गढवा स्वास्थ्य चौकीमा २४ घण्टा इमर्जेन्सी सेवा: दुई मेडिकल अधिकृत नियुक्त

आलोक भावुक

गढवा,२ वैशाख । गढवा गाउँपालिकाले गढवा स्वास्थ्य चौकीबाट २४ घण्टा आपतकालीन (इमर्जेन्सी) सेवा नियमित तथा प्रभावकारी रुपमा सञ्चालन गर्न थप दुई जना मेडिकल अधिकृत नियुक्त गरेको छ।

नियुक्त हुने चिकित्सकहरूमा डा. रमेश यादव र डा. सज्जाद खान रहेका छन्। दुवै जना चिकित्सकलाई गढवा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति र स्वास्थ्यकर्मीहरूले स्वागत तथा सम्मान गरेका छन्। गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यका साथ २४ घण्टा इमर्जेन्सी सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति व्यवस्थापन गर्दै आएको जनाएको छ।

नयाँ चिकित्सकहरूको नियुक्तिसँगै आपतकालीन सेवा थप प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ।

गढवा गाउँपालिकाले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर पहल गरिरहेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID