गढवा गाउँपालिकामा कर्मचारी बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,१ जेठ । गढवा गाउँपालिकामा बिदाई/फेरी भेटौला तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा शाखा प्रमुख श्याम विश्वकर्मा तथा गोबरडिहा स्वास्थ्य चौकी प्रमुख खुमानन्द भट्टराईलाई बिदाई तथा फेरी भेटौला गरिएको थियो भने वरिष्ठ प्रशासन सहायक शिव शर्मा, पवन चौधरी र निम बहादुर रावतलाई स्वागत गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल तथा कर्मचारीहरूको तर्फबाट सहकारी शाखा प्रमुख अशोक कुमार यादवले मन्तव्य व्यक्त गर्दै बिदाइ हुने कर्मचारीहरूको योगदानको प्रशंसा गर्नुभएको थियो। साथै नवआगन्तुक कर्मचारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

त्यसैगरी बिदाइ हुनु भएका शिक्षा शाखा प्रमुख श्याम विश्वकर्मा तथा गोबरडिहा स्वास्थ्य चौकीबाट अवकाश प्राप्त खुमानन्द भट्टराईले आफ्नो कार्यअनुभव साझा गर्दै गाउँपालिकामा कार्यरत रहँदाका अनुभव प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले उहाँहरूको योगदानको उच्च मूल्यांकन गर्दै आगामी जीवन सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।

बिदाई/फेरी भेटौला तथा स्वागत कार्यक्रमको सहजीकरण शिक्षा शाखाका हरी पोख्रेलले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID