आवधिक योजना निर्माणका लागि शाखा प्रमुखसँग छलफल तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा २५ वैशाख । गढवा गाउँपालिकाको आयोजनामा तथा मार्कयुस इन्जिनियरिङ् कन्सलटेन्सी, कैलालीको प्राविधिक सहयोगमा आवधिक योजना निर्माण पूर्व शाखा प्रमुखहरूसँग छलफल तथा योजना तर्जुमा छनौट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा योजना विज्ञ सूर्य प्रसाद नेपालले आवधिक योजनाको आवश्यकता, दीर्घकालीन विकास लक्ष्य तथा योजनालाई व्यवहारिक र परिणाममुखी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले पालिकाको समग्र विकासका लागि स्थानीय आवश्यकता र सम्भावनाका आधारमा योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो।

गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूको सहभागिता रहेको कार्यक्रममा आठवटै वडाबाट संकलन भएका वडागत योजनामाथि छलफल गर्दै प्राथमिकताका आधारमा योजना छनौट तथा तर्जुमा प्रक्रिया अघि बढाइएको थियो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ले आवधिक योजना पालिकाको दीर्घकालीन विकासको मार्गचित्र भएको बताउनुभयो। उहाँले स्थानीय नागरिकको आवश्यकता, वडागत माग तथा विकासका सम्भावनालाई समेटेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

अध्यक्ष पोख्रेलले “पालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता र दिगो विकासका लक्ष्य हासिल गर्न वैज्ञानिक तथा सहभागितामूलक योजना निर्माण आवश्यक छ,” भन्दै सबै शाखा र सरोकारवालाको समन्वयमा गुणस्तरीय आवधिक योजना तयार गरिने बताउनुभयो।

कार्यक्रममा सहभागी शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित योजना, चुनौती तथा प्राथमिकताका विषयमा सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका योजना शाखा प्रमुख रेशमलाल शर्माले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID