उद्यमी महिला समूहलाई कृषि तथा पशुपालन सम्बन्धी अभिमुखीकरण

आलोक भावुक

गढवा,४ जेठ । गढवा गाउँपालिकाको कार्यालय , हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा गढवा गाउँपालिकामा सञ्चालित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी विकास परियोजना” (VITA) अन्तर्गत गठन भएका उद्यमी महिला समूहका सदस्यहरूलाई आज कृषि तथा पशुपालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा डा. गान्धीराज उपाध्याय र विक्रम भट्टले सहजीकरण गर्दै आधुनिक कृषि प्रविधि, पशुपालन व्यवस्थापन, उत्पादन वृद्धि, रोग नियन्त्रण तथा व्यवसायिक कृषि प्रणालीका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाउने, कृषि तथा पशुपालनमार्फत आयआर्जन वृद्धि गर्ने तथा व्यवसायिक उत्पादनतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID