फोरलेन सडकजस्तै टरीगाउँ एयरपोर्ट दुर्त गतिमा बन्नुपर्छ

बजेट विनियोजन गर्न भूमिका खेल्ने सबै सबैलाई घोराही बनाउँ अभियानको तर्फबाट धन्यवाद।

आलोक भावुक

दाङ,२० जेठ। अरबौ रकम लगानी लाग्ने काम मध्येको एउटा घोराही- तुलसीपुर फोरलेन सडक पनि हो । लामो समयसम्म फोरलेन सडक अलपत्र भएपछि यस अगाडिको सरकारले एकैपटक बजेट सुनिश्चित गरेर टेन्डर आह्वान गरेको थियो। उक्त सडकको ठेकेदार कम्पनी: दिवा–बन्दन भगवती जेभी, काठमाडौंले २ अरब ५२ करोड २० लाख रुपैयाँमा टेन्डर लगेको छ । अहिलेसम्म फोरलेन सडकको काम सन्तोषजनक छ। धमाधम गरिरहेको छ । हामी दाङबासीले फोरलेन सडकका लागि जसले योगदान पुर्याए सबैलाई धन्यवाद दिइरहेका छौं। किनकि उक्त सडक वर्षौंसम्म अलपत्र परेका कारण ठूलो शास्ति बेहोर्नु परेको थियो।

यतिबेला पुनः हामी माझ दाङको अर्को गौरव आयोजना टरीगाउँ एयरपोर्ट निर्माण गर्ने दायित्व अगाडि बढेको छ। वर्तमान सरकारले टरिगाउँ एयरपोर्टको लागि २५ करोड बजेट विनियोजन गर्ने मौखिक आश्वासन दिएको छ । एयरपोर्ट अत्याधुनिक तवरले बनाउनको लागि कुल बजेट ५०० करोड बढी लाग्छ। यस अर्थमा पूर्णरूपले बजेट सुनिश्चित नगरेर थोरै रकम कुनै पनि आयोजनामा विनियोजित हुँदा कहिलेकाहीँ दशकौंसम्म यस्ता आयोजनाहरू अलपत्र पर्ने खतरा हुन्छन् । हामी दाङबासी एयरपोर्ट नभएकै कारण ठूलो पीडामा छौं। यस अर्थमा कम्तिमा पनि वर्तमान सरकारले टरीगाउँ एयरपोर्टको लागि पूर्ण रुपले बजेट सुनिश्चित गरी पाँच वर्षभित्रमा अनिवार्य एयरपोर्ट बन्ने गरेर ठेक्का आह्वान गर्नुपर्छ। अन्यथा विगतमा फोरलेन सडकका कारण प्रत्यक्ष रुपमा जुन समस्या दाङबासीले भोगेका थिए, टरीगाउँ एयरपोर्ट निर्माण कार्य अलपत्र हुँदा त्यस्तै पीडापूर्ण दाङबासीले भोग्नुपर्ने हुन सक्छ । यसतर्फ तपाईं हामी सबै सचेत हुनुपर्छ । सरकारलाई सकारात्मक रुपमा खबरदारी गरिरहनुपर्छ । हाल टरीगाउँ एयरपोर्टको लागि बजेट विनियोजन गर्न जस-जसले भूमिका खेल्नुभयो सबै बधाईको पात्र हुनुहुन्छ । घोराही बनाउँ अभियानको तर्फबाट हामीले टरीगाउँ एयरपोर्ट लगायत दाङलाई आवश्यक पर्ने थुप्रै योजनाको लागि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थियौं । दाङको आवश्यकता पूरा गर्न सरकार सधैँभरि कटिबद्ध बनोस् । सबैलाई धन्यवाद ।

सबिन प्रियासन (संयोजक) घोराही बनाउ अभियान

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID