मनाेज कुमारका नायिकाहरु:-

प्रभास

उनी उल्लासले भरिपूर्ण छन्। उनकाे गुनगुनाहटले मनलाई सुकून दिन्छ। उनी एक पलका लागि बहाना बनाएर सिगरेट लिन जान्छन्। तर, कुराकानीकाे क्रममा सिगरेटलाई सल्काउँदैनन्। उनी त्यसलाई आफ्नाे ओठकाे बीचमा गुड्काईरहन्छन् र एकपछि अर्काे गर्दै यादहरुलाई जीवन्त बनाउँदै जान्छन्…

देशभक्तिले प्रेरित आफ्ना फिल्महरुबाट उनी ‘भारत कुमार’ काे नामले प्रख्यात भएता पनि उनकाे अभिनयमा अन्तर्निहित राेमान्सलाई नजरअंदाज गर्न सकिन्दैन। उनले आफ्ना अभिनेत्रीहरुलाई विरलै छाेए, चाहे माैसम जतिसुकै बेकाबू रहेकाे हाेस्। यही स्वाच्छता उनकाे फिल्महरुकाे सुन्दरता बन्न गयाे। आफ्ना फिल्महरुमा वैजयन्तीमालादेखि लिएर अनिता राजसम्मका हिराेईनहरुसँग राेमान्स गरिसकेका अभिनेता एवं फिल्म निर्माता-निर्दैशक मनाेज कुमार यस बारेमा भन्छन् कि, ‘हामी आदर्शवाद र देशभक्तिकाे कुरा गर्छाें अनि लगत्तै अर्काे दृष्यमा हामी आफ्नाे सह-कलाकारलाई उचालेर पानीमा फ्याँकिदिन्छाैं भने दर्शकहरुका मनमा उनकाे लागि कुनै आदर रहनेछैन। म चाहन्थे कि मेरा दर्शकहरु मेराे चरित्रकाे आदर गरुन्।’

आफ्ना सह-अभिनेत्रीहरुसँग आफ्नाे अशारीरिक अंतरंगतालाई बुझ्नका लागि उनी रवीन्द्रनाथ टैगाेरका निम्न पङ्क्तिहरु वाचन गर्छन्,

‘म तिम्राे नाम बाेलाउनेछु
छायांहरुका बीच
एक्लै बसेर
शब्दहरु बिना…’

थाेरै अडिएर उनी अगाडि भन्छन्, ‘मैले आफ्नाे कुनै पनि हिराेईनलाई गलत नजरले हेरिन। त्यसैले, उनी अझ सुन्दर बन्न पुगिन्।’

मीना कुमारी

मीना कुमारी

मीनाजी एक बुद्धिमान महिला हुनुहुन्थ्यो। एक दुर्घटनामा उहाँले आफ्नाे एउटा औला गुमाउनुभएकाे थियाे तर याे कुरालाई पर्दामा उहाँले कुशलतापूर्वक लुकाउनुभयाे।

एकचोटि उहाँले मलाई भन्नुभएकाे थियाे, ‘एकदिन तिम्राे संघर्ष सकिनेछ। तर त्यसपछि, अर्काे सँघर्ष सुरु हुनेछ। यस कुरालाई मनन गर्नु। सफलतालाई कायम राखिरहनु कठीन छ।’

माला सिन्हा

माला सिन्हा

त्यसबेला उहाँ एक स्टार हुनुहुन्थ्याे र उहाँकाे पारिश्रमिक लाखाैंमा हुन्थ्याे, जब मैले ‘हरियाली और रास्ता’ (१९६२) साइन गरेकाे थिए। आफ्नाे कामप्रति उहाँ यति समर्पित हुनुहुन्थ्यो कि निर्देशकद्वारा ओके भनिसकेपछि पनि उहाँ भन्नुहुन्थ्याे, ‘वान् माेर टेक प्लिज’।

उहाँकाे एउटा खास बानी थियाे, जब जब मेराे क्लाेज-अप शट लिईन्थ्याे, उहाँ क्यामेराकाे नजिकै आएर उभिनुहुन्थ्याे। मलाई उहाँले त्यसाे गरेकाे मनपर्दैनथ्याे। यसबाट म नर्भस हुन्थे, कमजाेर हुन्थे। पछि उहाँले मलाई भन्नुभयाे कि उहाँ केवल ‘म ठीकसँग सिन वा अभिनय गरिरहेकाे छु कि छुईन’ भन्ने जान्न/हेर्नका लागि क्यामेराकाे नजिक आउनुहुन्छ। अरु त कुनै कारण छैन।

एकपटक हामी दार्जिलिङमा ‘हरियाली और रास्ता’काे शूटिङ गरिरहेका थियाैं। युनिट आफ्नाे नास्ता लाेकेशनमा लिएर जान्थ्याे। एकपटक कसैले मलाई साेध्याे, ‘याे अण्डा कसकाे हाे?’

मैले भने, ‘मालाजी काे।’

उहाँ रिसाउनुभयाे र आक्राेशित भएर साेध्नुभयाे, ‘के म अण्डा दिन्छु?’

तर पछि फेरि उहाँ आफ्नाे हँसिलाे मुद्रामा फर्किनुभयाे।

वैजयन्तीमाला

वैजयन्तीमाला

सुरुमा उहाँ सँकाेची हुनुहुन्थ्यो। तर निर्दैशक राजेन्द्र भाटिया मजाकिया स्वभावका थिए र म पनि। त्यसैले, उहाँ हामीसँग चाँडै घुलमिल हुनुभयाे।

त्यसबेला उहाँ राज कपूरकाे फिल्म ‘सँगम’ मा काम गरुँ कि नगरुँ भनेर साेचिरहनुभएकाे थियाे। राज (कपूर) साहब दिनहुँ दिउँसाे चार बजे माेहन स्टुडियाेज आउनुहुन्थ्याे र घण्टाैंसम्म उहाँसँग आफ्नाे आगामी फिल्म ‘सँगम’काे बारेमा चर्चा गर्नुहुन्थ्याे।

पछि मैले उहाँसँग अर्काे फिल्म ‘फूलाें की सेज’ (१९६४) मा काम गरे। समयक्रमसँगै हामी साथी बन्याैं। हामी सँगै टेनिस खेल्थ्याैं।

वहीदा रहमान

वहीदा रहमान

उहाँमा हिराेईनवाला  नखरा थिएन। उहाँले कहिले पनि कसैलाई पनि आफ्नाे लागि छाता समात्न लगाउनुभएन। फिल्म ‘आदमी’ काे शूटिङका दाैरान निर्दैशक भीम सिहँलाई पक्षघात भयाे। यता दिलिप (कुमार) साहबलाई पनि कुनै कामका लागि काेडाइकनाल जानूपर्‍याे। भीम सिहँले मलाई केही दृष्यकाे निर्दैशनकाे काम सुम्पिनुभयाे। मैले वहीदाजीलाई निर्दैशन गर्नुपर्ने थियाे। वहीदाजी शट दिन तयार हुनुभयाे। उहाँले कहिल्यै पनि मलाई प्रश्न गर्नुभएन। मैले जे जे निर्दैशन दिए, त्यही चुपचाप पालना गर्नुभयाे। यस्ताे अभिनेत्री हुनुहुन्थ्यो उहाँ। उहाँकाे हातमा एउटा माेटाे किताब थियाे – ‘द फाउन्टेनहेड’ जसलाई उहाँले ‘आदमी’, ‘पत्थर के सनम’ र ‘नील कमल’का दाैरान पढिरहनुभयाे।

हेमा मालिनी

हेमा मालिनी

उनी मेराे परिवारकाे सबैभन्दा नजिक छिन्। उनी हामीलाई इडली र डाेसा पठाउँथिन् र हामी उनलाई कालाे दाल पठाउँथ्याैं। हामीले ‘सन्यासी’, ‘दस नम्बरी’ र ‘क्रान्ति’मा एकसाथ काम गर्‍याैं। ‘क्रान्ति’काे दाैरान मैले उनलाई एकचाेटि बिहान पाँच बजेर दस मिनेटमा हेलिप्याडमा आईपुग्न निर्दैशन दिए। म उदाईरहेकाे सूर्यसँग उनकाे शट खिच्न चाहन्थे। याे शटले उनकाे चरित्रमा आएकाे परिवर्तनलाई दर्शाउँथ्याे। मैले सूर्यलाई जुम गरे, उनले सूर्यतर्फ हेरिन् र दृष्य पूरा भयाे। उनी त्याे दृष्यबाट खुशी थिईन् र उनले खुशी-खुशी सबैकाे लागि इडलीहरु पठाईन्। उनकाे पिताकाे निधनकाे खबर सुनेर म र मेरी पत्नी उनकाे घरमा गयाैं। त्यहाँ उनले आफ्नाे पिताकाे खुट्टा समातेर मसँग साेध्नुभयाे, ‘के उहाँ अब म सँग बाेल्नुहुन्न?’ म त्याे दृष्यलाई कहिले पनि भूल्न सक्दिन।

साधना

साधना

निर्माता एन.एन.सिप्पी कहाँ एउटा राम्राे कथा थियाे। तर मलाई सेटअप मन परिरहेको थिएन। त्यसैले मैले उनकाे प्रस्तावलाई नकारिरहे। तर जब मेराे छाेरा विशालकाे जन्म भयाे (१८अक्टाेबर १९६२) तब नारी (एन.एन.सिप्पी) मलाई बधाई दिन अस्पताल आए। उनले भने, ‘याे फिल्मलाई आफ्नाे छाेराकाे भाग्यकाे टाेकन ठानेर काम गर्नुहाेस्।’ मैले फिल्म ‘वाे काैन थी’ साईन गरे।

जब साधनासमक्ष यस फिल्मकाे हिराेईनकाे राेल अफर गरियाे, तब उनले निर्दैशक राज खाेसलासँग भने, ‘मनाेज र मेराे फिल्म चल्दैन।’ तर राजले भने, ‘नेगेटिभ नेगेटिभ मिलेपछि पाेजेटिभ हुन्छ।’

मनाेज कुमार र साधना

गीत ‘लग जा गले’काे पछाडि पनि एउटा कथा छ। एकदिन दिवंगत सँगीतकार मदनमाेहनले मलाई फाेन गरेर भने, ‘राजकाे दिमाग खराब भएकाे छ। ऊ एउटा राम्राे गीतलाई पनि बाेगस भन्दैछ।’ अर्काेदिन एन एन सिप्पी र म नयाँ धुन सुन्ने विचार गरेर राजलाई मदनकहाँ लिएर गयाैं। पहिला उनलाई ‘लग जा गले’ सुनायाैं। गीत समाप्त भएपछि एउटा माैनता छायाे। राज उठे, आफ्नाे जुत्ता उठाए र आफैलाई हिर्काउन थाले। उनले भने, ‘कुन मूर्खतापूर्ण मुडमा मैले याे गीतलाई ‘नाे’ भने।’

आशा पारेख

आशा पारेख

उनी एक स्टार थिईन्, तर पनि उनले आफुले भाइ बनाएकाे जगदीश नरुलाकाे फिल्म ‘अपना बना के देखाें’ मा मलाई साईन गराउन म कहाँ पठाईन्। मेराे विवाहपश्चात् उनी एकमात्र यस्ताे मानिस थिईन्, जसले मलाई र मेरी पत्नीलाई खाना खान बाेलाईन्। उनले हामीलाई ताडगाेला र पानीपुरी खान पनि बाेलाईन्। पछि मैले उनीसँग ‘दाे बदन’मा काम गरे। यस शीर्षकलाई मखदूम माेइनुद्दीनकाे गीत ‘दाे बदन प्यार की आग’ बाट लिइएको थियाे।

आशाले सुरुवाती दिनहरुमा मेराे मदत गरेकी थिईन्। त्यसैले, मैले उनी समक्ष फिल्म ‘उपकार’मा काम गर्ने प्रस्ताव राखे। उनकाे आँखीभुइँ पातलाे थियाे तर तपाईं ‘उपकार’मा त्याे देख्नुहुनेछैन। उनलाई डान्सिङ स्टारकाे रुपमा चिनिथ्याे। तर त्याे फिल्ममा नाँचगान थिएन।

उनी पहिल्यैदेखि आत्मनिर्भर थिईन्। त्याे उमेरमा पनि उनी आफ्नाे बाबुआमाकाे हेरचाह गर्थिन्। जसरी उनले आफ्नाे बाबुआमाकाे हेरचाह गरिन्, त्यसलाई सलाम गर्नुपर्छ।

नन्दा

नंदा

उनले शशि कपूर, धरम (धर्मेन्द्र) र मेराे हाैसला बढाईन्। नन्दाकाे सिनेमाकाे छवि एक बहिनी थियाे र उनलाई जीवन, मीठाे खाना र सङ्गीतसँग प्रेम थियाे।

उनले मेराे फिल्म ‘शाेर’मा सानाे भूमिका स्वीकार गरिन्। तर याे शर्तमा कि उनलाई यसकाे लागि एक रुपैयाँ पनि नदिईयाेस्। मैले एउटा शटकाे तयारी गरे, क्यामेरालाई हेरे र नन्दा फ्रेममा उभिएकी थिईन्। मेरा सहयोगीहरुले कहिले पनि उनलाई फाेन गर्नुपरेन। फिल्मकाे एक सुन्दर गीत ‘एक प्यार का नगमा है’ उनीमाथि छायांकन गरियाे, जसकाे धुन लक्ष्मीकाँतले आफ्नाे छाेरा टिंकुकाे हारमाेनियममा बनाएका थिए। मैले नंदाकाे याे असलपनाकाे बदला चुकाउने काेशिश गरे, तर चाहेर पनि चुकाउन सकिन।

सायरा बानाे

सायरा बानाे

एकदिन मैले दिलिप (कुमार) साहबसँग भेटकाे दाैरान साेधे कि ‘के सायराजी ‘पूरब और पश्चिम’मा काम गर्न सक्नुहुन्छ?’

उहाँले मेराे गाला थपथपाउनुभयाे र भन्नुभयाे, ‘तिमी त्याे पहिलाे व्यक्ति हाै जसले मलाई साेध्याे।’

मैले एक महिनासम्म सायरा जीसँग शूटिङ गरे। त्यसपछि उहाँ बिरामी हुनुभयाे र उपचारको लागि लण्डन जानुभयाे। उहाँले मलाई शूटिङकाे लागि उतै बाेलाउनुभयाे। तर औषधीहरुका कारण उहाँकाे अनुहार सुन्निएकाे थियाे। लामा दृष्यहरुमा उहाँले आफ्नाे अनुहार कपालले ढाकेर शूटिङ गर्नुभयाे। क्लाेज-अपकाे शूटिङ पछि बान्द्रास्थित उहाँकाे घरमा भयाे।

उहाँ बिन्दास हुनुहुन्थ्याे। अनि उहाँलाई याे कुराले केही फरक पर्दैनथ्याे कि क्यामेराकाे फाेकस उहाँकाे खुट्टामा छ वा कम्मरमा। उहाँ दिलिप साहबकाे एकदमै राम्राेसँग ख्याल राख्नुहुन्छ। जब उहाँ बिमार हुनुहुन्थ्यो, तब दिलिप साहबले पनि उहाँकाे बच्चालाई जसरी ख्याल राख्नुभएकाे थियाे।

जीनत अमान

जीनत अमान

उनी अत्यन्त मेहनती थिईन्। फिल्म ‘राेटी, कपडा और मकान’ मा उनकाे मृत्युकाे दृष्य खिच्नलाई म सँग मात्र चार दिन थियाे, तर उनलाई आँखामा आँसु राेक्न आउँदैनथ्याे। त्यसैले, हामीलाई पन्ध्र दिन लाग्याे।

राज (कपूर) साहबले मलाई एकदिन साेध्नुभयाे, ‘उनीसँग काम गर्दाकाे अनुभव कस्ताे भयाे?’

मैले भने, ‘उनीभित्र आफैलाई साबित गर्ने प्रबल ईच्छा छ।’

अनि, उहाँले भन्नुभयाे, ‘यदि त्यसाे हाे भने म उनलाई निराश पार्दिन।’

मानिसहरुले ‘हाय हाय ये मजबूरी’ गीतमा उनकाे ठुमकाकाे बारेमा लेखेका छन्। तर उनीहरुले फिल्मकाे हिराेकाे बाध्यतालाई बुझ्न सकेनन्। जसलाई अन्तर्वार्ताकाे लागि जानु थियाे। जसकाे कारण उसले बर्सातकाे मज्जा लिनु पाएन।

मा प्रकाशित