ज्योती आधारभूत विद्यालय गुरुङखोलाको शतप्रतिशत नतिजा, दुर्गम क्षेत्रमै उत्कृष्ट उदाहरण

रोशन यादव

राजपुर ,२४ चैत्र। राजपुर गाउँपालिका–१ गुरुङखोलामा अवस्थित ज्योती आधारभूत विद्यालयले यस वर्ष पनि उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको छ। विद्यालयले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरिएको पालिका स्तरीय कक्षा ५ र कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्टता कायम राख्न सफल भएको हो।

यस वर्ष गाउँपालिकाले कक्षा ५ र कक्षा ८ को परीक्षा पालिका स्तरमै सञ्चालन गरेको थियो। कक्षा ५ तर्फ धेरै विद्यालयहरूले शतप्रतिशत नतिजा ल्याए पनि कक्षा ५ र ८ दुवैमा भने ज्योती आधारभूत विद्यालयले मात्र सबै विद्यार्थी उत्तीर्ण गराउँदै विशेष पहिचान बनाउन सफल भएको हो।

कक्षा ५ को परीक्षा गाउँपालिकाद्वारा खटाइएको विशेष अनुगमकर्ताको निगरानीमा सम्बन्धित विद्यालयमै सञ्चालन गरिएको थियो भने कक्षा ८ को परीक्षा तोकिएका केन्द्रहरूमा सम्पन्न गरिएको थियो। कक्षा ८ का विद्यार्थीहरूले साधारण माध्यमिक विद्यालय सालभौरी र शंकर माध्यमिक विद्यालय खरदरिया मा परीक्षा दिएका थिए।

बिकट भौगोलिक अवस्थाबीच यस्तो उत्कृष्ट नतिजा हासिल गर्नु विद्यालय मात्र नभई समग्र समुदायका लागि गर्वको विषय बनेको छ। विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाही ले विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ, विद्यालय व्यवस्थापन समितिको सक्रियता तथा सहयोग गर्ने सम्पूर्ण व्यक्तिप्रति आभार व्यक्त गरेका छन्।

उक्त उपलब्धिप्रति खुसी व्यक्त गर्दै राजपुर गाउँपालिका ले विद्यालयलाई बधाई दिँदै शिक्षक तथा विद्यालयलाई सम्मान गर्ने योजना अघि बढाइएको जनाएको छ।

यस उपलब्धिले दुर्गम क्षेत्रमै पनि लगनशीलता, सहकार्य र दृढ संकल्पका साथ उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्न सकिने सन्देश दिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID