नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको २२ औं साधारणसभा सम्पन्न

आलोक भावुक

गढवा,२९ चैत्र। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको २२औं साधारण सभा सनिवार गढवा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। उपशाखा गढवाका सभापति उमाकान्त पन्तको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति मदन गौतमको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रेडक्रस जस्तो मानवसेवामा समर्पित संस्थाले समाजमा विपद् व्यवस्थापन, स्वास्थ्य तथा मानवीय सेवामा खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले स्थानीय तह र रेडक्रसबीचको सहकार्यलाई अझ सुदृढ गर्दै समाजका विपन्न र असहाय वर्गको सेवामा निरन्तर लाग्न आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै सभापति उमाकान्त पन्तले उपशाखाले विगत वर्षमा गरेका गतिविधि तथा उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रेडक्रसका सिद्धान्त अनुरूप निष्पक्ष, तटस्थ र मानवतामूलक सेवा प्रवाहलाई प्राथमिकतामा राखिने बताउनुभयो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जिल्ला सभापति मदन गौतमले रेडक्रसको मूल उद्देश्य मानव सेवा नै भएको उल्लेख गर्दै उपशाखा गढवाले गरेका कार्यहरूको प्रशंसा गर्नुभयो। उहाँले संगठनलाई अझ सबल बनाउन सबै सदस्यहरू एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सह कोषाध्यक्ष ज्ञानहरी रिजाल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका निवर्तमान सभापति दयाराम यादव,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष दुखहरण यादव, समाजसेवी तथा रेडक्रस उपशाखा गढवामा अक्षयकोष स्थापना कर्ता तथा समाजसेवी नेपाली, कपिलदेव खनाल,दलित सशक्तिकरण अभियान गढवाका उपाध्यक्ष चन्द्र बहादुर नेपाली लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

संस्थागत प्रगति प्रतिवेदन नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सचिव आलोक भावुक, आय व्यय संस्थाका कोषाध्यक्ष टंकेश्वर भण्डारी र आगामी कार्ययोजनाको प्रतिबेदन उपशाखाका सभापति उमाकान्त पन्तले प्रस्तुत गर्नु भएको थियो।

आर्थिक वर्ष २०८१/०८२ मा ७१ जना लाई आजिवन सदस्यता प्रदान गरिएकाहरुलाई हस्तान्तरण समेत गरिएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका पूर्व सभापति दिपक कुमार यादव, निवर्तमान सभापति दयाराम यादव,संस्थापक सदस्य , पत्रकार शिवराज पन्थी, दुखहरण यादव, आजिवन सदस्य, समाजका अगुवा, समाजसेवी लगायतको सहभागिता रहेको थियो।

उपशाखा गढवाका उपसभापति रुमा अर्यालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सचिव आलोक भावुकले गर्नुभएको थियो।

Screenshot

Screenshot

Screenshot

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID