गढवामा सचिवहरूलाई सामाजिक तथा पञ्जीकरण सम्बन्धी रिफ्रेस तालिम

आलोक भावुक

गढवा, २६ चैत । दाङ देउखुरीस्थित गढवा गाउँपालिकाले सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले वडा सचिवहरूका लागि रिफ्रेस तालिम सुरु गरेको छ। गाउँपालिकाका सबै आठ वडाका सचिव र सम्बन्धित कर्मचारी सहभागी रहेको तीनदिने तालिम गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको हो।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउन यस्ता तालिम उपयोगी हुने बताउनु भयो। उहाँले सामाजिक तथा पञ्जीकरणसम्बन्धी कार्यसम्पादनका क्रममा देखिने समस्या समाधानका लागि तालिम महत्वपूर्ण हुने उल्लेख गर्दै सहभागीहरूलाई सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नु भयो।

गढवा गाउँपालिका पञ्जिकरण शाखा प्रमुख ऋषिराम यादवका अनुसार तिन दिने रिफ्रेस तालिम सामाजिक सुरक्षा भत्ता वितरण, व्यक्तिगत घटना दर्ता तथा अभिलेख व्यवस्थापनमा एकरूपता र पारदर्शिता कायम गर्न गरिएको छ। कार्यक्रममा वडा सचिवसँगै कम्प्युटर अपरेटरहरूको समेत सहभागिता रहेको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वरिष्ठ लेखा अधिकृत खिमलाल वली, प्रशासन शाखा प्रमुख भरत केसी, आन्तरिक लेखापरीक्षक कृष्ण आचार्य लगायतको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादवले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID