
सईद अख़्तर मिर्ज़ा भारतीय यथार्थवादी सिने परम्पराका एक उल्लेखनीय निर्देशक मानिन्छन्। ‘अरविन्द देसाई की अजीब दास्तान’ (१९७८), ‘अल्बर्ट पिन्टाे काे गुस्सा क्याें आता हैं’ (१९८०), ‘माेहन जाेशी हाज़िर हाे’ (१९८४), ‘सलिम लंगड़े पे मत राे’ (१९८९) जस्ता अत्यन्त जटिल, अत्यन्त गुढगम्भीर र दिमागलाई झन्झनाउने सिनेमाहरु बनाएका मिर्ज़ाले यसकाे ठीक विपरीत मनाेरन्जक साथसाथै अर्थपूर्ण र सन्देशमूलक टिभी सिरियलहरु पनि बनाएका छन्।
मलाई मिर्ज़ाका सिनेमाहरुभन्दा पनि टिभी सिरियल राेमान्चक लाग्छ। जसमा भरपूर मनाेरन्जन र हाँस्यव्यङ्गकाे साथमा गम्भीरता, संवेदनशीलता, मानवता, भावुकता, नैतिकता, समसामयिकता र सामाजिकतालाई पनि मज्जाले ‘ब्लेन्ड’ गरिएकाे हुन्छ। यही शैलीलाई ‘मुन्नाभाई’, ‘थ्री इडियटस्’ र ‘पिके’ फेम फिल्ममेकर राजू हिरानीले पनि अपनाएकाे र विकसित गरेकाे पाइन्छ।
सईद अख़्तर मिर्ज़ाद्वारा सन् १९८६ मा निर्दैशित गरिएकाे बहुचर्चित र लामाे टिभी-सिरियल ‘नुक्कड़’लाई यसकाे ‘कन्टेन्ट’का लागि आज पनि याद गरिन्छ। यहाँ म ‘नुक्कड़’काे एपिसाेड-२ काे विस्तारमा चर्चा गर्न गईरहेकाे छु। यसकाे यही एउटा एपिसाेड (एपिसाेड-२) हेर्नुभयाे भने तपाईं याे सिरियलकाे महत्वलाई बुझ्नुहुनेछ।
याे एपिसाेडमा बिहेमा बाजा बजाउने काम गर्ने एकजना वृद्ध मास्टरजी छ, जाे लामाे समयदेखि बाजा बजाउने काम नपाएर बेराेजगार भएकाे छ। ‘नुक्कड़’काे अगुवाकाे हैसियतमा रहेकाे गुरु (दिलिप धवन) वृद्ध मास्टरजीलाई मदतकाे अफर गर्छ तर वृद्ध मास्टरजी आफुलाई अहिले मदतकाे आवश्यकता नपरेकाे बताउँछ।
त्यसपछि एकदिन वृद्ध मास्टरजीले काम पाउँछ। उनले काम पाउँदा नुक्कड़का बासिन्दाहरुकाे खुशी हेर्न लायक हुन्छ। सबै आफ्नाे कामधाम छाेडेर वृद्ध मास्टरजीलाई तयार गर्नतर्फ लाग्छन्। काेही उनकाे कपडा ईस्त्री गरिदिन्छन्, त काेही जुत्ता टल्काईदिन्छन्। काेही उनकाे टाेपी टल्काईदिन्छन्, त काेही उनकाे बाजा। सबैजना औधी खुशी हुन्छन् कि मास्टरजीले काम पाए।
तर जब काम गर्न बाेलाएकाे मान्छेले वृद्ध मास्टरजीलाई बुढाे भएकाेले ‘बाजा बजाउन नसक्ने’ भन्दै काम दिन मान्दैनन्, तब नुक्कड़का सबैजना दु:खी हुन्छन्। जब हार खाएर मास्टरजीले आफ्नाे गुजाराकाे साधन बाजा नै बेच्ने कदम उठाउँछ, तब सबैजना विचलित हुन पुग्छन्। अनि आउँछ, यसकाे मर्मस्पर्शी क्लाईमेक्स, म ठाेकुवा गरेर भन्छु, यसकाे क्लाईमेक्सले तपाईलाई रुवाईदिनेछ।
‘नुक्कड़’ कैयाैं हिसाबले ‘कल्ट क्लासिक’ र यादगार लाग्छ। याे एपिसाेडमा जसरी नुक्कडका बासिन्दाहरुकाे एकअर्काप्रतिकाे माया, प्रेम, आत्मीयता र आफ्नाेपनलाई रेखांकित गरिएकाे छ, त्याे अद्वितीय लाग्छ। जसरी उनीहरुकाे वर्गीय प्रेम र एकतालाई देखाइएकाे छ, त्याे अदभूत लाग्छ।

नुक्कड़का बासिन्दाहरु सबै गरिब छन्, सबै निमुखा छन्, सबै भाग्यद्वारा ठगिएका छन् तर पनि एकअर्कालाई आफुले सकेकाे मदत गर्छन्। एकअर्काकाे लागि दुआ गर्छन्, प्रार्थना गर्छन्, एकअर्काकाे उन्नतिमा रमाउँछन्। आफुहरुमध्ये कसैले केही उन्नति गरे उनीहरु आफ्नै उन्नति ठानेर ‘सेलिब्रेट’ गर्छन्। एकअर्काकाे सुखदु:खमा साथ दिन्छन्। आफुहरुमध्ये काेही खुशी भए सबै खुशी हुन्छन्, काेही दु:खी भए सबै दु:खी हुन्छन्। काेही हाँसे सबै हाँस्छन्, काेही राेए सबै रुन्छन्। काेही अफ्ठ्याराेमा परे सबैले सकेकाे मदत गर्छन्। यस्ताे छ उनीहरुकाे अन्तर्सम्बन्ध। यस्ताे छ उनीहरुकाे प्रेम।

याे भन्दा पनि महत्वपूर्ण कुरा, उनीहरु कुनै आफ्नाकाे सपनालाई मर्न दिदैनन्। उनकाे मूल्य र भावनालाई अवमूल्यन् हुन दिदैनन्। अपमानित हुन दिदैनन्। उनकाे अस्तित्वलाई मेटिन दिदैनन्। त्यसाे हुन लागे उनीहरु सबै मिलेर बचाउन लागिपर्छन्। यही एउटा गुणले उनीहरुलाई अद्वितीय बनाउँछ। गरिब भए पनि मनकाे धनी बनाउँछ। एउटै हालत भएका, एकसमान चाेट खाएका, एकैखाले दु:ख र पिडाबाट गुज्रिरहेका मानिसहरुले नै एकअर्कालाई बुझ्न सक्छन्। एउटै तप्का-वर्गका मानिसहरुले नै एकअर्कालाई साँचाे प्रेम गर्न सक्छन्। ‘याे संसारमा वर्गीय प्रेम नै सबैभन्दा साँचाे र चाेखाे हुन्छ’ भन्ने सत्य याे कथाले महसुस गराउँछ।
उनीहरु गरिब छन्, अशिक्षित छन् तर उनीहरुमा उच्चतम् संवेदनशीलता छ। उच्चतम् मानवता छ। उनीहरुकाे सामाजिकता असाधारण छ, अनुकरणीय छ। हाम्राे समाजबाट सामाजिकता र मानवता दिनानुदिन मर्दै गईरहेकाे छ। आज हामी आफ्नै छिमेकीलाई अफ्ठ्याराे पर्दा मदत गर्न निस्कन्दैनाैं। आफ्नै आँखा अगाडि काेही मरिरहन्दा हामी उद्देलित हुँदैनाैं। हाम्राे मुटु चिरिन्दैन। हामी बरु रमिता हेर्न झुम्मिन्छाैं, माेबाईल झिकेर भिडियाे बनाउन थाल्छाैं तर मदत गर्न अघि सर्दैनाैं। हाम्राे संवेदना मर्दै गईरहेकाे छ। हामी दिनानुदिन असंवेदनशील बन्दै गईरहेका छाैं। हाम्राे समाज दिनानुदिन असामाजिक हुँदै गईरहेकाे छ।

हाम्राे समाजलाई सामाजिकताकाे खाँचाे छ। संवेदनशीलता र मानवताकाे खाँचाे छ। अहिलेकाे काेराेनाकालमा त हाम्राे समाज र सभ्यताले अझ बढी सामाजिकता, संवेदनशीलता र मानवताकाे माँग गर्दछ। यस्ताेमा ‘नुक्कड़’काे याे कथा हाम्राे लागि सन्देशप्रद, प्रेरणादायी, अनुकरणीय र ज्ञानवर्द्धक हुन सक्छ। ‘नुक्कड़’काे याे एपिसाेडबाट हामी धेरै अमूल्य कुराहरु सिक्न सक्छाैं।
त्यसैले याे कथा वर्तमान परिप्रेक्ष्यमा पनि सान्दर्भिक छ। यसले हामीलाई अझ बढी मानवीय, अझ बढी संवेदनशील, अझ बढी दयालु, अझ बढी सहयाेगी र अझ बढी सामाजिक बन्न प्रेरित गर्छ। मात्र २३ मिनेटकाे याे एपिसाेडले प्रदान गर्ने खुराक सय कराेडकाे बजेटमा बन्ने कैयौं वाहियात फिल्महरुले दिने खुराकभन्दा वजनदार छ।
‘नुक्कड़’काे याे एपिसाेड तपाईलाई मन परे, तपाईं ‘नुक्कड़’का निम्न एपिसाेडहरु पनि हेर्न सक्नुहुन्छ। सबै एपिसाेड युट्युबमा उपलब्ध छन्।
एपिसाेड – १२:- नुक्कडमा चाेरकाे आगमन
एपिसाेड – ९:- खाेपड़ीकाे कथा एपिसाेड – ६:- राधाकाे कथा
एपिसाेड – ५:- परिकाे कथा
एपिसाेड – २४:- अटाेरिक्शाकाे कथा
एपिसाेड – ३:- नुक्कड़मा राजनीतिज्ञकाे आगमन
एपिसाेड – ८:- मेरी क्रिशमश
एपिसाेड – १४:- गुरु र टिचर बीच असमझदारीकाे कथा एपिसाेड – २५:- थम्बीकाे कथा एपिसाेड – २५:- नुक्कड़, मृत्यु र जन्म
एपिसाेड – १२:- मेन्टल प्राेफेसरकाे कथा
एपिसाेड – १८:- रहस्यमय स्त्रीकाे कथा
एपिसाेड – १५:- हामिदकाे कथा
एपिसाेड – २३:- कादर भाईकाे हेयर बिगकाे कथा
एपिसाड – ११:- डब्बाकाे कथा
एपिसाेड – ७:- नुक्कड़मा आएकाे नाैलाे बच्चाकाे कथा
एपिसाेड – २६:- नुक्कड़मा हिडेन क्यामेरा
एपिसाेड – २७:- कसकाे विकास? कस्ताे विकास? (भाग-१)
एपिसाेड – २८:- कसकाे विकास? कस्ताे विकास? (भाग-२)
एपिसाेड – २९:- दुखिया र उसकाे कुकुर
एपिसाेड – ३०:- राजनीति र धर्म
@Prabhas733
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




