‘O2 (OXYGEN)’:- बनस्पतिकाे महत्व बुझाउने फिल्म

प्रभास

‘O2 (OXYGEN)’:- बनस्पतिकाे महत्व बुझाउने फिल्म

हटस्टारमा लेडी सुपरस्टार नयनताराकाे एउटा तमिल फिल्म stream भईरहेको छ, ‘O2 (OXYGEN)’.

याे फिल्मले हामीलाई वनस्पतिकाे महत्वबारे बुझाउँछ। मानिसहरु रुख काटिरहेका छन्, बनजँगल मासिरहेका छन् र शहरीकरण एवं औधाेगिकीकरण गरिरहेका छन्। जसले पशुपँक्षीहरुकाे बासस्थान त मासिएकाे छ नै। पर्यावरण पनि खल्बलिएकाे छ।

अनि, जब पर्यावरण खल्बलिन्छ, प्रकृतिले क्रूरतम रुप धारण गर्छ र त्याे क्रूरता पहिराे, भूक्षय जस्ता प्राकृतिक प्रकाेप बनेर मानव जातिमाथि बर्सिन्छ। जसकाे परिणाम के हुन्छ, भनिरहनु पर्दैन।

यस फिल्मले रुख-बाेटबिरुवा अर्थात् बनस्पतिकाे महत्वलाई बुझाउन खाेजेकाे छ। फिल्मका नायिका एक botanist हुन् जाे बाेटबिरुवा-बनस्पतिमाथि चर्चा गर्छिन्। बाेटबिरुवा वा बनस्पति नै मानव जातिकाे लागि जीवनदायिनी शक्ति हाे। यदि बनस्पति नभएमा पृथ्वीमा जीवन पनि सम्भव हुदैन।

किनभने, बाँच्नकाे लागि सर्वप्रथम अक्सिजन चाहिन्छ। अक्सिजन बिना काेही पनि बाँच्न सक्दैन। अक्सिजनकाे अभावमा जीवन सम्भव नै छैन र अक्सिजन बनस्पतिबाट प्राप्त हुन्छ। त्यसैले पनि बनस्पतिकाे ठूलाे महत्व छ। बनस्पतिले नै मानव जातिलाई जीवन दिन्छ। याे कुरा फिल्मले पार्टिकुलर प्रसँगद्वारा बुझाउन खाेजेकाे छ। प्रसँग म बताउँदिन। बताए spoiler हुन्छ। फिल्म हेरेपछि आफै थाहा पाउनुुुहुनेछ।

अक्सिजन बिना हामी बाँच्न सक्दैनाैं। के तपाईलाई थाहा छ एकजना मानिसलाई बाँच्नका लागि, श्वास फेर्नका लागि दैनिक ११ लिटर अक्सिजनकाे आवश्यकता पर्छ। अनि मान्छेले अक्सिजन प्राप्त गर्ने भनेकाे रुख-बाेटबिरुवाहरु अर्थात् बनस्पतिहरुबाट नै हाे। यस्ताेमा फेरि मानिस किन रुख-बाेटबिरुवा काट्न, बन-जँगल फाँड्न वा मास्न उद्धत हुन्छ? याे उदेकलाग्दो छ। याे आफ्नै खुट्टामा बन्चरो हाने जस्तै हाे। याे साँच्चै नै मूर्खतापूर्ण कार्य हाे अनि दुखद् र खेदजनक पनि।

के तपाईं अक्सिजन बिनाकाे जीवन कल्पना गर्न सक्नुहुन्छ? सक्नुहुन्न। एकछिनलाई अक्सिजनबिनाकाे जीवनकाे कल्पना गरि हेर्नुस् त। एकछिनलाई कल्पना गर्नुहाेस् कि तपाईंलाई केही मान्छेहरुसित एउटा विशाल कफिनभित्र हालेर खाल्डाेभित्र पुरिएकाे छ। कफिनमा कतैबाट पनि हावा पस्ने ठाउँ छैन।कफिनभित्र पहिल्यै भएकाे अक्सिजनकाे सहारामा तपाईं अधिकतम १० घण्टामात्र बाँच्न सक्नुहुन्छ। त्यसपछि तपाईंको शरीरले तडपि तडपि प्राण त्याग गर्नेछ। अर्थात् तपाईंको आयु अधिकतम १० घण्टा मात्र छ। त्यतिबेला तपाईंकाे अवस्था कस्ताे हुन्छ हाेला, एकपटक कल्पना गर्नुहाेस् त। आङ सिरिङ्ग भयाे नि हैन?

जति-जति समय बित्दै जान्छ, उति-उति कफिनमा अक्सिजन पनि सिद्धिन्दै जान्छ र जति-जति अक्सिजन सिद्धिन्दै जान्छ, उति-उति तपाई सहितका कफिनभित्रका मान्छेहरु अधैर्य हुन थाल्छन्। अनि, त्यहाँ भएकाहरु मध्ये कसैलाई मारेर अक्सिजनकाे खपत घटाउनेबारे साेच्न थाल्छन्। त्यतिमात्र हैन, त्याे डरलाग्दो साेचलाई कार्यान्वयन पनि गर्न खाेज्छन्।

यस्ताे अवस्थामा त्यसभित्रकाे भयानक, अमानवीय, क्रूर र टेन्स एटमाेसफियरकाे परिकल्पना गर्नुहाेस्। कस्ताे नरकीय अवस्था हाेला त्याे? अक्सिजन र बनस्पतिकाे महत्वलाई गहिराेसँग बुझ्न-बुझाउन यति  कन्टेन्ट’ काफी छ।

अझ एक स्टेप अघि बढेर कल्पना गर्नुहाेस्, बसभित्र एउटी आमा छिन् जसकाे एउटा छाेरा छ। छाेराकाे फाेक्साे कमजाेर छ। ऊ श्वासप्रश्वासकाे लागि अक्सिजन सिलिन्डरमा भर पर्छ। अर्थात्, अक्सिजन सिलिन्डरबाटै श्वास लिएर ऊ बाँचिरहेकाे छ। यदि ऊ बाट अक्सिजन छुटे प्राणवायु छुट्नेछ र उसकाे प्राणपखेरु उड्नेछ। अनि कफिनभित्र उनकाे साथमा उनकाे छाेरा पनि छ। कल्पना गर्नुहाेस्, त्याे आमा तपाईं नै हाे र त्याे फाेक्साे कमजाेर भएकाे, अक्सिजन सिलिन्डरकाे भरमा बाँचिरहेकाे बच्चा तपाईंको छाेरा हाे।

कफिनभित्र अक्सिजनकाे अभाव, पलपल अक्सिजनकाे मात्रा घट्दै गईरहेकाे र पलपल मृत्युकाे नजिक सर्दै गईरहेका  मानिसहरु, यस्ताेमा अचानक उनीहरुकाे नजर तपाईंकाे छाेरामाथि पर्छ। अनि उनीहरु तपाईंको छाेराकाे अक्सिजन सिलिन्डर खाेसेर आफु बाँच्न र तपाईंकाे छाेरालाई मार्न चाहन्छ भने त्याे अवस्थामा तपाईं के गर्नुहुन्छ? तपाईंको मनाेदशा कस्ताे हुन्छ? तपाईंकाे रिएक्शन कस्ताे हुन्छ?

कुनै पनि आमा आफ्नाे सन्तानमाथि खतरा आईपरे चुप लागेर बस्न सक्दिनन्। उनी आफ्नाे भएभरकाे तागत लगाएर साे खतरासँग जुध्छिन् र आफ्नाे सन्तानलाई बचाउने, सुरक्षित राख्ने काेशिश गर्छिन्। याे आमाकाे नेचर हाे। प्रकृति पनि आमाजस्तै हाे। प्रकृति र आमा उस्ताउस्तै हुन्। प्रकृति र आमाकाे नेचर समान छ। उनीहरुकाे नेचरमा कति पनि भिन्नता छैन। प्रकृतिले पनि आफ्नाे सृजनामाथि खतरा आईपरे यसै गर्ने हाे। यस फिल्ममा प्रकृति र आमालाई समतुल्य राखेर याे सत्यलाई बुझाउन खाेजिएकाे छ।

यस फिल्मले बनस्पतिकाे महत्वलाई दर्शाउनुकाे साथै आमाकाे आफ्नाे सन्तानप्रतिकाे प्रेमलाई पनि देखाएकाे छ। आफ्नाे सन्तानप्रति आमाकाे माया, केयरिङ र प्राेटेक्टिभ नेचरलाई फिल्मले रेखांकन गरेकाे छ। सन्तानकाे लागि लड्न सक्ने आमाकाे नेचरलाई चित्रण गरेकाे छ।

‘O2’ (OXYGEN) काे रुपमा जि एस भिकनेसले अलग सब्जेक्टमा अलग किसिमकाे फिल्म बनाएका छन्। यस फिल्मकाे सेटअप पनि अलग छ। फिल्ममा थ्रील छ, टेन्स छ, प्रेसर छ, एक्शन छ, ह्युमन नेचर छ, साईकाेलाेजी छ र म्यासेज पनि छ। उपदेशात्मक नभईकन फिल्मले प्रारम्भमा छायाचित्र र त्यसपछि मानव पात्रहरुकाे माध्यमबाट क्रमशः पर्यावरण र वनस्पतिको महत्वलाई बुझाएकाे छ।

दुई-तीन ठाउँमा फिल्मले बिम्बकाे माध्यमबाट पनि बाेलेकाे छ, जस्ताे की डाक्टरलाई भेटेर कारमा फर्किरहेकाे बेला कारकाे झ्यालबाट एउटा प्लास्टिक बनस्पतिमा अल्झिरहेकाे देखिन्छ। दाेस्राे, नयनतारा उनकाे छाेरालाई लिएर बस चढ्न घरभित्र देखि बाहिर निस्कन्दै गर्दा एउटा प्लास्टिक उडेर आएर घुमिरहेकाे पँखामाथि छ्याप्पै टाँसिन्छ र पँखा घुम्न बन्द हुन्छ। याे दृष्यले सँकेतमा फिल्मकाे थिम बताईरहेकाे हुन्छ। तेस्राे दृष्य लास्टमा आउँछ जसले बाेटबिरुवा वा बनस्पति जीवनदायिनी शक्ति हाे भन्ने कुरालाई बुझाउँछ।

नयनतारा एक यस्ती अभिनेत्री हुन्, जसले जुन भूमिका निभाउँछन्, त्यस भूमिकामाथि शतप्रतिशत न्याय गर्छन्। साउथमा उनलाई लेडी सुपरस्टार भनिन्छ। यसपटक पनि उनी आफ्नाे काममा चुकेकी छैनन्। उनले आफुलाई बच्चाकाे आमाकाे चरित्रमा पूर्ण रुपमा ढालेकी छन्। उनकाे अप्राेच, उनकाे बडी ल्याङ्वेज, उनकाे रिएक्शन…हरेक कुरा कन्भिन्सिङ छ।

उनकाे छाेराकाे भूमिका निभाउने बाल कलाकारले पनि आफ्नाे भूमिका राम्राेसँग निभाएका छन्। नयनतारा र त्यस बालकबीचकाे केमिस्ट्री पनि सुहाएकाे छ। उनीहरू साच्चिकै आमाछाेरा लाग्छन्। अन्य कलाकारहरु पनि आ-आफ्नाे भूमिकामा उपयुुक्त छन्।

समष्टिमा, फिल्म अलग किसिमकाे छ। याे अलग कथामा बनेकाे छ। फिल्मकाे कलाकारहरुका अभिनय, छायांकन, निर्दैशन र अन्य प्राविधिक पक्षहरु पनि राम्राे छ। अ, लेखन वा पटकथा चाहिँ ठाउँ-ठाउँमा कमजाेर भएकाे महसुस हुन्छ। फिल्म अर्थपूर्ण छ र पर्यावरणबारे सन्देश पनि दिन्छ। त्यसैले, याे फिल्मलाई यस बर्षकाे एक महत्वपूर्ण फिल्म मान्न सकिन्छ।

मा प्रकाशित