इरफ़ानलाई मृत्युसँग अनाैठाे लगाव थियाे

विचार

सुतपा सिकदर

इरफ़ानसंग मेराे भेट NSD (National School Of Drama) मा भएकाे थियाे। कालाे बेलबटम पाइन्ट लगाएका थिए उनले। मलमलकाे सर्ट थियाे। हामी दुवैजनाकाे सेलेक्‍शन भयाे। मेराे third year काे seniors सँग मित्रता पनि कायम भयाे, सतीश कौशिक इत्यादिसँग। उनले raging गरे। हामीले पनि थाेरै raging गर्‍याैं इरफ़ानलाई। इरफ़ानले थाहा पाएनन् कि हामी सहपाठी हाैं।

NSD लाई लिएर हाम्रो मनमा याे perception बन्याे कि याे ठूलाे सरकारी टाइपकाे ठाउँ हाे। त्यहाँकाे circulation department हामीलाई बडाे मन पर्थ्याें। जब orientation class सुरु भयाे, इरफ़ान मेराे छेउमा आएर बसे। मलाई देखेर उनलाई बडाे रिस उठ्याे। ‘यिनी आफुलाई के ठान्छिन् हँ?’ मलाई देखेर उनकाे यही reaction थियाे। फेरि music class मा उनलाई मैले ‘सारंगा तेरी याद में’ गाइरहेकाे देखे। उनकाे गायकी त्यस्ताे बेजाेड थिएन। ठीकै थियाे तर उनकाे अनुहारमा passion थियाे। उनी शब्‍दहरुलाई महसुस गरिरहेका थिए। त्यहीबेला मैले जाने कि अरु काेही एक्‍टर बनुन्-नबनुन्, यिनी अवश्य बन्नेछन्।

मलाई उनकाे जुन आदत सबभन्दा राम्रो लाग्याे, त्याे याे थियाे कि मैले उनले कहिल्यै कसैकाे backbitching गरेकाे सुनिन। उनी कहिल्यै कुनै पाेलेटिक्‍स गर्दैनथे। यस संसारमा रहेर पनि उनी आफ्नै संसारमा मग्न रहन्थे। मेरा केटीहरुभन्दा बढी केटा साथीहरु थिए। हर काेही कसै न कसैकाे backbitching काे मज्जा लिन्थे तर इरफ़ानमा मैले त्याे आदत कहिल्यै पाइन।

मलाई एक्टिङ गर्नु थिएन। मलाई त्यो जमात मनै पर्दैनथ्याे। NSD का दिनहरुमा वास्तवमा म भित्र ‘आखिर संसारमा यति धेरै बनावटीपन किन छ?’ भन्ने भाव उब्जेकाे थियाे। यसमाथि इरफ़ान मलाई सम्झाउदै भन्थे कि तिमीले सिङ्गाे संसारलाई सुधार्ने ठेक्का किन लिएकी छाैं?

इरफ़ान वास्तवमा बडाे प्रेक्टिकल मानिस थिए। उनलाई हालैकाे बर्षमा एउटा फिल्‍म अफर भएकाे थियाे। त्याे ठूलाे बजेटकाे फिल्म थियाे। तब उनले भनेका थिए, ‘यत्राे भारी भरकम बजेटमा म सँग फिल्‍म नबनाऊ। तिमीले याे फिल्म म सँग हाेइन, बरु अक्षय कुमारसँग बनाउँदा राम्रो हुनेछ। त्यसाे गरे फिल्म बनाउनका लागि तिमीले सय कराेड त के पाँच सय करोडसम्म फन्ड पाउनेछाै। म सँग बनायाै भने फिल्मले त्यत्राे पैसा रिकभर गर्न सक्दैन। फिल्‍म डुब्नेछ। मेराे खातामा एक अर्काे फ्लप फिल्म थपिनेछ।’ भन्नुकाे अर्थ उनलाई आफ्नो value थाहा थियाे।

इरफ़ानकाे NSD देखि वा त्यसभन्दा पहिलेदेखि काे आदत आजीवन रहिरह्याे। यहाँसम्मकी जब हामी मुम्बई आयाैं र यहाँ उनी स्‍टार बने तब पनि मैले कहिल्यै पनि उनकाे मुखबाट कसैकाे पनि backbitching गरेकाे सुनिन। मान्छेहरुबाट मैले सुने कि इरफ़ान र नवाज़ (नवाज़ुद्दिन सिद्दिक़ी) काे बीचमा ego hassle छ। तर यथार्थ याे हाे कि मैले कहिल्यै इरफानलाई हाम्राे सामु नवाज़काे backbitching गरेकाे पाइन। नवाज़लाई त उनी अति मान्थे।

सुजाेय घोषले ‘कहानी’ काे लागि इरफ़ानसँग ‘नवाज़लाई लिदाँ कस्ताे हाेला?’ भनेर साेधेका थिए। जवाफमा इरफ़ानले सुजाेयलाई ‘नवाज़लाई झटै कास्ट गर’ भनेका थिए। अब दुवैकाे बीच सम्बन्ध खराब हुनुमा PR stories काे पनि हात हुन सक्छ। कहिले उनीहरुले इरफ़ानसँग ‘नवाज़ त तपाईंको बारेमा यस्ताे पाे भन्दैछ, उस्ताे पाे भन्दैछ’ भनेर भने हाेलान्। त्यसपछि, इरफ़ानले निर्णय गरे कि उनी याे बिषयमा केही पनि बाेल्ने छैनन् ताकि याे विवाद नतन्कियाेस्। जब हामी लण्डनमा थियाैं तब नवाज़काे फोन आयाे। उनले इरफ़ानसँग आफ्नो भावना सेयर गर्दै भने कि उनी त इरफ़ानलाई आफ्नो ठूल्दाइ मान्छन् र इज्‍जत गर्छन्।

लण्डन प्रवासमा म पूरे अढाई बर्ष इरफ़ानकाे साथमा रहे उनकाे छायाँ जसरी। त्यहाँ म उनकाे पत्नीकाे हैसियतमा, पत्नीधर्म पालना गर्न उपस्थित थिइन। बरु यसकारण उपस्थित थिए कि हामी आजीवन एकअर्काकाे मित्र रह्याैं। एक अनन्य मित्रकाे लागि मानिसले यति त गर्छ।

इरफ़ानकाे अर्काे आदत मलाई के मन पर्थ्याे भने उनलाई बिचरा बनिरहनु पटक्कै मनपर्दैनथ्याे। उनी आफ्नी आमालाई पनि भन्थे कि बिचरा नबन्नु। अल्‍लाह (भगवान) लाई पनि बिचरा बनेकाे मनपर्दैन। उनी जब NSD गरेर मुम्बई आए र अडि‍शनहरु दिन थाले, जब उनकाे struggle period चलिरहेको थियाे, त्याे कठिन समयमा पनि उनकाे अनुहारमा कष्ट-पीडाकाे भाव थिएन। उनी सदैव भन्ने गर्थे, ‘सानै भए पनि मलाई केवल एक माैका चाहिएकाे छ। पर्फम गर्नकाे लागि थाेरै ठाउँ चाहिएकाे छ मलाई। यदि त्याे थाेरै ठाउँ पाए म आफ्नो लागि आफै फराकिलो संसार बनाउनेछु।’

इरफ़ानले करियरकाे सुरुवातमा टिभीमा काम गरे। त्यसकाे लागि उनी आभारी रहे तर उनी लगातार फिल्‍महरुका लागि प्रयासरत रहे। निरन्तर भनिरहे कि उनलाई फिल्म गर्नुछ। मेराे विचारमा ‘warrior’ उनकाे करिअरकाे turning point थियाे।

इरफ़ानमा समयलाई महसुस गर्ने खूबी थियाे। उनी ‘जुरासिक पार्क’ मा काम गरिरहेकाे बेलादेखि नै भन्ने गर्थे, यदि बलिउड सुध्रिएन भने हलिउडले हामीलाई निल्नेछ। उनी सदैव कथा (content) लाई किङ बनाएर प्रस्तुत गर्ने कुरा गर्थे।

इरफ़ान ‘पांच वक्‍त काे नमाजी’ थिएनन् तर उनलाई अध्‍यात्‍ममा अत्यन्त गहिरो रुचि थियाे। उनी न केवल इस्‍लाम, अपितु बाँकी धर्महरुका बारेमा पनि जान्ने सतत कोशिश गर्ने गर्थे। याे देखेर मलाई बडाे खुशी लाग्थ्याे, जब उनी सूजित सरकारसँग रामकृष्‍ण परमहंसका बारेमा जान्ने कोशिश गर्थे। उनलाई रीतिरिवाजसँग घृणा थियाे तर धर्मसँग अपार प्रेम थियाे।

उनलाई मृत्युसँग एक अनाैठाे किसिमकाे लगाव थियाे। उनी सदैव जान्न चाहन्थे कि मृत्युपछि आखिर के हुन्छ हाेला? उनी घण्टाैं मेडिडेट गर्ने गर्थे। धर्महरुसँग उनकाे नाता अनाैठाे थियाे। उनले मलाई कहिल्यै ‘धर्मान्तरण गर’ भनेनन्।

इरफान एक typical muslim family बाट belong गर्थे। त्यस्ताे संकीर्ण background बाट उनी open minded हुनु एक अध्यात्मिक यात्रा (spiritual journey) थियाे। इरफानसँग जीवन जिउनु जीवनलाई हेर्नु-बुझ्नु थियाे। जीवनले के करिश्‍मा गर्न सक्छ, त्याे उनीसँग रहेर मैले महसुस गरे। चाहे हामी लड्याैं, झगडा गर्‍याैं तर हामीले जीवनलाई भरपूर बाँच्याैं।

मलाई मेराे पति इरफ़ानले साथ छाेडेर गएकाेमा चिन्ता छैन। उनी लगातार evolve भइरहेका थिए। मेरा बच्चाहरुका लागि उनी एक mature friend थिए। मेरा सन्तानहरुबाट त्याे सच्चा समझदार साथी खाेसियाे। याे चिन्ता हाे मेराे।

इरफ़ानमा अन्त्यहीन जिज्ञासा थियाे। आफ्नो अन्त्यहीन जिज्ञासाहरुमध्ये उनले केहीकाे जवाफ पाए, केहीकाे पाएनन्। उनले पाएकाे सबभन्दा ठूलाे जवाफ याे थियाे कि मानिसले जे चाहन्छ, त्याे उसले पाउँछ। बस, त्याे चाहना उसकाे हृदयकाे गहिराइबाट निशृत हुनुपर्छ। उनी अरु पनि जवाफहरु खाेज्न चाहन्थे, तर ती अधूरै रहे।

अन्तिमका दिनहरुमा हामीले लण्डनमा खूब राम्राे नाटक हेर्‍याैं। फिल्महरु explore गर्‍याैं। उनी केवल अन्तिममा जुन ट्रिटमेन्ट गरियाे, त्यसबाट रुष्ट थिए।

मा प्रकाशित