सरसफाई सप्ताहको अवसरमा गढवा स्वास्थ्य चौकी परीसरमा सरसफाई

आलोक भावुक

गढवा,३१ वैशाख। सरसफाइ सप्ताह २०८३ अन्तर्गत गढवा स्वास्थ्य चौकी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्य नारायण यादवसहितको टोलीले स्वास्थ्य चौकी परिसरको सरसफाइ गर्दै वातावरण स्वच्छ र सफा राख्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

स्वास्थ्य संस्थाले सरसफाइले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID