
गढवा,३० चैत्र । गढवा गाउँपालिका–५ स्थित बाकी चोकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
रा २ प ३९७५ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेको भैंसी तथा भैंसी हाँक्दै गरेका एक वृद्धलाई ठक्कर दिएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका गढवा गाउँपालिका–५ बाकी निवासी राम स्वरुप यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। उनको नाम भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइते चालकलाई उपचारका लागि लमही अस्पताल पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




