गढवामा थुनेलो रोग नियन्त्रण सम्बन्धी सचेतना तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, ५ जेठ । दाङ देउखुरीको गढवामा थुनेलो रोग सम्बन्धी सचेतना, परीक्षण तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालन गरिएको थुनेलो रोग नियन्त्रण कार्यक्रम अन्तर्गत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको हो।

कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका डा. नविन बस्यालले पशुमा देखिने थुनेलो रोगको समयमै पहिचान र नियन्त्रण गर्न किसान तथा पशुपालक सचेत हुनुपर्ने बताउनुभयो ।उहांले आधुनिक प्रविधि र परीक्षण प्रणालीको प्रयोगबाट रोग नियन्त्रणमा सहजता आउने उल्लेख गर्नुभयो।

त्यसैगरी गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत अनन्तराज रेग्मीले पशु स्वास्थ्य संरक्षणका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनु भयो।

कार्यक्रममा गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष सोभा रावत क्षेत्रीले सहकारीमार्फत किसानलाई पशुपालन व्यवसायमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै उहाँले प्राप्त सामग्री तथा प्रविधिले किसानलाई रोग नियन्त्रण र पशु स्वास्थ्य व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो।

“पशुपालन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन यस्ता कार्यक्रम निकै प्रभावकारी छन्,” अध्यक्ष क्षेत्रीले भन्नुभयो, “सरकार तथा सम्बन्धित निकायबाट प्राप्त सहयोगले ग्रामीण क्षेत्रमा रहेका किसानलाई धेरै राहत पुगेको छ।”

कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयकी पार्वता भुषाल, गढवा गाउँपालिकाको भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, व्यवस्थापक रम्भुनाथ चौधरी, निर्देशनालयका भेटेनरी अस्पतालका खडक केसी लगायतको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID