमिका अफर गर्छ भने म अभिनय गर्न तयार छु। दुई बर्षअघि मराठी फिल्म ‘समान्तर’ (२००९) मार्फत् म अभिनयमा फर्केिए। मेरी पत्नी सन्ध्याले खासमा त्याे भूमिका गिरिश कर्नाडलाई ध्यानमा राखेर लेखेकी थिईन्। म केही गरिरहेकाे थिईन। त्यसैले मैले सन्ध्यालाई भने कि ‘म याे भूमिका गर्न चाहन्छु।’ म यत्राे लामाे अन्तरालपछि कुनै भूमिका निभाउन गइरहेकाे हुनाले म याे भूमिका निभाउन सक्छु भन्नेमा विश्वस्त थिईन। तर अन्तत मैले निभाएरै छाडे।

– सुभाष के झालाई ‘डेक्कन हेराल्ड’ का लागि अमाेल पालेकरले दिएकाे अन्तर्वार्ता

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID